
काठमाडौं । कैलाली, धनगढी उपमहानगरपालिका–३ बडराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय शम्शेर शेखलाई दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । दाङ, घोराही उपमहानगरपालिका–१७ समाजसेवा टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ६० मिलिग्राम र नगद २ हजार ५ रूपैयाँ सहित ४ जनालाई दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–४ सुनपुर बस्ने २१ वर्षीय सुदर्शन पुन, सोही उपमहानगरपालिका–१५ बुद्धिग्यारेज बस्ने २५ वर्षीय शैलेश शाह, सोही उपमहानगरपालिका–१७ चौघेरा बस्ने २५ वर्षीय आलोक योगी र २३ वर्षीय स्टारजन रोका रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।









