
– प्रा.डा. जयराज आचार्य/ विवेक गौतम –
उनीहरु त्यहाँको जमीन, जङ्गल र पानीसँग मिलेर जीवनयापन गर्दथे । उनीहरुका कतिपय पुर्खाहरुलाई औलोले सताएको थियो, ज्यान लिएको थियो । अनुसन्धानहरुले उनीहरुका कैयौ वंशहरुले सामना गरेपछि मात्र उनीहरुमा औलोसँग लड्ने क्षमता विकसित भएको हो भनेर औल्याएका छन् ।
अन्तर्राष्ट्रिय बसाईसराई समीक्षामा अनुसार वि.सं. २००७ सालसम्म पूरै चितवन बाक्लो जङ्गलले ढाकिएको र एकसिंगे गैडा र बंगाली बाघ जस्ता जङ्गली जनावरको बासस्थान थियो । त्यसपछि जङ्गल काटियो, मासियो । ठकिठाकैको हावापानी, समतल भूमि तथा उब्जाउ जमीनले गर्दा जग्गा र अवसर खोजिरहेका वरिपरिका मानिसहरुको लागि चितवन आकर्षक बन्यो । अमेरिकी सहयोग नियोग युएसएआइडी को स्वास्थ्य तथा मानव विकास कार्यक्रमले चितवनका गाउँबस्तीमा डिडिटी छरेर औलो उन्मूलन कार्यक्रम लागू गर्यो । औलोले धेरै मानिसको ज्यान लिएको थियो । त्यसकारण धेरै पछिसम्म पनि मानिसहरु चितवन गएर बस्न डराउँथे ।
निर्माणसम्बन्धी कुनै अनुभव नभए तापनि लक्ष्मण बाबुलाई चितवनको विकास परियोजनाको लागि चयन गरियो । अनि चितवन गएर काम गर्ने कि काठमाडौमै बसेर अरु कुनै अवसरको खोजीमा लाग्ने भन्ने दोधार भयो । लक्ष्मण बाबुलाई खासगरी औलोग्रस्त र विकट ठाउँमा एक्लै बस्ने डरका कारण उनले सरकारको प्रस्तावबारे कुनै प्रतिक्रिया जनाएनन् न त परियोजनाको कार्यालयमा गएर यसबारेमा छलफल नै गरे । केशव सुब्बा बाजे नामका कृषि विभागका एकजना कर्मचारी उक दिन उनको ठमेलको डेरामा अकस्मात आए । सुब्बा बाजेले ठट्टा गर्दै उनलाई प्रहरीले समातेर लान खोजिरहेको कुरा गरे । लक्ष्मण बाबुले यस कुरालाई बुझ्न सकेनन् र भने, मैले के बिराएको छु र प्रहरीले समात्ने ?
सुब्बा बाजेले भने, परियोजनाले तपाईलाई छनौट गरेपछि पनि तपाईले काम सुरु नगरेकाले । लक्ष्मण बाबुले प्रष्टसँग आर्थिक समस्याले नै गर्दा सुरु गर्न नसकेको कुरा गरे । क्रमशः









