
भरत भूर्तेल
साँच्चै भन्ने हो भने तराईको तुलनामा पहाडी र हिमाली क्षेत्रमा असहनीय गरिबी देख्नुभएका रामवरणजी तराईमा रहेका मधेसी समुदाय पहाडेहरुको शोषणका कारणपछि परेका हुन् भन्ने सस्तो नारप्रति विमति जनाउनुहुन्छ । उहँको भनाई छ, पहाडेले पहाडे समुदायकै र मधेसीले मधेसी समदुायकै शोषण गरेका छन् र यो हुनको कारण प्रजातान्त्रिक प्राणलीको अभाग हो । विश्वव्यापी रुपमै देखिएको जलवायु परिवर्तनेका ल्याएको पर्यावरणीय समस्या र नेपालमा समेत यसका दूष्प्रभावबारे चिन्ति रामवरणजी तराईमा अनियन्त्रित वन विनाश र चरे क्षेत्रको भूस्खलनले अन्ततः तराई क्षेत्रमा मरुभूमिकरणको समसया चर्किने देख्नुहुन्छ ।
हिमालमा रहेका हिमतालहरु पग्लँदै जाँदा पैदा हुने पर्यावरणीय असन्तुलनले जन्माउने समस्यालाई सम्बोधन गर्न समेत हिमाल, पहाड र तराईका नेपालीले एकआपसमा मिल्नुपर्ने मान्यता राख्नु हुने रामवरणजी पर्यावरणजस्तो साझा मुद्दामा राष्ट्रपतिका हैसियतले मुलुकलाई सघाउने ठाउँको खोजीमा रहेको बताउनुहुन्छ ।
सिन्धुघाटीबाट प्रारम्भ भएको सभ्यताका अनुयायी आर्यहरु र उत्तरको मंगोल जातिका मानिसहरुको सभ्यता र संस्कृतिको समिश्रणका रुपमा रहेको नेपाली जातिको विशिष्ट पहिचान रहेको बताउने रामवरणजी सबैको अस्तित्वको सम्मानले एउटा मुलुकको राष्ट्रिय आधार बलियो हुने मान्यता राख्नुहुन्छ ।
सङ्गीय गणतान्त्रिक नेपाललाई कुन दिशामा लिएर जाने भन्ने प्रश्नको जवाफ यहाँ क्रियाशील राजनीतिक दल र तिनका नेताहरुसँग सुरक्षित रहेको रामवरणजीको विश्वास छ ।
राजनीतिक दल र नेताहरुबीचको सहमति र सहकार्यले मात्र वर्तमान संक्रमणकालिन नेपालले पार पाउने भएकाले सहमति र सहकार्यको विकल्प नभएको उहाँको विश्वास छ । नेपालको अन्तरिम संविधान २०६३ राष्ट्रिय सहमतिको दस्तावेज भएका कराण संविधानको पालना सबैबाट हुनुपर्ने उहाँको आग्रह छ ।
अन्त्यमा पुनः एकपटक पारिवारि प्रसंगतिर फर्कौ । रामवरणजीको जीवनमा उहाँकी धर्मपत्नी जिलेखादेवीजीको निधन ठूलो पारिवारिक दुर्घटना हो । यस घटनाले रामवरणजीको जीवनलाई एक पाखे बनाइदियो । उहाँको जीवनको अर्कौ पारिवारिक दुर्घटना थियो, कान्छा भार्य रामलगन यादवको निधन । रामलगनजी रामवरणजीका पारिवारिक सहयोगी त हुनुहुन्थ्यो नै राजनीतिक सहकर्मीसमेत हुनुहुन्थ्यो ।
रामलगनजीको निधनले पारिवारिक र राजनीतिक दुवै आधार गुमाउनुभएका रामवरणजीले भन्नुभयो, म यस घटनाले टुटेको थिए । जतिसुकै टुटे पनि परिस्थितिले उहाँलाई विचलित हुन अनुमति दिएन । उहाँ सदा झै कर्मपथमा लाग्नु भयो ।
रामलगनजीका ६ जना सन्तान र बुहारीको लालनपालनको जिम्मा उहाँका काँधमा आयो । रामवरणजीले यस दायित्वलाई समेत सहजताका साथ निर्वाह गनूभयो । आज रामलगनजीका साबे सन्तान आ–आफ्ना खुट्टामा उभिने भएका छन् । रामवरणजीको परिवार विशाल छ । छोरा, छोरी, भतिजा, भतिजी तथा जाति, नातिनाहरुको ठूलो संख्या छ । यो पविारमा डाक्टर, इन्जिनियरहरुजस्ता शिक्षितहरुको संख्या पनि प्रशस्त छ भने सामँनय पढ्ने –लेख्ने र पढ्दै नपढ्नेहरु समेत छन् । देश विदेशका अनुभव भएकाहरु र परम्परागत थलो नछाडि खेतीपातीमै सीमितहरु समेत यादव परिवारमा छन् ।
कस्तो लाग्छ भने यस परिवारमा सिङ्गो नेपालको जस्तै विविधता छ । माृतभाषा मैथिली मात्र बोल्ने र बुझ्नेदेखि अंग्रेजी र नेपाली भाषा बोल्ने थरीथरीका सन्तानका मुली भने स्वाभाविक रुपले रामवरणजी हुनुहुन्छ । बीपी कोइराला भन्नुहुन्थ्यो, एउटा घर राम्रंरी चलाउन सक्नेले देश पनि चलाउन सक्तछ । उहाँको कथन हाम्रा राष्ट्रपतिजीमा समेत लागु भएको भान हुन्छ । ;dfKt end









