• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • दिशा निर्देश बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
August 14, 2026, Friday, 01:36 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • २७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • एउटै अभियोगमा दोहोरो सजाय

  • २१ मंसिर २०८२, शनिबार १९:०८
  • फाईल तस्विर

    सामाजिक सञ्जाल


    – अर्जुननरसिंह के.सी. –
    नेपाली काँग्रेसले यिनै विश्वव्यापी बनिसकेका निर्विवाद मान्यतालाई लोकतन्त्रको दार्शनिक, नैतिक र वैधानिक धरातल बनाएको हो ।
    स्वतन्त्र न्यायपालिकाको प्रभाव र सफलता व्यक्तिका मौलिक अधिकार र स्वतन्त्रताको रक्षामा प्रतिबिम्बित हुन्छ । न्यायकोे सन्दर्भमा वैयक्तिक स्वतन्त्रता भनेको कानुन उल्लंघन गरको स्पष्ट र लिखित आरोप पूर्जीबिना कसैलाई पक्राउ गर्न हुँदैन । अभियुक्तलाई पक्राउ गरेको २४ घन्टाभित्र न्यायलयसमक्ष उपस्थित बन्दीप्रत्यक्षीकरण गराउनु पर्दछ । हिरासतमा लिएको व्यक्तिलाई कुनै किसिमको शारीरिक यातना वा मानसिक सन्त्रास दिएर जबरजस्ती अभियोग स्वीकार गराउन वा आप्‌mनै विरुद्ध बयान दिन बाध्य गराउन पाईदैन, नत्रभने पीडित क्षतिपूर्तिको हकदार हुनेछ । एउटै अभियोगमा दोहोरो सजाय दिनु हुँदैन । अभियुक्तको जात, धर्म, भाषा, संस्कृति, निर्दोष आफन्त आदि सरोकारविहिन पक्ष वा सन्दर्भहरुलाई अभियोगमा मुछन् वा जोड्न पाईदैन । विधिशास्त्रले भन्छ, बरु नौजना दोषी उम्किउन तर एउटै निर्दोषले पनि सजाय पाउनु हुँदैन । न्यायपालिकाले यस्ता मानवताविरोधी कारबाही रोक्नसक्नु नै अदालत र न्यायाधिशप्रतिको साख र जनविश्वास बढ्ने आधार हो ।
    लोकतन्त्रको अर्को सुन्दर पक्ष, कानुन माथिबाट लादिँदैन, जनप्रतिनिधिले बनाएका कानुनमात्र लागु हुन्छ । अर्थात् विधिको शासनमा कानुनको आगमन स्रोत प्यारासुट होइन ग्रासरुट हो । हुकुमी र हैकमी शासन पहिले थुन्ने अनि सुन्ने न्यायप्रक्रिया हुन्थ्यो, विधिको शासनमा पहिले सुन्ने, मुद्दाहेरी थुन्ने हुन्छ । जननायक बीपी कोइरालाले २०३४ सालमा अदालतमा बयान दिने क्रममा भन्नुभएको थियो, राज्यको सर्वप्रथम मौलिक उद्देश्य न्याया स्थापना हो । न्यायको मर्यादा नभएको राज्यमा त्यस राज्यको आदर्श स्खलित भएर जान्छ । त्यसपछि आदर्शविहिन राज्यको एकएक गरेर संस्थाहरु र विभिन्न विभागहरु भ्रष्ट हुँदैजान्छन्‌ । पल्टन राष्ट्रको सुरक्षा गर्ने आदर्शबाट च्युत भएर जनताउपर आंकको र राजनीतिक विरोधीहरुको विरुद्ध प्रयोग हुने एउटा यन्त्र हुनपुग्छ र पुलिस दमनको साधन र निजामति सेवा भरौटेहरुको क्लब (पृ ७–८) । यस विचारले आज पनि नेपाली काँग्रेसलाई विधिको शासनको लागि कर्तव्यपथमा उत्तिकै सजग बनाइरहेको छ ।
    सीमान्तकृत र अल्पसंख्यकका अधिकारको सुरक्षा र सुनिश्चितताका लागि पनि स्वतन्त्र न्यायपालिकाभन्दा अर्को विकल्प छैन । त्यसैले स्वतन्त्र न्यायपालिकाको अवधारणाको मूल्यमा काँग्रेसको कसैसँग सम्झौता हुन सक्दैन । न्यायपालिकाले संविधान र कानुनप्रति मात्र जिम्मेवार हुनुपर्छ । न्यायमा ढिलासुस्ती इन्साफको इन्कार हो वा न्यायमा हतार अन्यायको उभार हो । न्यायालयले फैसला गरेरमात्र हुँदैन फैसलामा इन्साफ हुनैपर्छ ।
    विगतमा नेपालको सर्वोच्च अदालतले लोकतन्त्र र कानुनी राजको विकासक्रमलाई अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दैआएको परिप्रेक्ष्यमा परिवर्तित सन्दर्भमा यसको कानुनी प्रभावकारितालाई अझ सशक्त बनाउनु अपरिहार्य छ । तर अदालतबाट न्यायिक सक्रियतावादका नाममा न्यायिक अपराजकतावाद हुने खतराप्रति प्रधानन्यायाधीले नै चनाखोपन अपनाउनु पर्छ । न्यायपालिकाभित्रको भ्रष्टाचार र अनुत्तरदायी गतिविधिबारेका गुनासाहरुलाई नियन्त्रणउन्मुख समाधान के हुनसक्छ भन्नेमा प्रतिबद्ध हुनु पनि अनिवार्य छ ।
    विश्वका पूर्ण लोकतन्त्रहरुमा स्वतन्त्र न्यायपालिकाको अद्धितीय स्थान हुनेगर्छ र प्रधानन्यायधीश स्वतन्त्र न्यायालयको प्रतीक हुन्छ । भारतमा राष्ट्रपति र उपराष्ट्रपति पदरिक्त अवस्थामा प्रधानन्यायाधीश नै कार्यबाहक राष्ट्रपति भीभी गिरिले कार्यबाहक राष्ट्रपतिबाट राजीनामा दिएको बेला प्रधानन्यायाधीश हिदायतुल्लाह कार्यबाहक राष्ट्रपति बनेको उदाहरण नेपालकै छिमेकमा छ । क्रमशः

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    लगानीमा फाईदा दिलाउने

    परम्परालाई अगाडी बढाउने चाहना

    जायज संघर्षको पक्षमा नैतिक समर्थन

    मुख्य लगानीकर्ता फ्रान्स

    आर्थिक विकासमा पहिले उत्पादनको कार्य

    सरकारका नीति तथा कार्यक्रम सफल बनाउन

    ताजा समाचार
    १

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    २

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    ३

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    ४

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    ५

    ग्यास विस्थापन गर्ने स्पष्ट दीघकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न का“ग्रेसको माग

    ६

    मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु पर्नेमा जोड

    ७

    ग्रिल तथा स्टिल व्यवसायी संघको निःशुल्क टिटि खोप कार्यक्रम

    ८

    का“ग्रेसका निवर्तमान सभापति देउवा साउन २८ गते नेपाल फर्किने

    ९

    नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले फेरि सुनुवाइ गर्ने

    १०

    नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली उपयुक्त नहुने धारणा व्यक्त

    समाचार
    थप

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि
    ठेगाना - सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल –dishanirdeshweekly@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट dishanirdeshweekly.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • दिशा निर्देश बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ दिशानिर्देश साप्ताहिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड