• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • दिशा निर्देश बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
August 15, 2026, Saturday, 04:30 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • ८२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • गान्धीवादी समाजवादको परम्परा

  • १२ पुष २०८२, शनिबार १८:४६
  • फाईल तस्विर

    सामाजिक सञ्जाल


    प्रदीप गिरी
    फलस्वरुप नेपाली काँग्रेस पूर्णतः नव पूँजीवादी विचारधाराको चंगुलमा फसेको छ । कार्यकर्ताहरु भने व्यक्तिवादी र अनुभववादी भएर रमाएर बसेका छन् । यसै कारणले नेकपा (माओवादी) को एउटा सानो चुनौतीले पनि काँग्रेस र सिंगो मुलुकलाई समेत हाराबारा खेलायो । आजको यस दुःखद् स्थितिका लागि इतिहासकारले कुनै दिन कोइरालासँग पनि अवश्य स्पष्टीकरण माग्नेछन् ।
    कोइरालामा गहन सिद्धान्त बोध थियो । त्यस सिद्धान्तबोधमा द्वन्द विरोधाभास र अपूर्णता अवश्य थियो । तर कुनै महान् विचारक पनि त्यस्ता सबै दोषबाट मुक्त रहँदैनन् । आप्‌mना अन्तिम दिनमा कोइरालाले गान्धीवादी समाजवादको परम्परालाई दह्रोसँग सम्झनु र पक्रनुभएको थियो । अस्व्स्थ शरीर र भीषण राजनीतिक व्यवस्थाका माझ पनि उहाँको विचार यात्रा जारी थियो । उहाँ समाजवादको एउटा नवीन व्याख्यातर्फ प्रबृत्त भइरहनु भएको थियो । नेपालीले युरोपेली वा भारतीय राजनीतिक व्यवस्थाको यान्त्रिक अनुकरण गर्न सक्दैन । नेपालमा सर्वथा नयाँ किसिमको लोकतन्त्रको मोडेल खडा गर्नु पर्नेछ । सोभ न्ने क्रममा कोइरालाले आप्‌mना अनेक पुराना राजनीतिक मान्यता समेतलाई परित्याग गरेको स्पष्ट नै थियो । कोइराला २०१५ सालमा प्रधानमन्त्री बन्नु हुँदा नेहरु अशोक मेहता मोडेलको ज्यादा नजिक हुनुहुन्थ्यो । डिसेम्बर १९७६ पछि कोइराला गान्धी, लोहिया र जेपीको मोडेलबाट आकर्षित हुनुहुन्थ्यो । प्रश्न यस्तो मोडेलको आकर्षणको मात्र थिएन । यो मोडेलको परम्परालाई स्वीकार गर्ने र त्यसको सिर्जनात्मक विकास गर्ने पनि थियो । कोइराला यसतर्फ पनि तम्सनु भएको देखिन्छ । नेपाल बाहिर भएका उहाँका प्रवचन र अन्तर्वातामा उहाँको सिद्धान्त बोधको गहिरो जानकारी भेटिन्छ । तिन ताका उहाँले सोशलिष्ट इन्रनेशनलका एक दुई बैठकमा बोल्नुभएको थियो । त्यहाँ उहाँले बोल्नु भएका टिप्पणीहरु सर्वथा मननीय छन् । तर यो भन्दा पनि ज्यादा भोला चटर्जी र डा. हरिदेव शर्मासँगको प्रकाशित र अप्रकाशित कुराकानी ज्यादा महत्वपूर्ण छन् ।
    भोला चटर्जी र डा हरिदेव शर्मा दुवै नै भारतीय समाजवादी आन्दोलनका सुपरिचित नाम हुन् । अझ भोला चटर्जी त बीपी कोइरालाको अन्तरङ्ग शिष्य एवम् मित्रसमेत हुनुहुन्थ्यो । भोला चटर्जी २००७ सालको क्रान्तिदेखि नै नेपालको राजनीतिमा प्रत्यक्ष रुपमा संलग्न रहनुभयो । भोला चटर्जी आफै पनि एक उच्च कोटीका बुद्धिजीवी हुनुहुन्थ्यो । चटर्जीले बडा स्नेह र मनोयोगका साथ कोइरालाको व्यक्तित्व र विचारको लेखा जोखा गर्नुभएको छ । भोला चटर्जीका कृति मध्ये १ मई १९८२ मा प्रकाति बीपी कोइराला एक क्रान्तिकारी व्यक्तित्व अत्यन्त महत्वपूर्ण पुस्तक छ । सौभाग्यवश, त्यो पुस्तक नेपालीमा समेत अनुवाद भइसकेकोछ । त्यस पुस्तकले, खास गरेर समाजवाद विषयक अध्यायले कोइरालाको व्यक्तित्व र विचारधारालाई सरल भाषामा छर्लङ्ग पारेको छ । नेहरु संग्राहलयका निर्देशक डा हरिदेव शर्माको मौखिक इतिहास बृतान्त कदाचित ज्यादा सारगर्भित छ । तर त्यो अझै प्रकाशित भएको छैन । यी र यस्ता अन्य साक्षीका आधारमा कोइरालाका अन्तिम दिन ताका परिपाक भएका सैद्धान्तिक र राजनीतिक दर्शनलाई बुझ्‌न सकिन्छ । कोइरालाका निमित्त अन्य सबै चीजभन्दा पनि उहाँको समाजवादी मान्यता ज्यादा महत्वपूर्ण थियो । यस समाजवादी मान्यताले सिंगो बीसौ शताब्दीको क्रान्तिकारी उथलपुथलबाट शिक्षा ग्रहण गरेको थियो । उहाँ विशेष रुपमा मार्क्स र गान्धीको उर्जस्वी परम्पराप्रति ऋणी हुनुहुन्थ्यो ।
    हामीले एउटा तथ्यलाइृ सधै सम्झिराख्नुपर्छ । अनि मात्र बीपी कोइरालाका बेला बखतको बोलिबचन वा सामयिक र तत्कालीन वक्तव्यको निहितार्थका प्रति न्याय गर्न सकिनेछ । कोइरालाको व्यवहारिक पक्षले कहिलेकाहीँ उहाँको सिद्धान्तबोधलार्य किचेको वा ओझेलमा पारेको देखिन्छ । क्रमशः

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    लगानीमा फाईदा दिलाउने

    परम्परालाई अगाडी बढाउने चाहना

    जायज संघर्षको पक्षमा नैतिक समर्थन

    मुख्य लगानीकर्ता फ्रान्स

    आर्थिक विकासमा पहिले उत्पादनको कार्य

    सरकारका नीति तथा कार्यक्रम सफल बनाउन

    ताजा समाचार
    १

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    २

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    ३

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    ४

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    ५

    ग्यास विस्थापन गर्ने स्पष्ट दीघकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न का“ग्रेसको माग

    ६

    मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु पर्नेमा जोड

    ७

    ग्रिल तथा स्टिल व्यवसायी संघको निःशुल्क टिटि खोप कार्यक्रम

    ८

    का“ग्रेसका निवर्तमान सभापति देउवा साउन २८ गते नेपाल फर्किने

    ९

    नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले फेरि सुनुवाइ गर्ने

    १०

    नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली उपयुक्त नहुने धारणा व्यक्त

    समाचार
    थप

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि
    ठेगाना - सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल –dishanirdeshweekly@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट dishanirdeshweekly.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • दिशा निर्देश बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ दिशानिर्देश साप्ताहिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड