
प्रदीप गिरी
फलस्वरुप नेपाली काँग्रेस पूर्णतः नव पूँजीवादी विचारधाराको चंगुलमा फसेको छ । कार्यकर्ताहरु भने व्यक्तिवादी र अनुभववादी भएर रमाएर बसेका छन् । यसै कारणले नेकपा (माओवादी) को एउटा सानो चुनौतीले पनि काँग्रेस र सिंगो मुलुकलाई समेत हाराबारा खेलायो । आजको यस दुःखद् स्थितिका लागि इतिहासकारले कुनै दिन कोइरालासँग पनि अवश्य स्पष्टीकरण माग्नेछन् ।
कोइरालामा गहन सिद्धान्त बोध थियो । त्यस सिद्धान्तबोधमा द्वन्द विरोधाभास र अपूर्णता अवश्य थियो । तर कुनै महान् विचारक पनि त्यस्ता सबै दोषबाट मुक्त रहँदैनन् । आप्mना अन्तिम दिनमा कोइरालाले गान्धीवादी समाजवादको परम्परालाई दह्रोसँग सम्झनु र पक्रनुभएको थियो । अस्व्स्थ शरीर र भीषण राजनीतिक व्यवस्थाका माझ पनि उहाँको विचार यात्रा जारी थियो । उहाँ समाजवादको एउटा नवीन व्याख्यातर्फ प्रबृत्त भइरहनु भएको थियो । नेपालीले युरोपेली वा भारतीय राजनीतिक व्यवस्थाको यान्त्रिक अनुकरण गर्न सक्दैन । नेपालमा सर्वथा नयाँ किसिमको लोकतन्त्रको मोडेल खडा गर्नु पर्नेछ । सोभ न्ने क्रममा कोइरालाले आप्mना अनेक पुराना राजनीतिक मान्यता समेतलाई परित्याग गरेको स्पष्ट नै थियो । कोइराला २०१५ सालमा प्रधानमन्त्री बन्नु हुँदा नेहरु अशोक मेहता मोडेलको ज्यादा नजिक हुनुहुन्थ्यो । डिसेम्बर १९७६ पछि कोइराला गान्धी, लोहिया र जेपीको मोडेलबाट आकर्षित हुनुहुन्थ्यो । प्रश्न यस्तो मोडेलको आकर्षणको मात्र थिएन । यो मोडेलको परम्परालाई स्वीकार गर्ने र त्यसको सिर्जनात्मक विकास गर्ने पनि थियो । कोइराला यसतर्फ पनि तम्सनु भएको देखिन्छ । नेपाल बाहिर भएका उहाँका प्रवचन र अन्तर्वातामा उहाँको सिद्धान्त बोधको गहिरो जानकारी भेटिन्छ । तिन ताका उहाँले सोशलिष्ट इन्रनेशनलका एक दुई बैठकमा बोल्नुभएको थियो । त्यहाँ उहाँले बोल्नु भएका टिप्पणीहरु सर्वथा मननीय छन् । तर यो भन्दा पनि ज्यादा भोला चटर्जी र डा. हरिदेव शर्मासँगको प्रकाशित र अप्रकाशित कुराकानी ज्यादा महत्वपूर्ण छन् ।
भोला चटर्जी र डा हरिदेव शर्मा दुवै नै भारतीय समाजवादी आन्दोलनका सुपरिचित नाम हुन् । अझ भोला चटर्जी त बीपी कोइरालाको अन्तरङ्ग शिष्य एवम् मित्रसमेत हुनुहुन्थ्यो । भोला चटर्जी २००७ सालको क्रान्तिदेखि नै नेपालको राजनीतिमा प्रत्यक्ष रुपमा संलग्न रहनुभयो । भोला चटर्जी आफै पनि एक उच्च कोटीका बुद्धिजीवी हुनुहुन्थ्यो । चटर्जीले बडा स्नेह र मनोयोगका साथ कोइरालाको व्यक्तित्व र विचारको लेखा जोखा गर्नुभएको छ । भोला चटर्जीका कृति मध्ये १ मई १९८२ मा प्रकाति बीपी कोइराला एक क्रान्तिकारी व्यक्तित्व अत्यन्त महत्वपूर्ण पुस्तक छ । सौभाग्यवश, त्यो पुस्तक नेपालीमा समेत अनुवाद भइसकेकोछ । त्यस पुस्तकले, खास गरेर समाजवाद विषयक अध्यायले कोइरालाको व्यक्तित्व र विचारधारालाई सरल भाषामा छर्लङ्ग पारेको छ । नेहरु संग्राहलयका निर्देशक डा हरिदेव शर्माको मौखिक इतिहास बृतान्त कदाचित ज्यादा सारगर्भित छ । तर त्यो अझै प्रकाशित भएको छैन । यी र यस्ता अन्य साक्षीका आधारमा कोइरालाका अन्तिम दिन ताका परिपाक भएका सैद्धान्तिक र राजनीतिक दर्शनलाई बुझ्न सकिन्छ । कोइरालाका निमित्त अन्य सबै चीजभन्दा पनि उहाँको समाजवादी मान्यता ज्यादा महत्वपूर्ण थियो । यस समाजवादी मान्यताले सिंगो बीसौ शताब्दीको क्रान्तिकारी उथलपुथलबाट शिक्षा ग्रहण गरेको थियो । उहाँ विशेष रुपमा मार्क्स र गान्धीको उर्जस्वी परम्पराप्रति ऋणी हुनुहुन्थ्यो ।
हामीले एउटा तथ्यलाइृ सधै सम्झिराख्नुपर्छ । अनि मात्र बीपी कोइरालाका बेला बखतको बोलिबचन वा सामयिक र तत्कालीन वक्तव्यको निहितार्थका प्रति न्याय गर्न सकिनेछ । कोइरालाको व्यवहारिक पक्षले कहिलेकाहीँ उहाँको सिद्धान्तबोधलार्य किचेको वा ओझेलमा पारेको देखिन्छ । क्रमशः









