• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • दिशा निर्देश बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
August 14, 2026, Friday, 01:32 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  अर्थ खबर
  • १०७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • सुन्तला उत्पादन गर्न सरकारले सहयोग गर्ने

  • १२ पुष २०८२, शनिबार १८:४७
  • फाईल तस्विर

    सामाजिक सञ्जाल


    काठमाडौं । पोखरामा बिहीबार सुन्तला महोत्सव सम्पन्न भएको छ । सुन्तलाको पकेट क्षेत्र पोखरा–२१ हर्राबोटमा सुन्तला महोत्सव आयोजना गरिएको हो । पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा र कृषि विकास महाशाखाको सहयोग तथा वडा स्तरीय कृषि सञ्जालको समन्वयमा पोखरा महानगरपालिका वडा नम्बर २१ ले आयोजना गरेको महोत्सवमा कृषक भने बेखूस देखिएका छन्‌ । कृषकलाई भन्दा बिचौलियालाई पोस्नेगरी कार्यक्रम गरिएको कृषकको आरोप छ । महोत्सवमा सुन्तलाको पहाड बनाउने भनिएको थियो । तर सुन्तलाको पहाड त थियो तर एकदमै सानो । कृषकले सुन्तला ल्याउन नमानेपछि महानगर आफैले खरिद गरेको बुटोबाट ल्याइएको सुन्तला मात्रै राख्दा सुन्तलाको पहाड सानो बनेको श्रोतले बताएको छ । सुन्तलाको पहाड सानोहुँदा त्यसमा फोटो सेसन गर्ने, सेल्फी खिच्नेको खासै रुची देखिएन । उसो त सुन्तला महोत्सवमा सुन्तलाका स्टलहरुले महोत्सव स्थल भरिने अपेक्षा गरिएको थियो । तर महोत्सव स्थलमा भएको ८/१० स्टलमध्ये ३/४ वटा स्टलमा मात्रै सुन्तला राखिएका थिए । अरु सबै स्टल खाजा तथा दलहन सम्बन्धिका थिए । सुन्तलाका स्टलहरुमा पनि थोरै मात्र सुन्तला थिए भने त्यहाँ रोज्जा सुन्तलासमेत थिएनन्, बरु छनौटाहरु राखिएका थिए । त्यो पनि महोत्सव सञ्चालन भएको केहिबेरमै सुन्तला किन्नेको हारालुस चलेर सकिएको थियो । महोत्सवमा सुन्तला खरिद गर्न पुगेकाहरु महोत्सव स्थलमा सुन्तला नपाएपछि बगैंचा खोज्दै गएका थिए । तर बगैंचाको सुन्तला पनि किसानले ठेकेदारलाई बोटै बेचेपछि खिन्नहुँदै फर्किनु परेको थियो । सुन्तला महोत्सवमा सुन्तला नपाएपछि पोखराबाट हर्राबोट पुगेकी एक महिलाले भनिन्, ‘महोत्सवमै सुन्तला नपाउने कस्तो महोत्सव हो यो ।’ उनले स्थानिय किसान देखेर आफू छक्क परेको बताईन्‌ । भनिन्, ‘बोटमा पनि सुन्तला नपाईंदो रहेछ, किसान पनि मातेका रहेछन्‌ ।’ स्थानीय कृषक छविलाल सुवेदीले किसानको लागत मूल्य पनि नउठ्ने मूल्य निर्धारण गरिएपछि महोत्सवमा सुन्तला नलगिएको बताए । महोत्सवमा सुन्तला प्रतिकेजी एक सय रुपैयाँ भनेर मूल्य निर्धारण गरिएको प्रति आफूहरुको असन्तुष्टि रहेको उनको प्रष्टिकरण थियो । बजार मूल्य भन्दा धेरै कम मूल्य निर्धारणहुँदा सुन्तला किसान बेखूस् रहेको उनले बताएका छन्‌ । एक त हामीले पहिल्यै ठेकेदारलाई बेचिसकेका हुन्छौं, उनले भने, ‘दोस्रो बजार मूल्य पनि नपाउने भएपछि महोत्सवमा सुन्तला लानुको औचित्य पनि रहँदैन ।’ अर्का सुन्तला उत्पादक किसान ठाकुरप्रसाद सुवेदीले पनि सुन्तला महोत्सवले किसानलाई हौसला नथपेको बताए । राज्यले सुन्तला उत्पादनमा सघाएको भए पो महोत्सवको अर्थ हुन्थ्यो, उनले प्रश्न गर्दै अगाडि थपे, ‘मल, पानी, ग्रेडिङदेखि बजारीकरणसम्म सघाउँदैन, एक दिन महोत्सव गरेर किसानलाई के फाईदा ? ।’ उनले बाँदरले सुन्तलालाई क्षेती पुर्‍याईरहेको भन्दै त्यो नियन्त्रणका लागि पनि कहिंकतैबाट पहलकदमी नभएको गुनासो गरे । महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कृषिको प्रवद्र्धनमा महानगरपालिका लागिरहेको बताएका छन्‌ । पोखरा–२१ र २२ लाई सुन्तलाको पकेट क्षेत्र घोषणा गरेर महानगरले मल, बिउ, सिंचाईमा सघाईरहेको उल्लेख गरेका छन्‌ । उनले सुन्तलाको व्यवसायीकरण गरेर उत्पादन र उत्पादकत्व बढाउनु पर्ने तथा गुणस्तर परीक्षण गरेर बिचौलियामार्फत नभई कृषक आफैँले बजार पुर्‍याउने वातावरण निर्माणमा महानगरले सघाउने पनि प्रतिबद्दता जनाएका छन्‌ । पोखरा महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले सुन्तला उत्पादक किसानलाई हौसला थप्न महोत्सव आयोजना गरिएको बताएका छन्‌ । सुन्तला उत्पादनलाई व्यवसायीकरण गर्न महानगरले सघाउने बताउँदै उनले भने, ‘सुन्तलाको ग्रेडिङ गर्न जरुरी छ । यसले किसानलाई घाटा होईन फाईदा गर्छ, त्यसैले सुन्तलाको ग्रेडिङ र चिस्यान केन्द्र निर्माणमा महानगरले सघाउँछ ।’ गण्डकी प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव बासुदेव रेग्मीले सुन्तलाको उत्पादन बढाउन प्रदेश सरकारको सहयोग रहने बताएका छन्‌ । पोखरा–२१ का वडाध्यक्ष दीपकप्रसाद सुवेदीले सुन्तला उत्पादनको चुनौती सामना गर्न वडाले सहयोग गरिरहेको बताएका छन्‌ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    अर्थ खबर सम्बन्धि थप

    ॅपार्वती’को गीत सार्वजनिक

    मनसुन सक्रिय हुन नसक्दा धान रोपाइँ प्रभावित

    गरिमा बंैकलाई “कर्पोरेटबिजनेस अवार्ड २०२६” प्रदान

    ग्लोबल बैंकको जलविद्युत आयोजनामा वित्तीय व्यवस्थापन सम्बन्धी सम्झौता

    अर्थ मन्त्रीद्वारा २१ खर्ब २४ अर्ब ३४ करोड रुपैया“को बजेट प्रस्तुत

    बेमौसमी वर्षाका कारण मह उत्पादनमा कमी

    ताजा समाचार
    १

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    २

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    ३

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    ४

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    ५

    ग्यास विस्थापन गर्ने स्पष्ट दीघकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न का“ग्रेसको माग

    ६

    मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु पर्नेमा जोड

    ७

    ग्रिल तथा स्टिल व्यवसायी संघको निःशुल्क टिटि खोप कार्यक्रम

    ८

    का“ग्रेसका निवर्तमान सभापति देउवा साउन २८ गते नेपाल फर्किने

    ९

    नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले फेरि सुनुवाइ गर्ने

    १०

    नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली उपयुक्त नहुने धारणा व्यक्त

    समाचार
    थप

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि
    ठेगाना - सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल –dishanirdeshweekly@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट dishanirdeshweekly.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • दिशा निर्देश बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ दिशानिर्देश साप्ताहिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड