• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • दिशा निर्देश बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
August 15, 2026, Saturday, 03:46 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  मुख्य समाचार
  • ४६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको टिप्पणी

  • १५ पुष २०८२, मंगलवार १८:३१
  • फाईल तस्विर

    सामाजिक सञ्जाल


    काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा विकसित घटनाक्रमबाट पाठ सिक्दै शान्तिपूर्ण, संविधानसम्मत र लोकतान्त्रिक विधिप्रक्रियाबाट युवाले चाहेजस्तो देश निर्माण गर्न सरकार अग्रसर रहेको बताएकी छन्‌ । उनले जतिसुकै मतभेद भए पनि एकापसमा हातेमालो गर्दै आपसी संवाद र सहमतिका आधारमा मुलुकलाई राजनीतिक निकास दिनेगरी निर्वाचनका पक्षमा देश होमिएको बताएकी छन्‌ । प्रधानमन्त्री कार्कीले लोकतन्त्रको मुख्य आधार उल्लासमय वातावरणसहित स्वच्छ र निष्पक्ष निर्वाचन रहेको बताइन्‌ । उनले राजनीतिक दलका तर्फबाट उत्साहका साथ समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा पेस भएसँगै प्रतिनिधि सभा सदस्यको निर्वाचन सुनिश्चित भएको बताइन्‌ । आसन्न निर्वाचनका सन्दर्भमा जिम्मेवार राजनीतिक दलसहित र युवाहरूबाट प्राप्त अमूल्य सहयोगका लागि धन्यवाद दिँदै प्रधानमन्त्री कार्कीले सम्बद्ध सबै पक्षको सहयोगमा उत्साहपूर्ण ढङ्गबाट निर्वाचन सफल हुने विश्वास व्यक्त गरिन । यसैबीच नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले अझै पनि प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउन नसकेको टिप्पणी गरेका छन्‌ । मोरङ समाज काठमाडौंको २६ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै कोइरालाले यस्तो बताएका हुन्‌ । उनले भने, ‘प्रहरीको मनोबल अत्यन्त खस्किएको छ, ‘सेनाले निर्वाचन गराउँदैन भन्ने कुरा सबैले बुझ्न जरुरी छ, ‘कांग्रेस चुनाव हुँदा लड्छ, हार्न पनि तयार हुन्छ’ । तर, कांग्रेस निर्वाचनबाट नभाग्ने उनको भनाई थियो । त्यसैगरी अर्थमन्त्री रामेश्वर खनालले मुलुकमा लगानीमैत्री वातावरण निर्माण र आन्तरिक लगानी वृद्धि गर्न नेपाल राष्ट्र बैंकसँग निरन्तर संवाद भइरहेको बताएका छन्‌ । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्‌ । उनले नेपाल राष्ट्र बैंकले सेवा निर्यात गर्ने सूचना तथा प्रविधि (आईटी) कम्पनीलाई विदेशमा लगानी गर्न २० हजार अमेरिकी डलरसम्मको विदेशी मुद्रा सटही निःशर्त दिने व्यवस्था गरिएको उल्लेख गरेका छन्‌ । आईटी क्षेत्रमा आफ्नो ज्ञान, सीप प्रयोग गरेर विदेशी पूँजी भित्र्र्याउन सहयोग गर्ने व्यवसायीको सहजताका लागि यो व्यवस्था गरिएको उनको भनाइ छ । उनले विदेशमा रहेका नेपाली नागरिकलाई स्वदेशमै फर्केर पनि सोही प्रकृतिको काम र पारिश्रमिकमा काम गर्नसक्ने वातावरण तयार गर्नुपर्ने जरुरी रहेको उल्लेख गर्दै सरकारले गृहकार्य गरिरहेका पनि बताएका छन्‌ । नेपालबाटै रिमोर्ट वर्क गरेर विदेशी मुद्रा आर्जन गर्ने वातावरण निर्माण गर्नुपर्ने युवाहरुको मागलाई राज्यले गम्भीर रूपमा नबुझेको पनि उनले बताएका छन्‌ । मुलुकको आर्थिक विकास र लगानीको वातावरण सिर्जना गर्न विद्यमान कानूनलाई अध्यादेशमार्फत संशोधन गर्नु उपयुक्त नठानेको स्पष्ट पार्दै उनले सामान्य नीति तथा नियममा आवश्यक संशोधन गर्ने कार्य भइरहेको पनि उल्लेख गरेका छन्‌ । उनका अनुसार हालसम्म आर्थिक कार्यविधि तथा आर्थिक उत्तरदायित्व नियमावली, भन्सार नियमावली र वन नियमावली संशोधन गरिएका छन्‌ । अर्थमन्त्री खनालले जेनजी विद्रोहपछि पर्यटन उद्योग एवं आन्तरिक एवं वाह्य लगानीका लागि उचित वातावरण बन्न नसकेको भन्दै यसमा सरोकारवाला सबैले ध्यान पुर्‍याउनुपर्नेमा जोड दिएका छन्‌ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    ग्यास विस्थापन गर्ने स्पष्ट दीघकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न का“ग्रेसको माग

    मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु पर्नेमा जोड

    ताजा समाचार
    १

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    २

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    ३

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    ४

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    ५

    ग्यास विस्थापन गर्ने स्पष्ट दीघकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न का“ग्रेसको माग

    ६

    मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु पर्नेमा जोड

    ७

    ग्रिल तथा स्टिल व्यवसायी संघको निःशुल्क टिटि खोप कार्यक्रम

    ८

    का“ग्रेसका निवर्तमान सभापति देउवा साउन २८ गते नेपाल फर्किने

    ९

    नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले फेरि सुनुवाइ गर्ने

    १०

    नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली उपयुक्त नहुने धारणा व्यक्त

    समाचार
    थप

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि
    ठेगाना - सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल –dishanirdeshweekly@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट dishanirdeshweekly.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • दिशा निर्देश बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ दिशानिर्देश साप्ताहिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड