• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • दिशा निर्देश बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
August 15, 2026, Saturday, 03:42 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  मुख्य समाचार
  • ५४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • निर्वाचनको समयमा आवश्यक परेको खण्डमा स्वतः परिचालित हुन प्रहरीलाई निर्देशन

  • २९ माघ २०८२, बुधबार १९:१३
  • फाईल तस्विर

    सामाजिक सञ्जाल


    काठमाडौं । सर्वोच्च अदालतले संसद् विघटनविरुद्ध दायर रिट निवेदनमा फागुन ८ गते साधारण तारेख तोकेको छ । बुधबार साधारण तारेख तोकिएकाले पेशी चढ्ने अनुमान गरिएको थियो । तर, सर्वोच्चको मुद्दा शाखाले पेशी नचढाई पुनः फागुन ८ गतेलाई साधारण तारेख तोकेको हो । सर्वोच्चले पेशी नचढाएर पुनः साधारण तारेख तोकेपछि रिट निवेदकमध्येका युवराज सफलले आपत्ती जनाएका छन्‌ । उनले तारिख लिन आफूले अस्वीकार गरेको बताएका थिए । अङ्ग पुग्दा पुग्दै मुद्दाको पेशी तोक्न नसक्ने सम्मानित सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार बिमल पौडेल, रजिस्ट्रार मान बहादुर कार्की र अर्का रिट महाशाखा प्रमुखविरुद्धमा प्रहरीमा ठगी मुद्दा दर्ता गर्ने बताइएको छ । यसअघि सर्वोच्च अदालतले संसद् विघटनसम्बन्धी रिटहरूमाथि प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीसँग लिखित जवाफ माग गरेको थियो । सर्वोच्च अदालतमा संसद् पुनर्स्थापनाको माग गर्दै १७ वटा रिट निवेदन दर्ता छन्‌ । रिटहरूमा संसद् विघटनको निर्णय संविधानविपरीत भएको दाबी गरिएको छ । यसैबीच गत माघ ५ गते जनकपुरको एकै सभालाई सम्बोधन गरेपछि एक्लाएक्लै चुनावी प्रचारप्रसारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह फेरि एउटै मञ्चमा देखिने भएका छन्‌ । जनकपुरको सम्बोधनपछि एकाएक खुट्टामा संक्रमण भएर लामो समय आराम गरेका सभापति लामिछाने अहिले आफ्नो चुनावी क्षेत्र चितवन २ मा खटिएका छन् भने वरिष्ठ नेता बालेन्द्र आफ्नो निर्वाचन क्षेत्र झापा ५ सहित देशका विभिन्न स्थान पुगिरहेका छन्‌ । सभापति लामिछाने र वरिष्ठ नेता शाहले यहीँ फागुन ६ गते कैलालीको धनगढीमा आयोजना हुने सभालाई संयुक्त सम्बोधन गर्ने भएका हुन्‌ । निर्वाचन आयोगले आगामी फागुन ४ देखि १८ गतेसम्म चुनावी सभा गर्ने समयसीमा तोकेपछि रास्वपाले शीर्ष दुई नेतालाई एकै मञ्चबाट सम्बोधनको समय मिलाएको हो । त्यसैगरी सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले निर्वाचनको समयमा नेपाल प्रहरी वा निर्वाचनमा खटिएका कर्मचारीलाई सहयोग आवश्यक परेमा तत्काल खटिन र त्यसको लागि आदेश लिईरहन नपर्ने निर्देशन दिएका छन्‌ । माघ २७ र २८ गते गण्डकी प्रदेशका विभिन्न जिल्लामा निर्वाचन सुरक्षा स्थिति बुझ्ने क्रममा महानिरीक्षक अर्यालले भूकम्प जस्ता प्रकोपमा स्वतः परिचालन भएजस्तै निर्वाचनको समयमा पनि अन्य निकायका सुरक्षाकर्मी र निर्वाचनमा खटिएका कर्मचारीलाई आवश्यक परेको खण्डमा स्वतः परिचालित हुन र परिचालन पश्चात मुख्यालयमा जानकारी गराउनहुन निर्देशन दिएका हुन्‌ । महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्की मातहत परिचालन हुने निर्वाचन प्रहरीहरुलाई समेत पूर्ण आत्मविश्वासकासाथ निर्वाचनमा परिचालन भई निर्वाचन सुरक्षामा खटिनु पर्नेमा जोड दिएका छन्‌ । निर्वाचन विथोल्न खोज्नेहरुको प्रयास विफल बनाउन सबै सुरक्षा निकायका सुरक्षाकर्मीबीच समन्वय र सहकार्य जरुरी रहेको बताउनुहुँदै उनले निश्पक्ष निर्वाचन र मतदाताको सुरक्षामा कुनै कमीकमजोरी नगर्न निर्देशन दिएका छन्‌ । महानिरीक्षक अर्यालले उच्च मनोवलकासाथ निर्वाचन सुरक्षामा खटिन र नेपाली सेना, नेपाल प्रहरी र निर्वाचन कर्मचारीहरुलाई थप मद्दत र सहयोग आवश्यक परेमा आदेश विना नै तत्काल परिचालन हुन देशैभरका युनिटलाई निर्देशन दिएको जानकारी समेत गराएका छन्‌ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    ग्यास विस्थापन गर्ने स्पष्ट दीघकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न का“ग्रेसको माग

    मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु पर्नेमा जोड

    ताजा समाचार
    १

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    २

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    ३

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    ४

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    ५

    ग्यास विस्थापन गर्ने स्पष्ट दीघकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न का“ग्रेसको माग

    ६

    मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु पर्नेमा जोड

    ७

    ग्रिल तथा स्टिल व्यवसायी संघको निःशुल्क टिटि खोप कार्यक्रम

    ८

    का“ग्रेसका निवर्तमान सभापति देउवा साउन २८ गते नेपाल फर्किने

    ९

    नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले फेरि सुनुवाइ गर्ने

    १०

    नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली उपयुक्त नहुने धारणा व्यक्त

    समाचार
    थप

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि
    ठेगाना - सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल –dishanirdeshweekly@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट dishanirdeshweekly.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • दिशा निर्देश बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ दिशानिर्देश साप्ताहिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड