
काठमाडौं । पाल्पा, रैनादेवी छहरा गाउँपालिका–८ स्थित मधुवन सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक १ थान राति प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी बल्ढेङगढीबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । कैलाली, मोहन्याल गाउँपालिका–७ पितमारीस्थित नवदुर्गा सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक १ थान र छर्रा साँझ प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । त्यसैगरी चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट मेड इन युएसए लेखिएको पेस्तोल १ थान र गोली ४ राउण्ड सहित कीर्तिपुर नगरपालिका–२ बस्ने ३० वर्षीय केयुर पुरीलाई बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा.१९ च ६९० नम्बरको कार तलासी गर्दा उक्त पेस्तोल फेला पारी कारमा सवार उनलाई पक्राउ गरेको हो । यसैबीच २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी बराह्रक्षेत्र नगरपालिका–७ बस्ने ६४ वर्षीय प्रमानन्द पौडेललाई राति प्रहरीले पक्राउ गरेको छ । पौडेलले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।









