• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • दिशा निर्देश बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
August 15, 2026, Saturday, 04:30 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • ८० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • सामाजिक न्यायको पक्षमा उल्लेखनीय कदम

  • २ फाल्गुन २०८२, शनिबार १८:५१
  • फाईल तस्विर

    सामाजिक सञ्जाल


    प्रदीप गिरी
    त्यो फेरबदल फेरि मामुली पनि थिएन, पूरै छत्तीसको अंक थियो । नेपाली काँग्रेसको वर्तमान पार्टी पंक्ति कोइरालाका प्रत्येक शब्द र कृत्यलाई श्रद्धाका साथ हेर्दछ । त्यसले गर्दा पार्टी अप्ठेरोमा पर्छ । नेताहरुले आफूखुशी कोइरालाका उद्धरण छानेका र प्रयोग गरेका छन् । तर, कथित कालखण्डको पृष्ठभूमिको जानकारकिा अभावमा त्यस्ता उद्धरणले अर्थको अनर्थ पनि लागेको भेटिन्छ । जानकारीका अभावमा त्यस्ता उद्धरणले अर्थको अनर्थ पनि लागेको भेटिन्छ । खास गरेर नेपाली काँग्रेसको आर्थिक सामाजिक समझदारी र विकासको अवधारणाहरु विषयमा विपीका महत्वपूर्ण शिक्षाको उपेक्षा भएको छ । विगत वर्षहरुमा नेपाली काँग्रेसको नीति निर्माताहरुले विदेशी ऋण, निजीकरण र भूमण्डलीकरणको अन्धानुसरण गरे । त्यस्तो गर्दा उनीहरुको बीपी कोइरालाको उद्धरणबाट समेत सहायता लिए । खास गरेर चम्चाले दूध बाँड्न नहुने भन्ने कोइरालाको एउटा कथन साह्रै दुर्भाग्यपूर्ण सिद्ध भयो । यस कथनका भरमा नेपाली काँग्रेसको सरकारलाई विकृत पूँजीवादी नीतिको पृष्ठपोषक बनाइयो । यसै कारणले गर्दा प्रजातान्त्रिक समाजवादको उद्देश्य राख्ने पार्टीले सत्तामा पुग्दा सामाजिक न्यायको पक्षमा एउटै पनि उल्लेखनीय कदम चाल्न सकेन । बीपी कोइरालाको समाजवादी उत्तराधिकारको यहाँभन्दा ठूलो उपहास हुन सक्तैनथ्यो । तर, यस्तै भयो । सामान्यतः मुलुकको सांस्कृतिक बौद्धिक परिवेशले गर्दा र विशेष गरेर राजयसत्ताको प्रतिक्रियावादी संरचनाले गर्दा सजिलै यस्तो हुन सक्यो । तर, मुख्य कारण त नेपाली काँग्रेसको विचारधारा र संगठन नै हो ।
    तर, एउटा विश्वसनीय पार्टीका रुपमा नेपाली काँग्रेसको आज पनि कुनै विकल्प छैन । मुख्यतः प्रजातान्त्रिक व्यवस्थापनको अभावमा यो पार्टी टुक्रिएको थियो । तर, प्रजातान्त्रिक व्यवस्थापनको कुरा फेरि आफैमा स्वतन्त्र अस्तित्व राख्ने तथ्य होइन । पार्टीको समग्र राजनीतिक चिन्तनको परिवेशमा मात्र संगठनको सिद्धान्त, स्वरुप र संरचनाको स्वायत्तताले अर्थ राख्दछ । संगठनको प्रश्न निरपेक्ष रुपमा स्वायत्त हुँदैन । पार्टीको संगठन गर्ने भनेको कुरो पार्टीको लक्ष्य, सिद्धान्त, रणनीतिबाट अलग राखेर हेर्न सकिने कुरो होइन । यो यान्त्रिक प्रश्न होइन । यो एक ठोस राजनीतिक सवाल हो । तेस्रो विश्वका मध्यमार्गी राजनीतिक दलहरुले यो कुरो बुझ्‌न सकेका छैनन् । यसैले यी पार्टी व्यक्तिवाद, परिवारवाद र गिरोहबादको दलदलमा फसेका छन् । २०४६ सालपछि नेपाली काँग्रेस पनि यस्तै रोग व्याधिले गर्दा कलहमुखीसमेत भयो । तर, पार्टी टुक्रिदा पनि यो रोग निर्मूल भएन । यी रोगहरुको उपचार नेपाली काँग्रेसको आजको दायित्व भएको छ ।
    बीपी कोइरालाका लेखन तथा भाषणमा पार्टी–निर्माणका सम्बन्धमा स्वतन्त्र निर्देशन पाइँदैन । तर, नियालेर हेर्ने हो भने पार्टी पंक्तिमा हुनुपर्ने सद्भाव, सौहाद्र्र, विमर्शका बारे उहाँको आग्रह यत्रतत्र भेटिन्छ । खास गरेर साथीहरुको नाममा पत्र भनेर लेखिएका दुई लेख यस विषयमा केन्द्रित छन् । तर त्यहाँ पनि पर्याप्त छैन । प्रजातान्त्रिक समाजवादमा विश्वास राख्ने पार्टीसँग आजको मितिसम्म संगठनको स्वायत्त सिद्धान्त देखिँदैन । नेपाली काँग्रेससँग मात्र नभएको होइन । यसो हुँदा नेपाली काँग्रेसका साथीहरुले संगठनको सिद्धान्तमाथि एकाग्र भएर सोच्नुपर्ने देखिन्छ । यस्तो सोच विचारमा कोइराला वा त्यस्तै अन्य नेताको लेखनमा मात्र सीमित रहेर हुँदैन । उहाँ अघिका वा पछिका समाजवादी चिन्तनको पनि अनुशीलन गर्नुपर्छ । समाजवादी आन्दोलनको इतिहासमा लेनिन, रोजा लक्जेम्वर्ग र एन्टोनिओ ग्रामस्कीका रचना यस क्षेत्रमा विशेष शिक्षाप्रद छन् । पार्टी निर्माणको प्रश्नमा चीनको सैद्धान्तिक परम्परा पनि ज्यादै समृद्ध छ । गान्धी लोहियाका हकमा सैद्धान्तिक क्षेत्रमा खास उल्लेखनीय कृति देखिँदैन । क्रमशः

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    लगानीमा फाईदा दिलाउने

    परम्परालाई अगाडी बढाउने चाहना

    जायज संघर्षको पक्षमा नैतिक समर्थन

    मुख्य लगानीकर्ता फ्रान्स

    आर्थिक विकासमा पहिले उत्पादनको कार्य

    सरकारका नीति तथा कार्यक्रम सफल बनाउन

    ताजा समाचार
    १

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    २

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    ३

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    ४

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    ५

    ग्यास विस्थापन गर्ने स्पष्ट दीघकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न का“ग्रेसको माग

    ६

    मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु पर्नेमा जोड

    ७

    ग्रिल तथा स्टिल व्यवसायी संघको निःशुल्क टिटि खोप कार्यक्रम

    ८

    का“ग्रेसका निवर्तमान सभापति देउवा साउन २८ गते नेपाल फर्किने

    ९

    नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले फेरि सुनुवाइ गर्ने

    १०

    नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली उपयुक्त नहुने धारणा व्यक्त

    समाचार
    थप

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि
    ठेगाना - सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल –dishanirdeshweekly@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट dishanirdeshweekly.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • दिशा निर्देश बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ दिशानिर्देश साप्ताहिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड