
– प्रा.डा. जयराज आचार्य/ विवेक गौतम –
केबुलकार परियोजना सुरु गर्दासम्ममा चितवन कोईले एउटा उच्चस्तरयि व्यावसायिक कम्पनीको रुपमा ख्याति कमाइसकेको थियो । लक्ष्मण बाबुले प्राविधिक ज्ञान निकै नै हासिल गरिसकेका थिए । साथै उनले जनशक्ति परिचालन एवं व्यवस्थापनमा पनि निपुणता प्रमाणित गरिसकेका थिए । यस्तो ज्ञान एवं षमता उनले पढेर नभइकन अनुभवबाट हासिल गरेका थिए । यो सब उनको अनुभव, निरन्तरको जिज्ञासा, गहिरो अवलोकन एवं कर्मचारीहरुसँगको सहकार्यको प्रतिफल थियो । उनले आदेश भन्दा पनि सहकार्यको सस्कृति बसालेका थिए ।
यस परियोजनाको नवीनताबारे कुरा गर्दै कम्पनीका नायब महाप्रबन्धक उज्वल शेरचन भन्छन्, यो परियोजना कुनै आकस्मिक कार्य थिएन, धेरै सोचविचार गरेर बनाइएको डिजाइन अनुसार निर्माण गरिएको थियो । लक्ष्मण बाबु आफूमा भएको बलियो आत्मविश्वासका साथ परियोजना सफल हुन्छ भन्ठानेर अघि बढेका थिए । शेरचनको अनुहारमा चमक थियो जब उनी भन्दै थिए – केबुलकार रहेको यो ठाउँ यति भिरालो बाँदरभीर जस्तो थियो कि बाँदरसिवाय अरुलाई हिँडन सम्भव नै थिएन । शेरचना थप्दै भन्छन्, उहाँ हरेक क्ुरा सुक्ष्म तरिकाले योजना गरेर अघि बढ्नुहुन्थ्यो । उहाँ आफ्नो परामर्शदातासँग बस्नुहुन्थ्यो, छलफल गर्नुहुन्थ्यो र कुनै पनि कुरा आफ्नो सुरले मात्रै गर्नुहुन्थेन । त्यसैले त भिरालो झाडी, घुम्ती भएको ठाउँ सडकमा परिणत भयो, नदीको बगर पार्किङ क्षेत्र बन्यो र यो परिसर हरेक दिन यात्रुहरुको भीडलाई आकर्षित गर्ने केन्द्र बन्यो ।
मनकामना क्षेत्र विकास समितिका भूतपुर्व अध्यक्ष कृष्णकुमार देवकोटा लक्ष्मण बाबुको कार्यशैलीबारे कुरा गर्दै भन्छन्, लक्ष्मण बाबु जहिले पनि तथ्याकमा आधारित योजना बनाउनु हुन्थ्यो । लक्ष्मण बाबुले मनकामना मन्दिर जाने पैदल यात्रुहरबारे तथ्याक लिन लगाउनु हुन्थ्यो । देवकोटा थप्छन्, उहाँले गलत निर्णय नहोस् भनेर तथ्याक लिन लगाउनुभयो । क्रमशः









