• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • दिशा निर्देश बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
August 15, 2026, Saturday, 03:43 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  मुख्य समाचार
  • ८६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • अदालतबाट आदेश नभएसम्म धनुषा १ को मत परिणाम घोषणा नगरिने

  • २४ फाल्गुन २०८२, आईतवार १९:०६
  • फाईल तस्विर

    सामाजिक सञ्जाल


    काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म १ सय २० क्षेत्रमा विजयी भएकोे छ । परिणामअनुसार रास्वपाका उम्मेदवारले पाँच निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहेका छन्‌ । निर्वाचन आयोगका अनुसार हालसम्म १५६ स्थानको मतगणना सार्वजनिक भएकामा नेपाली कांग्रेसले १७ क्षेत्रमा जित हासिल गरेको छ । त्यस्तै, नेकपा (एमाले) सात स्थानमा विजयी भएको छ भने तीन स्थानमा अगाडि रहेको छ । आयोगका अनुसार नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट हालसम्म सात उम्मेदवार विजयी भएका छन्‌ । यस्तै, श्रम संस्कृति पार्टीका तीन जना उम्मेदवार विजयीभएका छन्‌ । राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक–एक स्थानमा विजयी भएका छन्‌ । त्यसैगरी, प्रतिनिधिसभा सदस्यको फागुन २१ गते सम्पन्न समानुपातिक निर्वाचनतर्फ हालसम्म ५० लाख १८ हजार ६१२ मतगणना सम्पन्न भएको छ । त्यसमध्ये रास्वपाले २४ लाख ७२ हजार ९६१, कांग्रेसले आठ लाख ३६ हजार १७७, एमालेले सात लाख १५ हजार २१७ र नेकपाले तीन लाख ४० हजार ४४, राप्रपाले एक लाख ८० हजार ७९१ र श्रम संस्कृति पार्टीले एक लाख २३ हजार २४१ मत प्राप्त गरेको छ । यसैबीच निर्वाचन आयोगले धनुषा–१ को निर्वाचन परिणाम घोषणा नगर्ने निर्णय गरेको छ । आयोगले धनुषा क्षेत्र नं. १ निर्वाचन अधिकृतको कार्यालयलाई पत्राचार गरेर अदालतबाट आदेश नआएसम्म निर्वाचन परिणाम घोषणा नगर्ने निर्णय गरेको हो । आयोगले यही फागुन १८ गते धनुषा जिल्ला क्षेत्र नं. १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साह ‘कमल’ को उम्मेदवारी कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम रहेको प्रमाण प्राप्त भएको भन्दै खारेज गर्ने निर्णय गरेको थियो । सो निर्णयका सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा परी विचाराधीन रहेकाले सो सम्बन्धमा अदालतबाट आदेश नभएसम्म धनुषा जिल्ला निर्वाचन क्षेत्र नं. १ को पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मत परिणाम घोषणा नगर्नु नगराउनुहुन आयोगको निर्णयअनुसार अनुरोध गरिएको उनले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ । सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पत्र तामेल गराई सोको जानकारी आयोगसमक्ष दिन प्रदेश निर्वाचन कार्यालयलाई बोधार्थको पत्र पठाइएको पनि शाखा अधिकृत अधिकारीले बताएका छन्‌ । हाल देशभरबाट प्राप्त भइरहेका नतिजा हेर्दा यसपटकको निर्वाचन पुराना प्रमुख राजनैतिक दलदेखि साना पार्टीसम्मका लागि निर्वाचन परिणाम प्राकृतिक विपत्तिसरह भएको छ । प्राकृतिक विपत्तिले जनधन तहसनहन गरेजस्तै प्रतिनिधिसभा निर्वाचन २०८२ एकसेएक नेता र शीर्ष तथा प्रमुख पार्टीका लागि राजनैतिक विपत्तिकै रूपमा खडा भएको छ । सबैजसो पार्टी हाँक्दै आएका, शीर्ष र प्रभावशाली नेता तथा पदाधिकारीले पराजयको सामना गर्नुपरेको छ । पछिल्लो निर्वाचनले नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई छोडेर ठूला मानिएका दलदेखि साना र तीनका नेताहरूलाई कम्तीमा ५ वर्षका लागि प्रतिनिधिसभा बाहिर पुर्‍याएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फराकिलो अंकको अकल्पनीय पराजयको सामना गर्नुपरेको छ भने सोही पार्टीका उपाध्यक्ष विष्णु पौडेल र पृथ्वी सुब्बा गुरुङ, अघिल्लो संघीय सदनका सभामुख भइसकेका देवराज घिमिरे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र गोकर्णराज विष्ट, सचिव महेश बस्नेतजस्ता प्रभावशाली मानिएका पदाधिकारीहरूलाई सदनबाहिरै बस्ने जनादेश प्राप्त भएको छ । पार्टी बदलेर देशसमेत बदल्ने सपना देखाएका नेपाली कांगे्रसका सभापतिले पनि नमिठो हार व्यहोर्नुपरेको छ । उहाँसँगै महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे, सहमहामन्त्री उदयशमशेर राणा, नेता विजय गच्छदार, डा. शेखर कोइराला, डा. चन्द्रकान्त भण्डारी, प्रकाश रसाइली स्नेहीजस्ता ठूला नाम पनि प्रनिनिधिसभाबाट बाहिरिएका छन्‌ । तत्कालीन नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा वर्तमान नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पनि यो निर्वाचनको परिणामलाई आप्‌mनो पक्षमा बनाउन सकेनन्‌ । त्यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन नै प्रतिनिधिसभाबाट बाहिरिनुभएको छ भने वरिष्ठ नेता कमल थापा पनि मैदान बाहिर पुग्नुभएको छ । अर्का नेता रवीन्द्र मिश्रले त पराजयपछि पार्टीको कुनै पनि पदमा नरहने गरी राजीनामा नै दिनुभएको छ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि पराजय भोग्न बाध्य हुनुभएको छ भने सोही पार्टीका शरत सिंह भण्डारी पनि पराजित हुनुभएको छ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई पनि जनमतले संसद् बाहिर राखेको छ भने कहिल्यै पराजय नभोगेका नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल पहिलोपटक सदनबाट बाहिर बस्नुपर्ने भएको छ । यस सँगसँगै विभिन्न पार्टीका थुप्रै नेता यसपटकको निर्वाचनबाट पराजयको मुहार हेर्न बाध्य भएका छन्‌ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    ग्यास विस्थापन गर्ने स्पष्ट दीघकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न का“ग्रेसको माग

    मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु पर्नेमा जोड

    ताजा समाचार
    १

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    २

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    ३

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    ४

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    ५

    ग्यास विस्थापन गर्ने स्पष्ट दीघकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न का“ग्रेसको माग

    ६

    मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु पर्नेमा जोड

    ७

    ग्रिल तथा स्टिल व्यवसायी संघको निःशुल्क टिटि खोप कार्यक्रम

    ८

    का“ग्रेसका निवर्तमान सभापति देउवा साउन २८ गते नेपाल फर्किने

    ९

    नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले फेरि सुनुवाइ गर्ने

    १०

    नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली उपयुक्त नहुने धारणा व्यक्त

    समाचार
    थप

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि
    ठेगाना - सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल –dishanirdeshweekly@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट dishanirdeshweekly.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • दिशा निर्देश बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ दिशानिर्देश साप्ताहिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड