• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • दिशा निर्देश बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
August 14, 2026, Friday, 01:34 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • ६२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • नेपालमा नया“ काम गर्न चाहने मान्छे

  • ७ चैत्र २०८२, शनिबार १९:१५
  • फाईल तस्विर

    सामाजिक सञ्जाल


    प्रदीप गिरी
    २ लाख मोटरसाइकल किन्ने मान्छे आउँछन् भने २० लाख साइकल किन्ने मान्छे हुनुपर्‍यो । २० लाख साइकल किन्ने मान्छे आउँछ भने २ करोडले चप्पल लगाउन पाउनुपर्छ । २ करोड मानिसले लाउने चप्पल विदेशबाट ल्याउन पाइदैन । ती चप्पल नेपालमा बन्नु पर्छ र सस्तो, एकदम सस्तो बन्नु पर्छ । साइकिलको टायरको जस्तो चप्पल । २ करोड नेपालीलाई चप्पल बनाइदिने हो भने त्यो बनाउने मजदुरले खान पाउँछ । चप्पल उद्योग खोल्नेले त्यसको नाफाबाट सायकल किनोस् । साइकल उद्योग खोल्नेले त्यसको नाफाबाट मोटरसाइकल किन्न सक्छ । मोटर साइकल किन्न सक्छ । मोटर साइकल उद्योगको नाफाबाट गाडी किन्दा फरक पर्दैन । त्यस्तो गाडी किनेकोमा मलाई आपत्ति छैन । अमेरिकामा त्यहाँको राष्ट्रपति जेटमा हिँड्छ, अरबपति जेटमा हिँड्छ भने तलको मानिसले पनि खान पाउँछ । यहाँ के भयो भने विदेशी सहायता काठमाडौंमै चोरे–लुटे, काठमाडौमा नै घर बनाए, गाडी किने । यहाँ तस्करी गरेर भारतमा लगेर पैसा राखे । सारा व्यापारीले त्यही गरिरहेछन् । अब तेस्रो कुरा आयो रेमिटेन्सको कुरा । बाहिर दुःख गरेर पैसा पठाएका छन्, बम्बेको कोठीमा वेश्या भएर पैसा पठाएका छन् । तिनलाई यहाँका हुने खानेहरुले लुटेका छन् । यिनैका समस्याप्रति हाम्रो अर्थशास्त्र जागरुक छ । यो अर्थशास्त्र बेलायतबाट आएको हुनाले, अमेरिकाबाट आएको हुनाले यस्ता अर्थशास्त्रहरुलाई एकातिर धान र गहुँको अन्तर थाहा छैन भने अर्कोतिर यो समस्याको जानकारी पनि छैन । यो समस्या यो समस्या बेलायत, फ्रान्स र अमेरिकामा नभएकाले उनीहरुलाई यसको जानकारी छैन । यो समस्या नेपालमा छ । अन्त थिएन । नेपाली बुद्धिजीवीले, नेपाली लेखकले यहाँका जनतालाई चिनेर, यहाँका जनतालाई बुझेर नेपालको अर्थशास्त्र बनाउनुपर्छ । अब भन्ने हो भने यहाँको योजना यहीका गरिब किसानले बनाउनुपर्छ । विदेशबाट पढेर पिएचडी गरेर आएकाले देशको योजना बनाएमा ती योजनाको कुनै पनि औचित्य हुँदैन । त्यसैले आज नेपालमा कुनै नयाँ काम गर्न चाहने मान्छेले आजसम्मका अर्थशास्त्रका सारा किताबलाई बागमतीमा प्‌mयाकिदिनुपर्छ । यसको एउटा उपाय छ, नेपालको परिवेशलाई बुझेर नयाँ अर्थशास्त्र बनाउनुपर्छ ।
    हाम्रा लागि सबैभन्दा पहिलो तल्लो वर्गलाई क्रयशक्ति दिने, मजदुरलाई क्रयशक्ति दिने, किसानलाई दिने अर्थशास्त्र चाहिएको छ । किसानको क्रय शाक्तिको भरमा बनेका कल कारखाना, खेतीपाती, उद्योग सम्पूर्णमा नाफा खाए हुन्छ । म नाफा खानुको विरुद्ध छैन । अहिले यहाँ कसैले खाने होटल खोल्योर एक हजार मान्छेलाई खाना खुवायो भने प्रत्येकबाट ५ रुपैयाँ नाफा खाए हुन्छ । खाना सस्तै हुछ, प्रतिव्यक्ति नाफा पनि कम नै हुन्छ । यसको सट्टा पाँचतारे होटलमा खाना खाइयो भने थोरै खानामा धेरै नाफा हुन्छ । यहाँ दुईवटा कुरा देखिन्छ । एक नाफा धेरै लिने काम थोरै दिने, जस्तै बैककमा एउटा जुत्ताको मूल्य पाँच हजार पर्छ । व्यापारीले ५ हजारमा ४५ सय रुपैयाँ नाफा गर्छ । अर्को, नाफा कम लिने काम धेरै दिने जस्तै, एउटा टायरको चप्पलको मूल्य १ सय रुपैयाँ पर्छ भने त्यसले २० रुपैयाँ मात्रै नाफा लिन्छ । उत्पादनको तरिकामा बढीभन्दा मान्छेले सामान पाउँछन् तर नाफा कम खान्छन् । प्रतिवस्तु नाफा कम हुन्छ । २ करोड नेपालीलाई चप्पल लगाउन दिइयो भने एउटा चप्पलको मूल्य १ सय पर्‍यो र नाफा १० रुपैयाँ भयो भने २० करोड नाफा हुन्छ । यसरी पूँजीपतिले २ अर्ब नाफा कमाउँदा आपत्ति मान्नुहुँदैन । तर जसले एउटै मात्र सामान बेचेर करोडौ कमाउनु हुँदैन ।
    पूँजीवादीमा के हुन्छ भने कारखानाले थोरै मान्छेको लागि सामान उत्पादन गर्छ, धेरै नाफा कमाउँछ । अर्को पद्धतिमा धेरे मान्छेको लागि धेरै सामान उत्पादन गरी धेरै नाफा कमाउनुलाई समाजवाद भनिन्छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    लगानीमा फाईदा दिलाउने

    परम्परालाई अगाडी बढाउने चाहना

    जायज संघर्षको पक्षमा नैतिक समर्थन

    मुख्य लगानीकर्ता फ्रान्स

    आर्थिक विकासमा पहिले उत्पादनको कार्य

    सरकारका नीति तथा कार्यक्रम सफल बनाउन

    ताजा समाचार
    १

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    २

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    ३

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    ४

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    ५

    ग्यास विस्थापन गर्ने स्पष्ट दीघकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न का“ग्रेसको माग

    ६

    मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु पर्नेमा जोड

    ७

    ग्रिल तथा स्टिल व्यवसायी संघको निःशुल्क टिटि खोप कार्यक्रम

    ८

    का“ग्रेसका निवर्तमान सभापति देउवा साउन २८ गते नेपाल फर्किने

    ९

    नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले फेरि सुनुवाइ गर्ने

    १०

    नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली उपयुक्त नहुने धारणा व्यक्त

    समाचार
    थप

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि
    ठेगाना - सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल –dishanirdeshweekly@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट dishanirdeshweekly.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • दिशा निर्देश बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ दिशानिर्देश साप्ताहिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड