• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • दिशा निर्देश बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
August 14, 2026, Friday, 01:32 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  मुख्य समाचार
  • ४३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउने विषयमा प्रधानमन्त्रीको सचिवालयस“ग छलफल

  • १२ जेष्ठ २०८३, मंगलवार १९:४४
  • फाईल तस्विर

    सामाजिक सञ्जाल


    काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थिति र जवाफको माग गर्दै विपक्षी दलहरूले अवरोध जारी राखेपछि नियमित कार्यसूची प्रभावित भएको छ । सभाको बैठकमा आकस्मिक, शून्य र विशेष समयपश्चात प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत विपक्षी दलका सदस्यले आफ्नो आसनबाट उठेर विरोध सुरु गरेपछि सभामुख डोलप्रसाद अर्यालले ती दलका प्रतिनिधिलाई बोल्न दिएर नियमित कार्यसूची अघि बढाएका थिए । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले प्रस्तुत गर्नुभएको ‘पर्यटन विधेयक, २०८३ माथि विचार गरियोस्‌’ भन्ने प्रस्तावमाथिको छलफलमा सांसद अशोकुमार चौधरी, सुशील खड्का र जगदीश खरेलले भाग लिइरहँदासमेत विपक्षी दलको विरोध कायमै रहेको थियो । लगातार विरोध भएपछि सभामुख अर्यालले बैठक १५ मिनेटका लागि स्थगन गरेका थिए । यसैबीच रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री बालेन्द्र शाह एक साताभित्र प्रतिनिधिसभामा उपस्थित हुने बताएका छन्‌ । प्रतिनिधिसभाको बैठकमा सभामुखसँग समय लिएर बोल्दै रास्वपाका मुख्य सचेतक बुर्लाकोटीले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउने विषयमा सत्ता पक्ष, विपक्षी दल तथा प्रधानमन्त्रीको सचिवालयसँग छलफल भएको बताएका छन्‌ । उनले संसदमा विवादभन्दा पनि सैद्धान्तिक छलफलमार्फत निकास खोज्नुपर्ने भन्दै सदनलाई प्रभावकारी बनाउने उद्देश्यले प्रधानमन्त्री उपस्थित हुने बताएका छन्‌ । यसअघि प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर विपक्षी दलहरूले निरन्तर विरोध जनाउँदै आएका छन्‌ । बैठकमा नेकपा (एमाले) की उपनेता पदमा अर्यालले कार्यव्यवस्था परामर्श समितिमा भएको सहमतिअनुसार सरकारको तर्फबाट प्रस्तुति नआएको भन्दै आपत्ति जनाएकी थिइन्‌ । साथै उनले संसदमार्फत सरकारसँग जवाफ माग्ने र प्रधानमन्त्रीलाई उत्तरदायी बनाउने कर्तव्य प्रतिपक्षी दलको भएको बताएकी छन्‌ । आफूहरूले सदनमा प्रतिपक्षको कर्तव्य निर्वाह गरिरहेको भन्दै अर्यालले संसद् सरकारको भजन गाउने थलो नभएको प्रस्ट पारिन्‌ । प्रतिपक्षका सांसदहरू बोलेलगत्तै सत्तापक्षका सांसदहरूले प्रतिउत्तर दिइहाल्ने गरेकामा पनि उनले आपत्ति जनाइन्‌ । दलहरूबिच सहमति भइसकेपछि पनि सत्तारूढ दलकै हिसाबले पेलेर बैठक चलाउन खोजेको उल्लेख गर्दै अर्यालले सभामुखले आफूहरूको भावनालाई कुल्चिएको महसुस भएको बताइन्‌ । त्यस्तै गरी नेकपाका सांसद प्रमेश हमालले प्रधानमन्त्री संसदमा उपस्थित हुने विषयमा सभामुखबाट औपचारिक रुलिङको माग गरेका छन्‌ । त्यस्तै राप्रपाकी सचेतक खुश्बु ओलीले कार्यव्यवस्था परामर्श समितिमा भएको समझदारी कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेकी छिन् भने श्रम संस्कृतिका सांसद ध्रुवराज राईले संयमित ढंगले सदन सञ्चालन गर्न र विपक्षी दलको आवाज सुन्न आग्रह गरेका छन्‌ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    ग्यास विस्थापन गर्ने स्पष्ट दीघकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न का“ग्रेसको माग

    मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु पर्नेमा जोड

    ताजा समाचार
    १

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    २

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    ३

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    ४

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    ५

    ग्यास विस्थापन गर्ने स्पष्ट दीघकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न का“ग्रेसको माग

    ६

    मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु पर्नेमा जोड

    ७

    ग्रिल तथा स्टिल व्यवसायी संघको निःशुल्क टिटि खोप कार्यक्रम

    ८

    का“ग्रेसका निवर्तमान सभापति देउवा साउन २८ गते नेपाल फर्किने

    ९

    नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले फेरि सुनुवाइ गर्ने

    १०

    नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली उपयुक्त नहुने धारणा व्यक्त

    समाचार
    थप

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि
    ठेगाना - सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल –dishanirdeshweekly@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट dishanirdeshweekly.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • दिशा निर्देश बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ दिशानिर्देश साप्ताहिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड