• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • दिशा निर्देश बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
August 15, 2026, Saturday, 04:42 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • ५६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • क्रान्तिकारी विचारको स्पर्शको अभाव

  • १६ जेष्ठ २०८३, शनिबार २०:०५
  • फाईल तस्विर

    सामाजिक सञ्जाल


    प्रदीप गिरी
    बीपी कोइरालाको देहावसानपछि काँग्रेसमा विचार र बहसको सिलसिला कुण्ठित हुँदै गयो । वैचारिक कुण्ठाको यस रोगले गर्दा काँग्रेस भूमण्डलीकरणको आँधीमा फसेर निस्तेज हुँदै गयो । काँग्रेसको आत्मचिन्तन पातलिन थाल्यो । कुनै समय नेपाली काँग्रेस आफू समाजवादी पार्टी भएकोमा विशेष गर्व गर्दथ्यो । नेपाली काँग्रेस सोसलिस्ट इन्रनेशनल वा अन्तर्राष्ट्रिय समाजवादी संगठनको सम्मानित सदस्य थियो । तिनताका सिंगो एसियामा समाजवादको लहर चलेको थियो । एसियाली समाजवादी सम्मेलनको तयारी एवं आयोजनामा समेत काँग्रेसले गतिलो भूमिका खेलेको थियो । एसियाली समाजवादी सम्मेलन सन् १९५३ मा रंगुनमा र १९५६ मा बम्बईमा भएका थिए । नेपाली काँग्रेस त्यस्ता सबै सम्मेलनमा सहभागी भएको थियो । नेपालले स्वयम् पनि काठमाडौंमा यस्तो सम्मेलनको आयोजना गरेको थियो । प्रथम जननिर्वाचित प्रधानमन्त्रीको रुपमा बीपी कोइरालाले तत्कालीन परिस्थितिको हिसाबले अत्यन्त क्रान्तिकारी कार्यक्रमअघि सार्नुभएको थियो । तर २०४६ पछिका हाम्रा कार्यक्रममा कोइरालाको त्यो क्रान्तिकारी विचारको स्पर्शको अभाव रह्यो । अन्य कुनै कुराभन्दा दातृराष्ट्रहरुको चाहना, बजार अर्थव्यवस्था र निजी करणको दबाबमा फसेर काँग्रेसले लोकप्रिय कदमहरु लिन सकेन ।
    आजको नेपालमा आजै समाजवाद निर्माण गरेर देखाउछु भन्नु कोरा कल्पना मात्र हो । काँग्रेससँग कसैले त्यस्तो आशा गरेको थिएन । त्यो गर्नु पनि परेको थिएन । तर नेपाली काँग्रेसले आमजनताको आधारभूत आवश्यकता परिपूर्तिको विषयमा सम्झौताविहीन कदम चाल्नेछ भन्ने आशा सबैमा थियो । खास गरेर रोजगार, शिक्षा र स्वास्थ्यको विषयमा अनेक काम थिए र छन् । आगामी महाचुनावमा अवश्य पनि यस्ता कुरा उठ्नेछन् । यो चुनाव मुख्यतः संविधान बनाउनका निमित्त सम्पन्न हुँदै छ । तर जनताले त्यो कुरा बुझेको देखिँदैन । आजसम्मको चाँजोपाजो र भावना हेर्दा यो चुनाव पनि दलीय सत्ता संघर्षको रंगमञ्च हुने लक्षण देखिन्छ । चुनावका क्रममा विभिन्न आरोप प्रत्यारोप हुने कुरा निश्चितप्रायः छ । नेपाली काँग्रेसले यसका निमित्त आफूलाई वैचारिक र राजनीतिक रुपमा तयार राख्नुपर्दछ ।
    आज पनि सिंगो मुलुकले काँग्रेसलाई एक मात्र विश्वसनीय लोकतान्त्रिक पार्टीको रुपमा हेरेको छ । जुनसुकै समाजमा पनि राजनीतिमा त्यहाँको मध्यम वर्ग प्रभावशाली रहन्छ । नेपालमा पनि यस्तै छ । नेपालको यस मध्यम वर्गले नेपाली काँग्रेसलाई आप्‌mनो पार्टीको रुपमा हेर्ने गरेको छ । नेपाली काँग्रेसको निमित्त यो अत्यन्त सकारात्मक तथ्य हो । तर यतिले मात्रै पुग्दैन । आप्‌mनो यस वर्गीय आधारलाई चुनावमा प्रेरित र संगठित गर्न काँग्रेसले स्पष्ट विचार र ठोस कार्यक्रम अगाडि सार्नुपर्छ । काँग्रेसका कार्यकर्ताले उच्चकोटिको राजनीतिक विचार र मानसिकताका साथ चुनावमा होमिनुपर्छ ।
    अब एकपटक फेरि मधेसको कुरा झिकौ । आप्‌mनो स्थापना कालदेखि आजसम्म नेपाली काँग्रेसको शक्तिको मुख्य केन्द्र मधेस रहेको छ । अहिले पनि नेपाली काँग्रेसमा मधेसीमूलका नेता र कार्यकर्ताहरुको विशाल संख्यात्मक उपस्थिति छ । तर राजनीतिमा सदासर्वदा संख्यातन्त्र हावी भइरहदैन । सानो राजनीतिक आँधीको अगाडि नै विशाल संख्याको बल हतप्रत हुन पुग्छ । मधेसमा काँग्रेसको हकमा यस्तो नेहाला र हुने छैन भनेर विश्वास व्यक्त गर्न सकिन्छ । तर काँग्रेसले मधेसलाई सम्बोधन गरेर भन्नुपर्ने कुरा अनेक छन् । आप्‌mना कुरालाई काँग्रेसले स्पष्ट एवं जोडदार रुपमा भन्न सकेन भने काँग्रेसलाई अप्ठेरो हुने पक्का छ । मधेसवादी शक्तिले अवश्य पनि आप्‌mनै किसिमले चुनौति दिनेछन् ।
    नेपाली काँग्रेसका कार्यकर्ताले त्यसका विरुद्ध मुकाबला गर्ने तयारी गर्नुपर्छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    लगानीमा फाईदा दिलाउने

    परम्परालाई अगाडी बढाउने चाहना

    जायज संघर्षको पक्षमा नैतिक समर्थन

    मुख्य लगानीकर्ता फ्रान्स

    आर्थिक विकासमा पहिले उत्पादनको कार्य

    सरकारका नीति तथा कार्यक्रम सफल बनाउन

    ताजा समाचार
    १

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    २

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    ३

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    ४

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    ५

    ग्यास विस्थापन गर्ने स्पष्ट दीघकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न का“ग्रेसको माग

    ६

    मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु पर्नेमा जोड

    ७

    ग्रिल तथा स्टिल व्यवसायी संघको निःशुल्क टिटि खोप कार्यक्रम

    ८

    का“ग्रेसका निवर्तमान सभापति देउवा साउन २८ गते नेपाल फर्किने

    ९

    नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले फेरि सुनुवाइ गर्ने

    १०

    नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली उपयुक्त नहुने धारणा व्यक्त

    समाचार
    थप

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि
    ठेगाना - सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल –dishanirdeshweekly@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट dishanirdeshweekly.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • दिशा निर्देश बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ दिशानिर्देश साप्ताहिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड