
प्रदीप गिरी
बीपी कोइरालाको देहावसानपछि काँग्रेसमा विचार र बहसको सिलसिला कुण्ठित हुँदै गयो । वैचारिक कुण्ठाको यस रोगले गर्दा काँग्रेस भूमण्डलीकरणको आँधीमा फसेर निस्तेज हुँदै गयो । काँग्रेसको आत्मचिन्तन पातलिन थाल्यो । कुनै समय नेपाली काँग्रेस आफू समाजवादी पार्टी भएकोमा विशेष गर्व गर्दथ्यो । नेपाली काँग्रेस सोसलिस्ट इन्रनेशनल वा अन्तर्राष्ट्रिय समाजवादी संगठनको सम्मानित सदस्य थियो । तिनताका सिंगो एसियामा समाजवादको लहर चलेको थियो । एसियाली समाजवादी सम्मेलनको तयारी एवं आयोजनामा समेत काँग्रेसले गतिलो भूमिका खेलेको थियो । एसियाली समाजवादी सम्मेलन सन् १९५३ मा रंगुनमा र १९५६ मा बम्बईमा भएका थिए । नेपाली काँग्रेस त्यस्ता सबै सम्मेलनमा सहभागी भएको थियो । नेपालले स्वयम् पनि काठमाडौंमा यस्तो सम्मेलनको आयोजना गरेको थियो । प्रथम जननिर्वाचित प्रधानमन्त्रीको रुपमा बीपी कोइरालाले तत्कालीन परिस्थितिको हिसाबले अत्यन्त क्रान्तिकारी कार्यक्रमअघि सार्नुभएको थियो । तर २०४६ पछिका हाम्रा कार्यक्रममा कोइरालाको त्यो क्रान्तिकारी विचारको स्पर्शको अभाव रह्यो । अन्य कुनै कुराभन्दा दातृराष्ट्रहरुको चाहना, बजार अर्थव्यवस्था र निजी करणको दबाबमा फसेर काँग्रेसले लोकप्रिय कदमहरु लिन सकेन ।
आजको नेपालमा आजै समाजवाद निर्माण गरेर देखाउछु भन्नु कोरा कल्पना मात्र हो । काँग्रेससँग कसैले त्यस्तो आशा गरेको थिएन । त्यो गर्नु पनि परेको थिएन । तर नेपाली काँग्रेसले आमजनताको आधारभूत आवश्यकता परिपूर्तिको विषयमा सम्झौताविहीन कदम चाल्नेछ भन्ने आशा सबैमा थियो । खास गरेर रोजगार, शिक्षा र स्वास्थ्यको विषयमा अनेक काम थिए र छन् । आगामी महाचुनावमा अवश्य पनि यस्ता कुरा उठ्नेछन् । यो चुनाव मुख्यतः संविधान बनाउनका निमित्त सम्पन्न हुँदै छ । तर जनताले त्यो कुरा बुझेको देखिँदैन । आजसम्मको चाँजोपाजो र भावना हेर्दा यो चुनाव पनि दलीय सत्ता संघर्षको रंगमञ्च हुने लक्षण देखिन्छ । चुनावका क्रममा विभिन्न आरोप प्रत्यारोप हुने कुरा निश्चितप्रायः छ । नेपाली काँग्रेसले यसका निमित्त आफूलाई वैचारिक र राजनीतिक रुपमा तयार राख्नुपर्दछ ।
आज पनि सिंगो मुलुकले काँग्रेसलाई एक मात्र विश्वसनीय लोकतान्त्रिक पार्टीको रुपमा हेरेको छ । जुनसुकै समाजमा पनि राजनीतिमा त्यहाँको मध्यम वर्ग प्रभावशाली रहन्छ । नेपालमा पनि यस्तै छ । नेपालको यस मध्यम वर्गले नेपाली काँग्रेसलाई आप्mनो पार्टीको रुपमा हेर्ने गरेको छ । नेपाली काँग्रेसको निमित्त यो अत्यन्त सकारात्मक तथ्य हो । तर यतिले मात्रै पुग्दैन । आप्mनो यस वर्गीय आधारलाई चुनावमा प्रेरित र संगठित गर्न काँग्रेसले स्पष्ट विचार र ठोस कार्यक्रम अगाडि सार्नुपर्छ । काँग्रेसका कार्यकर्ताले उच्चकोटिको राजनीतिक विचार र मानसिकताका साथ चुनावमा होमिनुपर्छ ।
अब एकपटक फेरि मधेसको कुरा झिकौ । आप्mनो स्थापना कालदेखि आजसम्म नेपाली काँग्रेसको शक्तिको मुख्य केन्द्र मधेस रहेको छ । अहिले पनि नेपाली काँग्रेसमा मधेसीमूलका नेता र कार्यकर्ताहरुको विशाल संख्यात्मक उपस्थिति छ । तर राजनीतिमा सदासर्वदा संख्यातन्त्र हावी भइरहदैन । सानो राजनीतिक आँधीको अगाडि नै विशाल संख्याको बल हतप्रत हुन पुग्छ । मधेसमा काँग्रेसको हकमा यस्तो नेहाला र हुने छैन भनेर विश्वास व्यक्त गर्न सकिन्छ । तर काँग्रेसले मधेसलाई सम्बोधन गरेर भन्नुपर्ने कुरा अनेक छन् । आप्mना कुरालाई काँग्रेसले स्पष्ट एवं जोडदार रुपमा भन्न सकेन भने काँग्रेसलाई अप्ठेरो हुने पक्का छ । मधेसवादी शक्तिले अवश्य पनि आप्mनै किसिमले चुनौति दिनेछन् ।
नेपाली काँग्रेसका कार्यकर्ताले त्यसका विरुद्ध मुकाबला गर्ने तयारी गर्नुपर्छ ।









