• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • दिशा निर्देश बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
August 14, 2026, Friday, 01:24 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  मुख्य समाचार
  • ४० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • उज्यालो पार्टीलाई थप बलियो र देशव्यापी बनाएर लगिने

  • ३० जेष्ठ २०८३, शनिबार २०:०७
  • फाईल तस्विर

    सामाजिक सञ्जाल


    काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले चुनावको परिणामलाई लिएर आफूहरुले हार नमानेको बताएका छन्‌ । काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष घिसिङले चुनावमा सोचे जस्तो परिणाम नआए पनि हार नमानेको भन्दै पार्टीलाई थप बलियो र देशव्यापी बनाएर लैजाने बताएका छन्‌ । उनले पछिल्लो निर्वाचन आफूहरुका लागि अनुभव र सिकाइ भएकाले यो सफलताका लागि पहिलो खुट्किलो भएको बताएका छन्‌ । जनताको विश्वास र माया आफूहरुले नगुमाएको भन्दै उनले आगामी दिनमा जनताको विश्वासलाई नै शक्तिमा परिणत गर्ने बताएका छन्‌ । उनले सदस्यता वितरण गर्नका लागि अभियानको रूपमा नै अघि बढ्न नेता–कार्यकर्तालाई निर्देशन दिएका छन्‌ । यसैबीच नेपाली कांग्रेसका पूर्वउपसभापति बिमलेन्द्र निधिले नेपाली कांग्रेसको १५ औं महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न पार्टीका सबै पक्षबीच एकता हुन आवश्यक रहेको बताएका छन्‌ । नेपाली कांग्रेसका देउवा पक्षले जनकपुरधाममा आयोजना गरेको मधेश प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वउपसभापतिसमेत रहेका नेता निधिले कांग्रेसमा पक्ष विपक्षबीच एकता हुन आवश्यक रहेकोमा जोड दिएका छन्‌ । उनले १५ औं महाधिवेशनका निम्ति विशेष महाधिवेशन पक्षधर र सो अधिवेशनमा भाग नलिएकाहरुबीच एकता हुनुपर्ने उल्लेख गरेका छन्‌ । पार्टी भित्र गुट उपगुट, पक्ष बिपक्ष गर्नुको साटो एकताको माध्यमबाट दुबै पक्ष मिलेर जानुपर्नेमा नेता निधिले जोड दिएका छन्‌ । नेता निधिले महाधिवेशनका निम्ति क्रियाशिल सदस्यता आवश्यक भएतापनि एकतर्फी रुपमा नामावली तयार गर्नु अनुचित रहेको धारणा राखेका छन्‌ । उनले विगतमा क्रियाशिल सदस्यताको नामावली तयार भइसकेकोले सोही नामावलीलाई नै मान्यता दिनुपर्ने बताएका छन्‌ । क्रियाशिल सदस्यता नविकरणको नाममा अहिले पार्टीका एक पक्षले धाँधली गर्ने दुराशयका साथ अद्य्यावधिक गर्दै हिँडेको गुनासो गरेका छन्‌ । त्यसैगरी काठमाडौँमा प्रशिक्षार्थी चिकित्सकहरूले ७ बुँदे माग राख्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्‌ । उनीहरूले श्रम ऐनअनुसार दैनिक अधिकतम १२ घण्टा र साप्ताहिक ७२ घण्टाभन्दा बढी ड्युटी गर्न नपर्ने व्यवस्था, सातामा एक दिन अनिवार्य बिदा तथा अतिरिक्त समय काम गरेबापत भत्ता उपलब्ध गराउन माग गरेका छन्‌ । प्रदर्शनकारीले महिला प्रशिक्षार्थी चिकित्सकलाई तलबसहितको सुत्केरी बिदा, आवासीय चिकित्सकलाई बढेको तलब कार्यान्वयन, इन्टर्न चिकित्सकलाई अधिकृत छैटौँ तहसरह तलब तथा श्रम शोषण अनुगमनका लागि अधिकारसम्पन्न समिति गठन गर्नुपर्ने माग गरेका छन्‌ । यस्तै, आवासीय चिकित्सकले अध्ययन बीचमै छोड्नुपरे लाग्ने उच्च जरिवाना घटाउन, रिक्त सिट व्यवस्थापन गर्न तथा एमबीबीएस/बीडीएसपछि एमडी/एमएस/एमडीएस अध्ययनका लागि राखिएको एक वर्षे अनिवार्य कार्यअनुभवको प्रावधान खारेज गर्न पनि उनीहरूले सरकारसँग माग गरेका छन्‌ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    ग्यास विस्थापन गर्ने स्पष्ट दीघकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न का“ग्रेसको माग

    मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु पर्नेमा जोड

    ताजा समाचार
    १

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    २

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    ३

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    ४

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    ५

    ग्यास विस्थापन गर्ने स्पष्ट दीघकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न का“ग्रेसको माग

    ६

    मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु पर्नेमा जोड

    ७

    ग्रिल तथा स्टिल व्यवसायी संघको निःशुल्क टिटि खोप कार्यक्रम

    ८

    का“ग्रेसका निवर्तमान सभापति देउवा साउन २८ गते नेपाल फर्किने

    ९

    नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले फेरि सुनुवाइ गर्ने

    १०

    नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली उपयुक्त नहुने धारणा व्यक्त

    समाचार
    थप

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि
    ठेगाना - सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल –dishanirdeshweekly@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट dishanirdeshweekly.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • दिशा निर्देश बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ दिशानिर्देश साप्ताहिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड