• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • दिशा निर्देश बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
November 23, 2026, Monday, 05:58 PM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  मुख्य समाचार
  • ३३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै तयारीमा जुट्न कार्यकर्तास“ग आग्रह

  • ४ मंसिर २०८३, बिहीबार १८:५३
  • फाईल तस्विर

    सामाजिक सञ्जाल


    काठमाडौं । पूर्वराष्ट्रपति एवं एमाले वरिष्ठ नेता विद्यादेवी भण्डारीले एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण नगर्ने भन्दै पार्टीका नेता तथा कार्यकर्तालाई निराश नहुन आग्रह गरेकी छन्‌ । बबरमहलमा जारी राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भण्डारीले गत फागुन २१ गतेको निर्वाचनमा पार्टीले व्यहोरेको हारलाई अस्थायी धक्काको संज्ञा दिँदै कमजोरी सच्याएर नयाँ ऊर्जा र आत्मविश्वासका साथ अघि बढ्नुपर्ने बताइन्‌ । उनले विगतमा पनि कम्युनिष्ट आन्दोलनले विभिन्न चुनौती सामना गरेको स्मरण गर्दै अहिलेको परिस्थितिबाट पाठ सिकेर संगठनलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिइन्‌ । भण्डारीले आगामी स्थानीय तहलगायत निर्वाचनलाई लक्षित गर्दै अहिलेदेखि नै तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गरिन्‌ । जनताको विश्वास नै पार्टीको सबैभन्दा ठूलो राजनीतिक पुँजी भएको उल्लेख गर्दै विचार, व्यवहार र कार्यशैली सुधारमार्फत जनताको विश्वास जित्नुपर्ने उनको भनाइ छ । यसैबीच गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा आयोजित विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी भएर स्वदेश फर्किएका छन्‌ । गुरुङ कात्तिक २७ गते साँझ यूएई सरकारको निमन्त्रणामा विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन दुबई प्रस्थान गरेका थिए । कात्तिक ३० देखि मंसिर २ गतेसम्म सञ्चालन भएको सम्मेलनमा विश्वभरका प्रहरी अधिकारी, सुरक्षा निकायका प्रतिनिधि तथा विज्ञहरू सहभागी थिए । सम्मेलनको मुख्य विषय ‘कनेक्टेड फर इम्प्याक्ट : युनाइटिङ ग्लोबल पुलिसिङ टु सेफगार्ड फ्युचर जेनेरेसन्स’ रहेको थियो । सम्मेलनमा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग, साइबर अपराध तथा डिजिटल ठगी नियन्त्रण, वित्तीय अपराध, लागूऔषध कारोबार, मानव तस्करी, सीमा सुरक्षा, आधुनिक अनुसन्धान प्रविधि र अन्तर्राष्ट्रिय प्रहरी सहकार्य लगायत विषयमा छलफल भएको थियो । भ्रमणका क्रममा गृहमन्त्री गुरुङले यूएईका उपप्रधानमन्त्री तथा गृहमन्त्री शेख सैफ बिन जायद अल नाह्यानसँग भेटवार्ता गरेका थिए । गृहमन्त्रीको सचिवालयका अनुसार बूढीगण्डकी जलविद्युत् आयोजनामा यूएईको सम्भावित लगानीका विषयमा समेत छलफल भएको थियो । भ्रमणका क्रममा गुरुङले यूएईमा रहेका नेपाली श्रमिकका समस्या र उनीहरूमाथि हुने ठगीका विषयलाई पनि चासो दिएका थिए । दुबईमा नेपालीले नै नेपालीलाई ठगी गर्ने गरेको गुनासो आएपछि त्यस्ता व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउन उनले नेपाली दूतावास तथा सम्बन्धित अधिकारीलाई निर्देशन दिएका थिए । त्यस्तै, यूएईको जेबेल अली क्षेत्रमा अलपत्र परेका नेपाली श्रमिकलाई उद्धार गरी स्वदेश फर्काउने विषयमा पनि उनले चासो देखाएका थिए । श्रमिकहरूले आफूहरूलाई वैदेशिक रोजगारीमा पठाउने म्यानपावर कम्पनीले बढी रकम असुलेको र सम्झौताअनुसार काम तथा सुविधा नदिएको गुनासो गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    प्रधानमन्त्री शाहलाई भारतका उद्योग राज्यमन्त्री जितिन प्रसादद्वारा स्वागत

    जुवाडे पक्राउ

    गा“जासहित भारतीय पक्राउ

    प्रमुख प्रतिपक्षी दल र विषयविज्ञस“ग परामर्श नगरेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त

    तातोपानी नाका यथाशक्य छिटो खुलाउन चिनिया“ पक्षस“ग अनुरोध

    प्रतिष्पर्धी दरमा दैनिक १७ घण्टासम्म विद्युत आयात गर्न प्राधिकरणलाई अनुमति

    ताजा समाचार
    १

    प्रधानमन्त्री शाहलाई भारतका उद्योग राज्यमन्त्री जितिन प्रसादद्वारा स्वागत

    २

    ॅसारथी’को ट्रेलर सार्वजनिक

    ३

    सिटिजन्स बैंकको सुपर ५० योजना

    ४

    ढुंगा छुन सकिन्थ्यो

    ५

    माओवादीका कार्यकर्ताहरुस“ग अहोरात्र उठबस

    ६

    राम्रा कामहरुलाई सम्पन्न गर्ने हाम्रा इरादा

    ७

    चुनावमा उठ्न नदिने परिस्थिती सिर्जना

    ८

    जुवाडे पक्राउ

    ९

    गा“जासहित भारतीय पक्राउ

    १०

    प्रमुख प्रतिपक्षी दल र विषयविज्ञस“ग परामर्श नगरेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त

    समाचार
    थप

    प्रधानमन्त्री शाहलाई भारतका उद्योग राज्यमन्त्री जितिन प्रसादद्वारा स्वागत

    जुवाडे पक्राउ

    गा“जासहित भारतीय पक्राउ

    प्रमुख प्रतिपक्षी दल र विषयविज्ञस“ग परामर्श नगरेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि
    ठेगाना - सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल –dishanirdeshweekly@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट dishanirdeshweekly.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • दिशा निर्देश बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ दिशानिर्देश साप्ताहिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड