• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • दिशा निर्देश बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 07, 2026, Wednesday, 03:43 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  मुख्य समाचार
  • २१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित क्षेत्रमा पुनर्स्थापनाको कामलाई तीव्रता दिने सरकारको तयारी

  • २० आश्विन २०८३, मंगलवार ०८:२६
  • फाईल तस्विर

    सामाजिक सञ्जाल


    काठमाडौं । सरकारले अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीपछि जारी खोज तथा उद्धार कार्य हालका लागि स्थगित गर्ने निर्णय गरेको छ । अब प्रभावित क्षेत्रमा पुनर्निर्माण तथा पुनर्स्थापनाको कामलाई तीव्रता दिने सरकारको तयारी छ । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकले अत्यावश्यक खोज तथा उद्धारसँगै पुनर्निर्माण र पुनर्स्थापनाको काम अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको हो । जिल्ला सुरक्षा समिति, जिल्ला विपद् व्यवस्थापन समिति, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समिति तथा स्थलगत अवलोकनबाट प्राप्त सिफारिसका आधारमा खोज तथा उद्धार कार्य स्थगित गर्ने निर्णय गरिएको जनाइएको छ । त्यसैगरी मेलमिलापसम्बन्धी ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयकमा प्रधानन्यायाधीशले जिल्ला न्यायाधीशलाई मेलमिलापको जिम्मेवारी दिने व्यवस्था संविधानको धारा १५० विपरीत हुने भन्दै सांसदहरूले उक्त व्यवस्था हटाउन माग गरेका छन्‌ । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरूले संविधानसँग बाझिने व्यवस्था विधेयकमा राख्न नहुनेमा जोड दिएका हुन्‌ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मेलमिलापको काम पनि न्यायिक भएकाले जिल्ला न्यायाधीशलाई मेलमिलापकर्ताको भूमिका दिने गरी विधेयकमा प्रस्ताव गरिएको बताइन्‌ । विधेयकमा स्नातक गरेका मानिस उपलब्ध नभएका दुर्गम क्षेत्रका वडामा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्णलाई मेलमिलापकर्ता बनाउने व्यवस्था गरिएको उनले जानकारी दिइन्‌ । बैठकमा मधुकुमार चौलागाईं, मनिष खनाल, सुलभ खरेल, साजिदा खातुन सिद्धिकीलगायत सांसदले संविधानसँग बाझिने गरी जिल्ला न्यायाधीशलाई मेलमिलापकर्ताको भूमिकामा राख्न नहुने बताएका छन्‌ । त्यस्तै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतन्त्रको केन्द्रमा ‘मान्छेको मूल्य’ हुनुपर्ने बताएका छन्‌ । कांग्रेसको १५औँ महाधिवेशनका लागि प्रस्तुत प्रतिवेदनमा उनले निर्वाचनमा प्राप्त हुने ‘मान्छेको भोट’ भन्दा नागरिकको जीवन र मानवीय मूल्यलाई प्रधान मान्नुपर्ने उल्लेख गरेका हुन्‌ । शर्माले लोकतान्त्रिक संस्कृतिमा ‘मान्छेको मूल्य’ अनमोल हुने भन्दै अस्थायी ‘भोट’का लागि स्थायी रूपमा मानिसको अवमूल्यन गर्नु कुनै पनि दृष्टिले जायज नहुने बताएका छन्‌ । उनले लोकतन्त्रलाई केवल निर्वाचन हुने र निर्वाचनबाट सरकारको नेतृत्व चयन हुने प्रक्रियाका रूपमा मात्र बुझ्न नहुने बताएका छन्‌ । लोकतान्त्रिक संस्कृतिमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था पनि उत्तिकै महत्वपूर्ण हुने उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    न्यायपरिषद्द्वारा सर्वोच्च अदालतका लागि चारजना न्यायाधीशको नाम सिफारिस

    लोकतन्त्रको आडमा विधि र मूल्यमान्यता भत्काउने काम भए देश अप्ठ्यारोमा पर्ने चेतावनी

    सवारी दुर्घट्नामा निधन

    गा“जासहित मुख्तर पक्राउ

    शिक्षा व्यक्तिको ज्ञान, विवेक तथा चरित्र विकास गर्ने सशक्त माध्यम भएको जिकीर

    प्रधानमन्त्री शाह र नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलबीच भेटवार्ता

    ताजा समाचार
    १

    न्यायपरिषद्द्वारा सर्वोच्च अदालतका लागि चारजना न्यायाधीशको नाम सिफारिस

    २

    भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित क्षेत्रमा पुनर्स्थापनाको कामलाई तीव्रता दिने सरकारको तयारी

    ३

    लोकतन्त्रको आडमा विधि र मूल्यमान्यता भत्काउने काम भए देश अप्ठ्यारोमा पर्ने चेतावनी

    ४

    ॅ१२ गाउँ २’ असोज ३० बाट

    ५

    सवारी दुर्घट्नामा निधन

    ६

    गा“जासहित मुख्तर पक्राउ

    ७

    शिक्षा व्यक्तिको ज्ञान, विवेक तथा चरित्र विकास गर्ने सशक्त माध्यम भएको जिकीर

    ८

    प्रधानमन्त्री शाह र नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलबीच भेटवार्ता

    ९

    औषधी तथा खाद्य नियमनमा रहेको दोहोरोपन र जिम्मेवारीको अस्पष्टतालाई व्यवस्थित गर्नुपर्ने धारणा व्यक्त

    १०

    तलबको प्रलोभनमा ठगी

    समाचार
    थप

    न्यायपरिषद्द्वारा सर्वोच्च अदालतका लागि चारजना न्यायाधीशको नाम सिफारिस

    भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित क्षेत्रमा पुनर्स्थापनाको कामलाई तीव्रता दिने सरकारको तयारी

    लोकतन्त्रको आडमा विधि र मूल्यमान्यता भत्काउने काम भए देश अप्ठ्यारोमा पर्ने चेतावनी

    सवारी दुर्घट्नामा निधन

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि
    ठेगाना - सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल –dishanirdeshweekly@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट dishanirdeshweekly.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • दिशा निर्देश बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ दिशानिर्देश साप्ताहिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड