• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • दिशा निर्देश बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 02, 2026, Friday, 03:46 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  मुख्य समाचार
  • १८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • प्रधानमन्त्री शाह र नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलबीच भेटवार्ता

  • १५ आश्विन २०८३, बिहीबार १९:२७
  • फाईल तस्विर

    सामाजिक सञ्जाल


    काठमाडौं । राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति गठन गरेको छ । बिहीबार बसेको बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभा नियमावली,२०७५ को नियम १६७ बमोजिम एक सदस्य पछि थप गर्नेगरी ९ सदस्यीय भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति गठन गरेको जानकारी दिएका छन्‌ । समितिको सदस्यमा कृष्ण प्रसाद पौडेल, गीता देवकोटा, घनश्याम रिजाल, श्रीकृष्ण प्रसाद अधिकारी, सम्झना देवकोटा, सोमनाथ पोर्तेल, पुजा चौधरी र तुल प्रसाद विश्वकर्मा रहेका छन्‌ । विपद् प्रभावितलाई पुनर्स्थापना एवम् भौतिक संरचनाको पुनर्निर्माण, जोखिम न्यूनीकरण र जलवायु न्यायको लागि मार्गचित्र सिफारिस गर्नका लागि विपद् सम्बन्धमा सबै पक्षको अध्ययन गरी राष्ट्रिय सभामा प्रतिवेदन पेश गर्ने गरि विशेष समिति गठन गरिएको अध्यक्ष दाहालले जानकारी दिएका छन्‌ । यसैबीच प्रधानमन्त्री बालेन्द्र शाह र नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्ता करिब एक घण्टा चलेको छ । भेटमा मुलुकको समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय सुरक्षा तथा पछिल्लो सुरक्षा परिस्थिति लगायतका विषयमा छलफल भएको बताइएको छ । प्रधानमन्त्री र प्रधानसेनापतिबीच नियमित उच्चस्तरीय भेटका क्रममा सुरक्षा चुनौती, मुलुकको समग्र अवस्था लगायतका विषयमा छलफल भएको स्रोतले जनाएको छ । यद्यपि, भेटवार्तामा उठेका विषय तथा छलफलको निष्कर्षबारे प्रधानमन्त्रीको सचिवालय वा नेपाली सेनाले विस्तृत जानकारी सार्वजनिक गरेको छैन । त्यसैगरी निजामती सेवाका लागि भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सरकारी सेवाबाट बर्खास्त गरिएको वा विदेशी मुलुकको स्थायी आवासीय अनुमति प्राप्त गरेको व्यक्ति अयोग्य ठहरिने उल्लेख गरिएको छ । प्रस्तावित सङ्घीय निजामती सेवा ऐन, २०८३ मा यस्तो प्रावधान राखिएको छ । विधेयकको दफा १८ (२) (क), (ख)र (ग) मा निजामती सेवाको लागि ‘बहुविवाह’ गर्ने व्यक्ति, सरकारी सेवाबाट बर्खास्त गरिएको व्यक्ति र पीआर वा ग्रीन कार्ड लिएका व्यक्ति योग्य नहुने उल्लेख गरिएको छ । यस्तै, संघीय निजामती सेवाको पदमा उम्मेदवार हुनका लागि उमेर हद र योग्यता पनि तोकिएको छ । राजपत्र अनङ्कित पदका लागि १८ वर्ष र राजपत्राङ्कित पदका लागि २१ वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था गरिएको छ । पुरुष उम्मेदवारको हकमा ३५ वर्ष र महिला उम्मेदवारको हकमा ४० वर्ष उमेर पूरा नभएको तथा भूतपूर्व सैनिक वा प्रहरी नियुक्ति हुने भनी तोकिएको संघीय निजामती सेवाको पदमा चालिस वर्ष ननाघेको व्यक्ति उम्मेदवार हुन सक्ने उल्लेख गरिएको छ । यस्तै, अधिकृत नवौँ र अधिकृत एघारौँ तहको पदका लागि हुने खुला प्रतियोगितामा पैँतालीस वर्ष ननाघेको व्यक्ति उम्मेदवार हुन सक्नेछन् भने अपाङ्गता भएको व्यक्ति चालिस वर्षसम्म उम्मेदवार हुन सक्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    औषधी तथा खाद्य नियमनमा रहेको दोहोरोपन र जिम्मेवारीको अस्पष्टतालाई व्यवस्थित गर्नुपर्ने धारणा व्यक्त

    तलबको प्रलोभनमा ठगी

    पूर्वप्रधानन्यायाधीश जबरालाई सुरक्षा प्रदान गर्न उद्धार गरिएको जिकीर

    करेन्ट लागेर गुरुङको निधन

    बाढीपहिरोका कारण जलविद्युत प्रणालीमा ठूलो असर परेको उल्लेख

    एकनाले भरुवा बन्दुक बरामद

    ताजा समाचार
    १

    प्रधानमन्त्री शाह र नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलबीच भेटवार्ता

    २

    औषधी तथा खाद्य नियमनमा रहेको दोहोरोपन र जिम्मेवारीको अस्पष्टतालाई व्यवस्थित गर्नुपर्ने धारणा व्यक्त

    ३

    तलबको प्रलोभनमा ठगी

    ४

    पूर्वप्रधानन्यायाधीश जबरालाई सुरक्षा प्रदान गर्न उद्धार गरिएको जिकीर

    ५

    करेन्ट लागेर गुरुङको निधन

    ६

    बाढीपहिरोका कारण जलविद्युत प्रणालीमा ठूलो असर परेको उल्लेख

    ७

    एकनाले भरुवा बन्दुक बरामद

    ८

    सवारी चाप अत्यधिक बढेपछि आवतजावतका लागि नया“ समयतालिका लागू

    ९

    वर्षाबाट छायांकन प्रभावित

    १०

    देश ऋणको पासोमा पर्ने सम्भावना बढ्दै

    समाचार
    थप

    प्रधानमन्त्री शाह र नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलबीच भेटवार्ता

    औषधी तथा खाद्य नियमनमा रहेको दोहोरोपन र जिम्मेवारीको अस्पष्टतालाई व्यवस्थित गर्नुपर्ने धारणा व्यक्त

    तलबको प्रलोभनमा ठगी

    पूर्वप्रधानन्यायाधीश जबरालाई सुरक्षा प्रदान गर्न उद्धार गरिएको जिकीर

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि
    ठेगाना - सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल –dishanirdeshweekly@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट dishanirdeshweekly.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • दिशा निर्देश बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ दिशानिर्देश साप्ताहिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड