
–आदर्शनारायण सापकोटा–
२०५६ को अन्तिमताका प्रधानमन्त्रीको पद सम्हाल्दा उहाँले आफ्ना प्राथमिकताहरुमा माओवादीसमस्याको समाधान, प्रशासन यन्त्रमा सुधार र भ्रष्टाचार नियन्त्रणलाई राख्नुभएको थियो ।
माओवादी हिंसा–प्रतिहिंसाबाट ग्रस्त मुलुकलाई दृढ इच्छाशक्रि भएका कोइरालाले सम्हाल्न सक्नुभएन भने देशले अरु ठूलो संकट भोग्नुपर्छ भन्थे राजनीतिक विश्लेषक र सचेतकहरु ।
प्रधानमन्त्री कोइरालाले शहरी क्षेत्रका सुविधासम्पन्न वर्ग र बौद्धिक बहसमा विश्वास गर्ने बुद्धिजीवीहरु माझ जति धेरै लोकप्रिय हुनुहुन्थ्यो, त्यो नै ग्रामीण क्षेत्रका गरिब र निम्न मध्यमवर्गीयबीच । २०५७ ताका ती सबै पनि कोइरालाबाट केही हुने आस गर्न बाध्य भएका थिए ।
माओवादी जनयुद्धका नाउँमा देशका केही जिल्लाहरुमा सल्किउको हिंसा र अशानितको डढेलो निभाउनु प्रधानमन्त्री कोइरालाको निमित ठोस चुनौती थियो । माओवादी समस्या राजधानी र केही शहरमा बसेर अनुमान र अनुभव गरिएभन्दा निकै गम्भरिु भइसकेको थियो ।
मुलुकको अर्थतन्त्र संयोगवश प्रकृतिले साथ दिएका कारण मात्र धानिदै थियो । विगत राजनीतक अन्योल र माओवादी हिंसालगायतका कारण जानुक बन्दै गएको शान्ति–सुरक्षा आदि कारणले देशमा नयाँ लगानी हुने वातावरण समाप्त भएको थियो । यस्तो अवस्थामा सरकारको नेतृत्व गर्नुभएको थियो कोइरालाले, जसको आफ्नो पार्टीभित्र पनि विपक्षका रुपमा शेरबहादुर देउवा देखिनुभएको थियो ।
नौ महिनापछि आफ्नो सरकारको मूल्याङ्कन गर्दै कोइरालाले हिमाल खबर पत्रिकालाई दिनुभएको अर्न्तवार्तामा भन्नुभएको थियो – प्रधानमन्त्री हुँदा मैले तीनवटा कुरा गर्छु भनेर आएको थिएँ – शान्ति, सुरक्षा, भ्रष्टाचारको अन्त्य र सुशासन । जहाँसम्म शान्ति–सुरक्षाको कुरा हो, पाँच वर्षअघिदेखि नै हत्या –आतंकको राजनीति सुरु भएको हो । जो बढ्दै आज यो स्थितिमा आइ पुगेको छ । यो समयस्यालाई ३ किसिमबाट समाधान गर्नुपर्छ भनेर त्यसका निम्ति अहिले आधारभूत तयारी भएको छ । पहिलो त माओवादी भनाउँदाहरुलाई जनताबाट पोलीटिकलल्ली आइसोलेट गर्न संविधान र प्रजातन्त्रमा आस्था राख्ने राजनीतिक पार्टीहरुलाई एक सूत्रमा ल्याएर हत्याहिंसा विरुद्ध अभियान चलाउँदै छौं ।









