• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • दिशा निर्देश बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
November 16, 2026, Monday, 07:08 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • ९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • नेपालमा जनताको सरकार कायम भएपछि

  • २९ कार्तिक २०८३, शनिबार १९:३४
  • फाईल तस्विर

    सामाजिक सञ्जाल


    – अर्जुननरसिंह के.सी. –
    नेपालका सबै जनता आर्थिक दृष्टिले जमिनसित सम्बन्धित भएकोले र आफू नेपालका समस्त जनताको प्रतिनिधि भएकोले नेपाली काँग्रेस आफूलाई किसानहरु वा खेतमा काम गर्नेहरुको एकमात्र प्रतिनिधि र हितैषि ठान्दछ ।
    नेपालमा ठूला ठूला उद्योगधन्दा र ठूला मिल कारखानाको हाल विकास भएको छैन । यस अवस्थामा नेपाली काँग्रेसलाई यस विषयमा आफ्‌नो स्पष्ट नीतिको निश्चय गर्न सजिलो छ । नेपालमा उद्योग धन्दाको क्षेत्रमा ऐलेसम्म निहीत स्वार्थ को निर्माण भइसकेको छैन । नेपाली काँग्रेस विश्वास गर्दछ कि भविष्यमा नेपालमा जनताको सरकार कायम भएपछि देशको औद्योगिकरण सम्पूर्ण भार सरकारले नै लिनु पर्नेछ । नेपालमा जनताको राज्य कायम भएपछि नेपाली काँग्रेसको विचार अनुसार सरकारले वृहत् योजनाको आधारमा देशको औद्योगिकरण गर्नेछ । आफ्‌नो ध्येयको अनुसार नेपाली काँग्रेसले कल कारखाना वा अन्यत्र काम गर्ने मजदुर वा कर्मचारीहरुलाई न्यायोचित र यथेष्ट तलब दिलाउने छ । प्रजातन्त्रको निमित्त लड्ने नेपाली काँग्रेसको निमित्त यो भन्नु आवश्यक छैन कि उसले सबै प्रकारका मजदुरहरुलाई प्रजातन्त्रवादी सिद्धान्तको आधारमा आफ्‌नो संगठन गर्ने वा आफ्‌नो युनियन बनाउने पूर्ण स्वतन्त्रता दिलाउने छ ।
    अचेलको वैज्ञानिक युगमा दुनियाँका सारा राष्ट्र आपसी सम्बन्धले जोडिएका छन्‌ । यसकारण कुनै देशको वैदेशिक नीतिको ठूलो महत्व छ । नेपाली काँग्रेस नेपालको पूर्ण स्वतन्त्रता र सार्वभौमसत्ताको कट्टर रक्षक हुनेछ । नेपालको स्वतन्त्रता र सर्वाभौमसत्ताको रक्षा गरेर मात्र नेपाली काँग्रेस संसारका अरु राष्ट्रसित सन्धि गर्ने कुराको समर्थन गर्नेछ । भारतसित नेपालको अघिदेखि नै धार्मिक, सांस्कृतिक, राजनीतिक र आर्थिक सम्बन्ध हुँदै आएको छ । अतः हामी भारतको सबप्रकारको उन्नती चाहना गर्दै त्यससित घनिष्ट सम्बन्ध कायम राख्ने अभिलाषा गर्दछौ । नेपाल तर्फबाट भारतको अहित कदापि हुनेछैन । भारत र नेपाल एक भौगोलिक सीमामा भएकाले यो दुई देशको बीच कुनै प्रकारको विरोध हुनु लाभप्रद कुरा कदापि हुन्न । हालैमा स्वतन्त्र भएको भारतले पनि नेपालको कुनै प्रकारको कुभलो चिताउला भन्ने हामी कल्पना गर्दैनौ । जहाँसम्म नेपालको स्वतन्त्रता र गौरवमा कुनै प्रकारको कुभलो हुन्न, भारतले नेपालको वर्तमान निरंकुश राणा शासनसित गरेका सन्धिहरु पनि नेपाली काँग्रेसलाई मञ्जुर हुनेछ, नत्र भविष्यमा स्थापित हुने नेपालको प्रजातान्त्रिय सरकारले आफ्‌नो देश र भारतको हितको विचार गर्दै भारतसित नयाँ सन्धि गर्नुपर्नेछ । अरु देशभन्दा नेपालको विशेष घनिष्टता भारतसितै बढी भएकोले प्रजातन्त्र नेपालको अरु देशसित हुने सम्बन्ध भारतकै नीतिको अनुसार हुनेछ ।
    चीनसित पनि नेपालको पुरानो सम्बन्ध छ । हाल चीनमा भएको क्रान्ति जनताबाट नै उठेको ठानेर नेपाली काँग्रेस चीनको नयाँ सरकारप्रति मैत्रीभाव राख्दछ ।
    नेपालमा विदेशीहरुको चाहे सामाजिक, चाहे आर्थिक कुनै प्रकारको हस्तक्षेप नेपाली काँग्रेस मन पराउन्न । नेपालको वर्तमान निरंकुश शासनले आफूलाई अझै कायम राख्न विदेशी शक्तिलाई नेपालभित्र हुलेर सकेसम्मको सहायता लिने नीति अपनाएको देखेर नै नेपाली काँग्रेसले पनि आफ्‌नो नीतिको यो स्पष्ट घोषणा गरेको हो । नेपालमा विदेशी शक्तिको हस्तक्षेपको नेपाली काँग्रेस घोर विरोधी छ ।
    नेपाली काँग्रेसको विचारमा नेपालले संयुक्त राष्ट्र मण्डलको को सदस्यता पाउनु पर्दछ । दुनियाँमा शान्ति कायम राख्ने उद्देश्यले बनाइएका कुनै पनि अन्तराष्ट्रिय परिषद्मा नेपालले सम्मिलित हुने कुराको हामी समर्थक छौ । हाम्रो सम्पूर्ण वैदेशिक नीतिको आधार नै विश्व शान्ति हुनेछ ।
    सामरिक दृष्टिले एशियामा नेपालको ठूलो महत्व भएकाले एशियाली देशहरुको स्वतन्त्रता–संग्रामप्रति हाम्रो निकै ठूलो जवाफदेही छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    म्याट्रिक गरेको मान्छे

    अत्यधिक स्थानमा विजय हासिल

    देशमा नया“ लगानी हुने वातावरण

    उच्च उपाधि प्रदान

    नेपाली का“ग्रेस दोस्रो स्थानमा झर्‍यो

    जनताको आर्थिक उन्नति गरिने

    ताजा समाचार
    १

    छठ पर्वको उपलक्ष्यमा विशेष भेटघाट

    २

    सभामुख डोलप्रसाद अर्याल र का“ग्रेस सभापति थापा छठ पूजामा सहभागी

    ३

    ॅतिलस्मी’को प्रदर्शन पुषमा

    ४

    खाद्यान्न आयात अघिल्लो आर्थिक वर्षको तुलनामा ६३ प्रतिशतले घट्यो

    ५

    म्याट्रिक गरेको मान्छे

    ६

    अत्यधिक स्थानमा विजय हासिल

    ७

    नेपालमा जनताको सरकार कायम भएपछि

    ८

    देशमा नया“ लगानी हुने वातावरण

    ९

    गरगहना तथा नगद चोरी

    १०

    पार्टीको हित र संरक्षणका लागि संघर्ष गर्ने देउवाको अभिव्यक्ति

    समाचार
    थप

    छठ पर्वको उपलक्ष्यमा विशेष भेटघाट

    सभामुख डोलप्रसाद अर्याल र का“ग्रेस सभापति थापा छठ पूजामा सहभागी

    गरगहना तथा नगद चोरी

    पार्टीको हित र संरक्षणका लागि संघर्ष गर्ने देउवाको अभिव्यक्ति

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि
    ठेगाना - सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल –dishanirdeshweekly@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट dishanirdeshweekly.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • दिशा निर्देश बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ दिशानिर्देश साप्ताहिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड