• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • दिशा निर्देश बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
November 23, 2026, Monday, 11:44 PM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  मुख्य समाचार
  • १९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • नेपाल–भारतबिचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ र युगसापेक्ष बनाउनुपर्नेमा जोड

  • ८ मंसिर २०८३, सोमबार १८:५६
  • फाईल तस्विर

    सामाजिक सञ्जाल


    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले शताब्दीऔँ पुरानो नेपाल–भारतबिचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ र युगसापेक्ष बनाउनुपर्नेमा जोड दिएका छन्‌ । भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको द्विपक्षीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा सम्बोधन गर्दै उनले सोही उद्देश्यसहित आफूहरूले द्विपक्षीय सम्बन्धका बहुआयामिक पक्षमा गहन, सार्थक र दूरगामी छलफल गरेको जानकारी दिएका छन्‌ । उनले नेपाल र भारतबिचको सम्बन्ध हिमालझैँ अटल र महासागरझैँ विशाल भएको बताएका छन्‌ । यसैबीच काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी (बाइडाइरेक्सनल) बनाउन नेपाल र भारतीय प्रधानमन्त्रीबिच सहमति भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र समकक्षी नरेन्द्र मोदीबिच बी ३४५ काठमाडौं–भैरहवा–लखनउ हवाई रुट दुईतर्फी बनाउने सहमति भएको हो । यसैबीच सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जाई क्युंगले शिष्टाचार भेट गरेका छन्‌ । सङ्घीय संसद् सचिवालयमा भएको भेटमा सभामुख अर्यालले राजदूत पार्कलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्‌ । त्यस अवसरमा उनले नेपाल र कोरियाबीच सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि सुमधुर सम्बन्ध रही आएको उल्लेख गर्दै कोरिया नेपालको महत्वपूर्ण विकास साझेदार रहेको बताएका छन्‌ । पूर्वाधार, ऊर्जा, सूचना प्रविधि, डिजिटलाइजेसन, व्यापार, पर्यटन तथा लगानीका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिँदै सभामुख अर्यालले नेपाल वायुसेवा निगमको नेपाल–कोरिया उडान सञ्चालनका लागि आवश्यक समन्वय र सहजीकरण गर्न राजदूत समक्ष आग्रह गरेका छन्‌ । नेपालमा बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि कोरियाली सरकारले उपलब्ध गराएको आर्थिक तथा जिन्सी सहयोग तथा कोरियाली विपद् प्रतिकार्य टोली परिचालन गरेकोमा उनले धन्यवाद व्यक्त गरेका छन्‌ । त्यसैगरी कार्यवाहक प्रधानमन्त्री एवं ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले उद्यमशील समाज निर्माण सरकारको प्राथमिकता रहेको बताएका छन्‌ । युवालाई स्वदेशमै उद्यम र व्यवसाय गर्ने वातावरण सिर्जना गर्दै परम्परागत सीपलाई प्रविधि, नवप्रवर्तन र बजारसँग जोड्ने सरकारको लक्ष्य रहेको उनले स्पष्ट पारेका छन्‌ । सञ्चार उद्यमी एवं नेपाल रिपब्लिक मिडियाकी संस्थापक तथा स्टार्टअप समिट नेपाल २०२६ की अध्यक्ष शोभा ज्ञवालीसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्‌ । भेटमा श्रेष्ठले युवा उद्यमशीलतालाई प्राथमिकतामा राखेर सरकारले कार्यक्रम अघि बढाइरहेको जानकारी दिँदै स्थानीय सरकारसँगको सहकार्यमा उद्यमशीलताको वातावरण निर्माण गरिने बताएका छन्‌ । पुर्खाले विकास गरेका सीप र ज्ञानलाई अनुसन्धान, नवप्रवर्तन तथा बजारको मागअनुसार परिमार्जन गरी प्रविधिमैत्री उद्यम विकास गर्नुपर्ने उनको भनाइ थियो । कृषि तथा सिँचाइ क्षेत्रमा समेत उद्यमशीलताको सम्भावना रहेको उल्लेख गर्दै उनले महिला, सीमान्तकृत तथा पछाडि पारिएका समुदायलाई लक्षित सरकारी कार्यक्रमलाई विकास साझेदार र निजी क्षेत्रसँगको सहकार्यमा प्रभावकारी बनाइने बताएका छन्‌ । उनले उद्यमशीलताको विकासका लागि सहुलियतपूर्ण कर्जा, प्रविधिमा पहुँच, बजार विस्तार, लगानी र आवश्यक मार्गदर्शनलाई सरकारले प्राथमिकता दिनुपर्ने बताइन्‌ । विशेषगरी महिला तथा युवा उद्यमीलाई प्रोत्साहन गर्ने नीति र कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिइन्‌ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    प्रधानमन्त्री शाहलाई भारतका उद्योग राज्यमन्त्री जितिन प्रसादद्वारा स्वागत

    जुवाडे पक्राउ

    गा“जासहित भारतीय पक्राउ

    प्रमुख प्रतिपक्षी दल र विषयविज्ञस“ग परामर्श नगरेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त

    आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै तयारीमा जुट्न कार्यकर्तास“ग आग्रह

    तातोपानी नाका यथाशक्य छिटो खुलाउन चिनिया“ पक्षस“ग अनुरोध

    ताजा समाचार
    १

    नेपाल–भारतबिचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ र युगसापेक्ष बनाउनुपर्नेमा जोड

    २

    प्रधानमन्त्री शाहलाई भारतका उद्योग राज्यमन्त्री जितिन प्रसादद्वारा स्वागत

    ३

    ॅसारथी’को ट्रेलर सार्वजनिक

    ४

    सिटिजन्स बैंकको सुपर ५० योजना

    ५

    ढुंगा छुन सकिन्थ्यो

    ६

    माओवादीका कार्यकर्ताहरुस“ग अहोरात्र उठबस

    ७

    राम्रा कामहरुलाई सम्पन्न गर्ने हाम्रा इरादा

    ८

    चुनावमा उठ्न नदिने परिस्थिती सिर्जना

    ९

    जुवाडे पक्राउ

    १०

    गा“जासहित भारतीय पक्राउ

    समाचार
    थप

    नेपाल–भारतबिचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ र युगसापेक्ष बनाउनुपर्नेमा जोड

    प्रधानमन्त्री शाहलाई भारतका उद्योग राज्यमन्त्री जितिन प्रसादद्वारा स्वागत

    जुवाडे पक्राउ

    गा“जासहित भारतीय पक्राउ

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि
    ठेगाना - सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल –dishanirdeshweekly@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट dishanirdeshweekly.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • दिशा निर्देश बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ दिशानिर्देश साप्ताहिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड