• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • दिशा निर्देश बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
November 16, 2026, Monday, 07:15 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  मुख्य समाचार
  • २६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • छठ पर्व मनाउनका लागि काठमाडौका विभिन्न स्थानमा पूजास्थलको निर्माण सुरु

  • २७ कार्तिक २०८३, बिहीबार १८:३१
  • फाईल तस्विर

    सामाजिक सञ्जाल


    काठमाडौं । लोक आस्था, विश्वास र श्रद्धाको पर्वका रूपमा रहेको छठ पर्व मनाउनका लागि काठमाडौं उपत्यकामा पनि तयारी थालिएको छ । गौरीघाट, विष्णुमति, कुपण्डोल लगायत काठमाडौँका विभिन्न स्थानमा पूजास्थलको निर्माण सुरु गरिएको हो । छठ पर्वका अवसरमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गर्ने परम्परा छ । चार दिनसम्म विभिन्न विधि र धार्मिक आस्थाका साथ मनाइने यस पर्वमा व्रतालु नदी, पोखरी तथा जलाशयका किनारमा पुगेर सूर्यको उपासना गर्छन्‌ । सबैभन्दा बढी भक्तजन पुग्ने गौरीघाटमा एकैसाथ ५ सयभन्दा बढी व्रतालुले पूजा गर्न सक्ने गरी घाट निर्माण भइरहेको छ । घाटमा पाल टाँग्ने, बत्तीको व्यवस्था गर्ने, नदी किनार सरसफाइ गर्ने तथा आवश्यक पूर्वाधार तयार पार्ने कार्यलाई तीव्रता दिइएको छ । यस वर्षको छठ पर्वअन्तर्गत कात्तिक २९ गते आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गरिँदैछ भने कात्तिक ३० गते सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व सम्पन्न हुनेछ । विशेषगरी तराई–मधेशमा श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व पछिल्लो समय काठमाडौँ उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा पनि मनाउन थालिएको छ । यसैबीच नेपाल र इस्टोनियाबीच डिजिटल रूपान्तरण तथा विद्युतीय शासनका क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ । कतारको दोहामा आयोजित अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियु) को ‘विश्व दूरसञ्चार नीति मञ्च २०२६’ का क्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना र इस्टोनियाकी न्याय तथा डिजिटल मामिलामन्त्री लिजा पाकोस्टाबीच भेटवार्ता भएको हो । भेटमा डिजिटल सार्वजनिक पूर्वाधार, विद्युतीय शासन प्रणाली, डिजिटल पहिचान, साइबर सुरक्षा तथा संस्थागत क्षमता विकासका क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको बताइएको छ । मन्त्री तिमिल्सिनाले डिजिटल सुशासनमा इस्टोनियाले हासिल गरेको उपलब्धिबाट नेपालले महत्वपूर्ण अनुभव लिन सक्ने बताउँदै सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री, पारदर्शी र नागरिकमैत्री बनाउन सहकार्य आवश्यक रहेको धारणा राखेका छन्‌ । उनले विकसित मुलुकको प्रविधि र ज्ञानबाट विकासोन्मुख तथा अल्पविकसित देशले पनि लाभ लिन पाउनुपर्नेमा जोड दिँदै डिजिटल विभाजन न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताएका छन्‌ । सो अवसरमा इस्टोनियाकी मन्त्री पाकोस्टाले नेपालसँग डिजिटल रूपान्तरण तथा विद्युतीय शासनका क्षेत्रमा ज्ञान, अनुभव र प्रविधि आदानप्रदान गर्दै सहकार्य अघि बढाउन प्रतिबद्धता व्यक्त गरिन्‌ । त्यसैगरी जलवायु परिवर्तनको बढ्दो असरबाट हिमाली क्षेत्रलाई जोगाउन अन्तर्राष्ट्रिय समुदायले तत्काल ठोस कदम चाल्नुपर्ने आवाज नेपालले उठाएको छ । परराष्ट्रमन्त्री शिशिर खनालले हिमालको संरक्षणलाई विश्वव्यापी जलवायु नीतिको प्राथमिकतामा राख्न आग्रह गरेका छन्‌ । टर्कीको अन्ताल्यामा आयोजित उच्चस्तरीय अन्तर्राष्ट्रिय कार्यक्रममा सम्बोधन गर्दै मन्त्री खनालले हिमाली क्षेत्रमा देखिएको वातावरणीय संकट कुनै एक देशको समस्या नभई समग्र मानव सभ्यतासँग जोडिएको विषय भएको धारणा राखेका छन्‌ । नेपालसहित ताजिकिस्तान, किर्गिस्तान, भुटान र पाकिस्तानको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा हिमनदी, हिउँले ढाकिएका क्षेत्र तथा जलवायु परिवर्तनसँग जुध्न आवश्यक रणनीतिबारे छलफल गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    छठ पर्वको उपलक्ष्यमा विशेष भेटघाट

    सभामुख डोलप्रसाद अर्याल र का“ग्रेस सभापति थापा छठ पूजामा सहभागी

    गरगहना तथा नगद चोरी

    पार्टीको हित र संरक्षणका लागि संघर्ष गर्ने देउवाको अभिव्यक्ति

    सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका चार जनाको नाम अनुमोदन

    सरकारका निर्णयबारे समयक्रममा थप प्रष्टता आउने सभापति लामिछानेको दावी

    ताजा समाचार
    १

    छठ पर्वको उपलक्ष्यमा विशेष भेटघाट

    २

    सभामुख डोलप्रसाद अर्याल र का“ग्रेस सभापति थापा छठ पूजामा सहभागी

    ३

    ॅतिलस्मी’को प्रदर्शन पुषमा

    ४

    खाद्यान्न आयात अघिल्लो आर्थिक वर्षको तुलनामा ६३ प्रतिशतले घट्यो

    ५

    म्याट्रिक गरेको मान्छे

    ६

    अत्यधिक स्थानमा विजय हासिल

    ७

    नेपालमा जनताको सरकार कायम भएपछि

    ८

    देशमा नया“ लगानी हुने वातावरण

    ९

    गरगहना तथा नगद चोरी

    १०

    पार्टीको हित र संरक्षणका लागि संघर्ष गर्ने देउवाको अभिव्यक्ति

    समाचार
    थप

    छठ पर्वको उपलक्ष्यमा विशेष भेटघाट

    सभामुख डोलप्रसाद अर्याल र का“ग्रेस सभापति थापा छठ पूजामा सहभागी

    गरगहना तथा नगद चोरी

    पार्टीको हित र संरक्षणका लागि संघर्ष गर्ने देउवाको अभिव्यक्ति

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि
    ठेगाना - सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल –dishanirdeshweekly@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट dishanirdeshweekly.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • दिशा निर्देश बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ दिशानिर्देश साप्ताहिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड