
काठमाडौं । ललितपुर, कोन्ज्योसोम गाउँपालिका–१ ठोस्ने खोलास्थित ठोकर टोल बस्ने ६५ वर्षीय मान बहादुर घ्यावाको टहरामा विहान आगलागी हुँदा करिब १ लाख २८ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । महोत्तरी, जलेश्वर नगरपालिका–५ पर्सा गाउँ बस्ने ३५ वर्षीय अनिल राउतले आफ्नै घर अगाडि पार्किङ गरी राखेको म.प्र.०२–००१ ह ३२३५ नम्बरको सिटि रिक्सामा ब्याट्री सर्ट भई बिहान आगलागी हुँदा करिब १ लाख ८० हजार रूपैयाँ बराबरको क्षति भएको छ । यसैबीच सिराहा, विष्णुपुर गाउँपालिका–४ बथान टोल बस्ने ४७ वर्षीय बिरेन्द्र यादवको गाईगोठ र भान्सा घरमा विद्युत सर्ट भई गए राति आगलागी हुँदा करिब ५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । सर्लाही, कविलासी नगरपालिका–३ मदनपुर बस्ने नागेन्द्र ठाकुरको गोठघरमा गए राति आगलागी हुँदा गोठघर पूर्णरूपमा जलेर करिब ४ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।









