
काठमाडौं । आगामी मंसिर ११ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सारथी’को पहिलो गीत ‘मयाली’ सार्वजनिक गरिएको छ । कविराज गहतराजको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार गिरी विश्वकर्मा र गायत्री जोशीले आकर्षक नृत्य प्रस्तुत गरेका छन् । भिडियोमा उनीहरूको केमेस्ट्री सुन्दर देखिएको छ । गोपाल रायाको उत्कृष्ट छायांकन, कलाकारको मौलिक पहिरन र प्राकृतिक सौन्दर्यका मनमोहक दृश्यले भिडियोलाई जीवन्त बनाएको छ । कुमार गजुरेलको निर्देशन रहेको फिल्ममा गिरि र गायत्रीसहित निरुता सिंह, उत्तम प्रधान, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, कल्पना थापा, मदन थापा, अनिता कुईकेल, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाललगायतको पनि अभिनय छ ।









