
निःशुल्क टिटि खोप कार्यक्रम सम्पन्न
काठमाडौं । हालै काठमाडौंमा निःशुलक टिटि खोप कार्यक्रम सम्पन्न भएको छ । ग्रिल तथा स्टिल व्यवसायी संघ काठमाडौं शाखाले आयोजना गरेको निःशुल्क टिटि खोप कार्यक्रमका प्रमुख अतिथि दिनेश श्रेष्ठ, ग्रिल व्यवसायी महासंघका उपाध्यक्ष यज्ञदास श्रेष्ठ र अमृतबहादुर श्रेष्ठ, हिमाल हस्पिटलका प्रशासकीय प्रमुख राजेन्द्र केसी, ग्रिल व्यवसायी उद्योग महासंघका पूर्व अध्यक्ष मोहनबहादुर कटुवाल लगायतका वक्ताहरुले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रम ग्रिल तथा स्टिल व्यवसायी संघ काठमाडौं शाखाका कार्यवाहक अध्यक्ष भरत लामिछानेको सभापतित्वमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा सयौ जनाले निःशुल्क टिटि खोप लगाएका थिए ।









