• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • दिशा निर्देश बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
August 14, 2026, Friday, 01:21 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  मुख्य समाचार
  • ३६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • प्रतिनिधिसभाबाट पारित गरिएको प्रतिनिधिसभा नियमावली प्रति का“ग्रेसको गम्भीर असहमति

  • १८ जेष्ठ २०८३, सोमबार २०:३८
  • फाईल तस्विर

    सामाजिक सञ्जाल


    काठमाडौँ । प्रतिनिधिसभाको बैठककले संसदको आइतबारको बैठकमा सांसद सदस्यले अमर्यादित र आपत्तिजनक व्यवहार गरेको भन्दै तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा सङ्घीय संसद् सचिवालयको आन्तरिक सेवा तथा योजना प्रमुख र प्रविधि महाशाखा प्रमुख सदस्य रहेको तीन सदस्यीय समिति गठन गरेका हुन्‌ । उक्त समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउनु भनिएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा केही सांसदले अमार्यादित र आपत्तिजनक व्यवहार प्रदर्शन गरी भौतिक क्षतिसमेत पुर्‍याउने काम गरेको सभामुखले जानकारी गराएका छन्‌ । प्रतिपक्षले सदन अवरुद्ध गरेपछि सोमबारका लागि तय भएका बैठकको कार्यसूचीका विषयहरु पनि हटाइएको छ । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ १९ गते १ बजे बस्ने भएको छ । यसैबीच नेपाली कांग्रेसले प्रतिनिधिसभाबाट आइतबार पारित गरिएको प्रतिनिधिसभा नियमावली, २०८३ प्रति गम्भीर असहमति जनाउँदै यसलाई लोकतान्त्रिक अभ्यास, संसदीय मर्यादा र विधिको शासनको भावना विपरीत भएको बताएको छ । पार्टीका प्रवक्ता देवराज चालीसेद्वारा जारी विज्ञप्तिमा नियमावली निर्माणको क्रममा विपक्षी दलहरूले उठाएका फरक मत, संशोधन प्रस्ताव, सुझाव तथा संवैधानिक प्रश्नहरूलाई बेवास्ता गर्दै बहुमतको बलमा नियमावली पारित गरिएको आरोप लगाइएको छ । कांग्रेसले सभामुखले समेत यस्तो प्रक्रियालाई प्रश्रय दिएको भन्दै आपत्ति जनाएको छ । कांग्रेसले नियमावलीको प्रस्तावनामै ‘बाधा अड्काउ फुकाउने’ प्रावधान समावेश गरिएको विषयलाई अलोकतान्त्रिक अभ्यासको संज्ञा दिएको छ । लोकतन्त्रमा अपवादको व्यवस्था स्वीकार्य भए पनि अपवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा स्थापित गर्न खोज्नु उचित नभएको कांग्रेसको भनाइ छ । विज्ञप्तिमा नियम २५९ मा समावेश गरिएको “प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि” भन्ने वाक्यांश संविधान, लोकतान्त्रिक मूल्य र कानुनी शासनको सिद्धान्तविपरीत रहेको उल्लेख गरिएको छ । भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण लगायतका गम्भीर अभियोग लागेका सांसदहरूलाई निलम्बनबाट जोगाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको कांग्रेसको आरोप छ । कांग्रेसले कुनै पनि नियमावली संविधानभन्दा माथि हुन नसक्ने र संसदले पारित गरेको ऐनलाई निष्प्रभावी बनाउन नसक्ने स्पष्ट गरेको छ । सार्वजनिक पद धारण गर्ने व्यक्ति वा सामान्य नागरिक सबैका लागि कानुन समान रूपमा लागू हुनुपर्नेमा पार्टीले जोड दिएको छ । त्यसैगरी नेपाल–भारत सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग गर्दै नेकपा एमालेले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्रीको अभिव्यक्तिले देश र जनताको शिर निहुराएकाले उक्त अभिव्यक्ति सच्याउन माग गर्दै एमाले काठमाडौं जिल्ला कमिटीले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको हो । उनीहरूले सार्वभौम सदनबाट राष्ट्र विरोधी अभिव्यक्ति बन्द गर, राष्ट्रियता हराएको मान्छे मुर्दावाद, नेपालको सीमा रक्षा गर लगायतका नारा लगाएका थिए । साथै उनीहरूले प्रधानमन्त्रीले राष्ट्रघाती अभिव्यक्ति दिएको भन्दै राजीनामाको समेत माग गरेका छन्‌ । नेकपा एमालेका नेता आनन्द प्रसाद पोखरेलले नेपालले भारतीय भूमि कतै पनि नमिचेको भन्दै प्रधानमन्त्रीलाई आफ्नै सीमाका बारेमा जानकारी नभएको बताएका छन्‌ । उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्ति नसच्चिएसम्म आफूहरूको आन्दोलन जारी रहने चेतावनी दिएका छन्‌ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    ग्यास विस्थापन गर्ने स्पष्ट दीघकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न का“ग्रेसको माग

    मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु पर्नेमा जोड

    ताजा समाचार
    १

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    २

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    ३

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    ४

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    ५

    ग्यास विस्थापन गर्ने स्पष्ट दीघकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न का“ग्रेसको माग

    ६

    मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु पर्नेमा जोड

    ७

    ग्रिल तथा स्टिल व्यवसायी संघको निःशुल्क टिटि खोप कार्यक्रम

    ८

    का“ग्रेसका निवर्तमान सभापति देउवा साउन २८ गते नेपाल फर्किने

    ९

    नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले फेरि सुनुवाइ गर्ने

    १०

    नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली उपयुक्त नहुने धारणा व्यक्त

    समाचार
    थप

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि
    ठेगाना - सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल –dishanirdeshweekly@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट dishanirdeshweekly.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • दिशा निर्देश बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ दिशानिर्देश साप्ताहिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड