
–आदर्शनारायण सापकोटा–
तर स्वयम् कोइरालाले भने ‘नेशनलाई स्ट्रङ्ग बनाउनका लागि गरेको यो कमिटमेन्ट पूरा गरेर देखाउँछु’ भन्नुहुन्थ्यो । भट्टराईलाई प्रधानमन्त्री बनाउने निर्णयलाई कोइरालाले आत्मत्यागको रुपमा परिभाषित गर्नुभएको थियो। चुनावको घोषणा नहुँदै दिइएको उधारो पदको ‘स्याक्रिफाइस’ हुन्छ त ? भनेर सोधिएको प्रश्नको उत्तरमा नेपाली कांग्रेसका केन्द्रीय प्रवक्ता र कोइरालाका निकटस्थ नरहरि आचार्यले भनेका थिए, ‘प्रतिस्पर्धी पार्टीहरु विभाजित भएको र आफ्नो बहुमत आउने सम्भावना हुँदाहुँदै प्रधानमन्त्री पद अर्कोलाई टक्राउनु भनेको उत्सर्ग नै हो । त्यो निर्णय नगरेको भए पार्टीको बहुमत आएको खण्डमा उहाँ त्यो पदमा रहिरहन सक्नुहुँदैनथ्यो । परिस्थिति अनुकूल हुँदाहुँदै पनि उहाँले त्यसलाई त्याग्नुभयो ।’ राजनीतिशास्त्रका ‘डेमोक्रयाट’ प्राध्यापक कृष्ण खनाल पनि प्रजातन्त्र र राष्ट्रियताप्रतिको कोइरालाको प्रतिबद्धताका कारणले यो निर्णय गर्नु परेको बताउनु हुन्छ । खनालका अनुसार ‘नेपालको राजनीतिमा केही यस्ता शक्तिहरु सक्रिया छन् जो कसैलार्य बहुमतको सरकार बन्न नदिने प्रयासमा रहन्छन् । नेतृत्वको उचाई पन िदेखि सहँदैनन् । कृष्णप्रसाद भट्टराईको २०४८ सालको पराजय हेर्दा प्रधानमन्त्री कोइरालाले उठाउनुभएको ‘ग्राण्ड डिजाइन’ को कुरा अन्तरिम कालदेखि नै सक्रिय रहेको देखिन्छ । २०५६ को आम निर्वाचनमा प्रधानमन्त्री कोइरालाले देखाउनुभएको उत्साह देश नै दङ्ग देखिन्थ्यो । त्यसैक्रममा हिमाल खबर पत्रिकाका पत्रकार प्रकाश अधिकारीको ‘यो उमेरमा पनि तपार्य बडो उत्साहित भएर देशव्यापी चुनाव अभियानमा खटिरहुनभएको छ । यो उत्साहको प्रेरणाकोसंोत के हो ? ’ भन्ने प्रश्नको उत्तरमा कोइरालाले भन्नुभएको थियो – अब्जेक्टिभ नभएको मानिसको जीवनको कुनै मूल्य हुँदैन । मेरो अब्जेक्टिभ के छ भने नेपाल एउटा बलियो राष्ट्रको रुपमा विकसित होस् । अन्तर्राष्ट्रिय जगतमा स्ट्रङ्ग नेशनको रुपमा नेपालको पहिचान रहोस् भन्ने उद्देशयले म हिडेको छु । प्राइम मिनिष्टरसिप लिएपछि म यसको प्राप्तिको लागि अग्रसर छु । दुईतीनवटठा कुरा गर्न सके नेपालको भविष्य राम्रो हृुन्छ ।









