• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • दिशा निर्देश बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
August 28, 2026, Friday, 11:12 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • २२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • हाम्रो भविष्यको दिशा र गति निर्धारण

  • ३० श्रावण २०८३, शनिबार १९:३२
  • फाईल तस्विर

    सामाजिक सञ्जाल


    प्रदीप गिरी
    ज्यादा राम्ररी प्रस्ट्याएको छ भन्ने मेरो विश्वास छ :
    त्जझ यचभ क्यअष्बष्कित तजभयचष्भक अबिष्m तय दभ कअष्भलतषष्अ तजझ यचभ तचबलकष्तयचथ तजभथ बचभः दयगत कयअष्बष्तिकत खबगिभक बचभ उभचmलभलत। त्जभ मष्कतष्लअतष्यल दभतधभभल तजभयचष्भक बलम खबगिभक ष्क लयत कगााष्अष्भलतथि चभअयनलष्शभम। द्यगत ष्त ष्क ागलमबmभलतब।ि इल ब नचयगउ या तजभयचष्भक यलभ अबल ायगलम ब कअजययसि दगत यल ब नचयगउ या खबगिभक यलभ अबल ायगलम ब अगतिगचभ, ब अष्खष्ष्शिबतष्यल, ब लभध धबथ या ष्खिष्लन तयनभतजभच बmयलनm भल।
    (स्रोत : सुरुचि पाक्षिक सन् १९८२/८३)
    उत्तराधिकारको प्रश्न
    विश्वेश्वर कोइरालाको देहान्त भएको विशेष समय भएको छैन । स्व कोइरालाद्वारा प्रतिपादित राष्ट्रिय मेलमिलाप अmझै प्रयोगशील छ । उहाँको झण्डै सबैजसो मित्र र सहकर्मी अझै कृयाशील छन् । स्व. कोइरालाको सम्झनाको भावुकता अझै मेटिएको छैन । तसर्थ स्व. कोइरालाको निस्सँग तथा वस्तुनिष्ठ मूल्यांकन तत्काल सम्भव छैन । तर यस किसिमको मूल्यांकन फेरि आजै अत्यन्त आवश्यक छ । नेपाली राजनीतिको एउटा सिंगो युगसित कोइराला प्रत्यक्ष आबद्ध रहनुभएको छ । त्यस युगका यावत सफलता र विफलतासित कोइराला मुछिनुभएको छ । त्यो युग हाम्रो इतिहासको अत्यन्त महत्वपूर्ण युग हो । नयाँ पुस्ताका निमित्त त्यो युग उनीहरुको अवसान – प्रायः अतीत हो । तर यो एउटा यस्तो ऐतिहासिक अतीत हो जसले हाम्रो भविष्यको दिशा र गतिको निर्धारण गर्दैछ । तदनुरुप कोइरालाको राजनैतिक अवदानको विस्मरण सम्भव छैन । स्व. कोइरालाका जीवन र विचारले विगत तीन दशकको नेपाली राजनीतिको सान्दर्भिकीको काम गरेको छ । नयाँ तन्नेरीले त्यस ऐतिहासिक कालाबधिलाई कोट्याउदा कोइरालाको जीवन र विचारतर्फ नफर्की सुख छैन । नेपाली राजनीतिको भविष्यमा चाख राख्ने कुनै पनि समूहले तसर्थ कोइरालाको जीवन र विचारप्रति निश्चित धारणा बनाएकै हुनुपर्छ । अतीतको उपेक्षा गरेर भविष्यको निर्माण सम्भव छैन ।
    विगत तीन दहकमा नेपाली समाजमा युगान्तकारी घटना भए । कोइरालाको व्यक्तित्व र विचारको एकांकी अध्ययनका आधारमा ती घटनाहरुको सम्पूर्ण निहितार्थ प्रकट हुन्छ भन्ने हाम्रो अभिप्राय पटक्कै होइन । इतिहासको निर्माणमा व्यक्तिको भूमिका हुन्छ । तर त्यो भूमिका सीमित हुन्छ । एकांकी महापुरुष चाहे ऊ जे होस्, कुनै युगान्तकारी घटनाको एकांकी हेतु कहिल्यै भएको छैन । खुब भए ऊ परिणाम हुन्छ । खूब भए ऊ प्रतीक हुन्छ । स्व. कोइरालालाई पनि हामीले त्यस्तै प्रतीक वा परिणामका रुपमा हेर्नु पर्छ । अविकसित एवं रुढिप्रधान मुलुकमा व्यक्तिपूजाको प्रबृत्ति बडो प्रबल हुन्छ । महापुरुषहरु अक्सर उनीहरुको इच्छा विरुद्ध पनि पूज्यनीय देवता बनाइएका छन् । त्यस किसिमको पूजाबाट पूजारीबाट विशेष फाइदा हुन्छ । सांस्कृतिक क्रान्तिका दौरान चीनमा माओत्सेतुङ्गको व्यक्तिपूजा बेस्सरी चर्काइयो । उक्त चर्को व्यक्तिपूजा खासमा श्रीमती च्याङ्ग चिङ्गको (माओत्सेतुङ्गकी कान्छी) कुत्सित महत्वाकांक्षाबाट प्रेरित थियो भन्ने कुरा आज स्पष्ट भइसकेको छ । स्व. कोइरालाका आखिरी वर्षहरुमा पनि यस्तै प्रबृत्ति बडो प्रबल भए । त्यस्ता प्रबृत्ति कमोवेश आज पनि विद्यमान छन् । स्व. कोइरालाको व्यक्तित्वका आडमा राजनीति गर्ने मानिसको आज पनि कमी छैन । यस्तो मानिसको दृष्टि बडो संकीर्ण हुन्छ । सत्ता, शक्ति र संपदाभन्दा पर उनीहरु देख्न सक्दैनन् । आप्‌mनो संकीर्ण स्वार्थ अनुरुप नै सत्यलाई वंग्याउनु उनीहरुको अभीष्ट रहन्छ । स्व. कोइरालाको सम्पूर्ण अवदानलाई त्यस्तो संकीर्ण अनुयायीको एकलौटी पेवा हुनदिनु हाम्रो भूल हुनेछ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    ठूलो पूँजी आवश्यक

    विकास निर्माणका काममा सरिक हुन आग्रह

    लगानीमा फाईदा दिलाउने

    परम्परालाई अगाडी बढाउने चाहना

    जायज संघर्षको पक्षमा नैतिक समर्थन

    मुख्य लगानीकर्ता फ्रान्स

    ताजा समाचार
    १

    उपभोक्ता र उद्योगहरुलाई सहुलियत दरमा बिजुली उपलब्ध गराइने

    २

    विदेशमा अलपत्र नेपालीको उद्वार, राहत तथा घरफिर्तीका लागि १५ करोड रुपैया“ विनियोजन

    ३

    विद्युत खपत बृद्धि र निर्यात विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त

    ४

    संकटबाट गुज्रिरहेको देशलाई समाधान दिने जिम्मेवारी का“ग्रेसको का“धमा रहेको उल्लेख

    ५

    फिल्म निर्देशनमा डेब्यू गर्दै सुमन

    ६

    कपास उत्पादन बढाउन उद्योगमन्त्री यादवको आह्वान

    ७

    ठूलो पूँजी आवश्यक

    ८

    हाम्रो भविष्यको दिशा र गति निर्धारण

    ९

    विकास निर्माणका काममा सरिक हुन आग्रह

    १०

    नेपालमा ढुक्क भएर लगानी गर्न प्रवासी नेपालीहरुलाई आग्रह

    समाचार
    थप

    उपभोक्ता र उद्योगहरुलाई सहुलियत दरमा बिजुली उपलब्ध गराइने

    विदेशमा अलपत्र नेपालीको उद्वार, राहत तथा घरफिर्तीका लागि १५ करोड रुपैया“ विनियोजन

    विद्युत खपत बृद्धि र निर्यात विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त

    संकटबाट गुज्रिरहेको देशलाई समाधान दिने जिम्मेवारी का“ग्रेसको का“धमा रहेको उल्लेख

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि
    ठेगाना - सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल –dishanirdeshweekly@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट dishanirdeshweekly.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • दिशा निर्देश बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ दिशानिर्देश साप्ताहिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड