• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • दिशा निर्देश बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
August 28, 2026, Friday, 11:14 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  मुख्य समाचार
  • ५० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • नेपालमा ढुक्क भएर लगानी गर्न प्रवासी नेपालीहरुलाई आग्रह

  • ३० श्रावण २०८३, शनिबार १९:३१
  • फाईल तस्विर

    सामाजिक सञ्जाल


    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई नेपालमा ढुक्कसँग लगानी गर्न आग्रह गरेका छन्‌ । चीनको ग्वाङझाउ सहरमा सुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासेफिक सम्मेलनलाई भिडियो सन्देशमार्फत शुभकामना दिँदै उनले यस्तो आग्रह गरेका हुन्‌ । सरकारले लगानीको माहोल बनाउने, देशमै रोजगारीको वातावरण सिर्जना गर्ने, एआई र सूचना प्रविधि क्षेत्रमा काम गर्न प्रोत्साहन गर्ने गरी नीतिगत रणनीतिहरू कार्यान्वयन गरिरहेको भन्दै उनले नेपालमा ढुक्क भएर लगानी गर्न प्रवासी नेपालीहरूलाई आग्रह गरेका छन्‌ । सरकारले नतिजा देखिने गरी तीव्र गतिमा काम गरिरहेको उनको भनाइ छ । बजेटबाट २७ वटा नयाँ कानुनी ऐन ल्याएर लगानीमैत्री वातावरण बनाउन सरकारले काम गरिरहेको भन्दै अर्थमन्त्री वाग्लेले सम्मानजनक रोजगारी सिर्जना गर्न सरकारले विशेष ध्यान दिएको बताएका छन्‌ । सरकारको आम्दानी बढाउन कर प्रणालीमा सुधार गरेको पनि उनको भनाइ छ । बजेटमार्फत आर्थिक राजकाजको जहाज मोडेको र पहिलो वर्ष सुधारको सुरुवात मात्रै गरेको उनले उल्लेख गरेका छन्‌ । यी सबै लक्ष्य प्राप्तिका लागि आन्तरिक स्रोत अत्यन्तै महत्वपूर्ण भएको, बाह्य लगानीको स्रोत अप्ठ्यारो अवस्थामा रहेको र यही बेला प्रवासीको ज्ञान र पुँजी सरकारलाई चाहिएको उनको भनाइ छ । प्रवासको पुँजी र लगानी परिचालनको विषयमा पार्टीको घोषणा पत्रमा पनि उल्लेख भएको र सरकारले पनि विशेष पहल गरिएको उनले बताएका छन्‌ । यसैबीच नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतबाट न्याय पाएपछि पार्टी एकताबद्ध हुने विश्वास व्यक्त गरेका छन्‌ । महाराजगन्जस्थित निवासमा पत्रकारहरूसँग कुरा गर्दै देउवाले आफू विशेष महाधिवेशनको पक्षमा नरहेको स्पष्ट पारेका छन्‌ । विशेष महाधिवेशनविरुद्ध आफूहरूले मुद्दा दायर गरेको भन्दै उनले पुनरवलोकनअघि धेरै बोल्न नहुने बताएका छन्‌ । देउवाले लोकतन्त्रमा स्वतन्त्र र निष्पक्ष पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको पनि बताएका छन्‌ । पाँच महिनापछि स्वदेश फर्किएका देउवाले अब सुदूरपश्चिम, विशेष गरी गृहजिल्ला डडेल्धुरा जाने इच्छा रहेको बताएका छन्‌ । सुदूरपश्चिमले आफूलाई धेरै माया दिएको उल्लेख गर्दै उनले डडेल्धुराको विमानस्थल निर्माणको काम पूरा गर्ने प्रतिबद्धता पनि जनाएका छन्‌ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    उपभोक्ता र उद्योगहरुलाई सहुलियत दरमा बिजुली उपलब्ध गराइने

    विदेशमा अलपत्र नेपालीको उद्वार, राहत तथा घरफिर्तीका लागि १५ करोड रुपैया“ विनियोजन

    विद्युत खपत बृद्धि र निर्यात विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त

    संकटबाट गुज्रिरहेको देशलाई समाधान दिने जिम्मेवारी का“ग्रेसको का“धमा रहेको उल्लेख

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    ताजा समाचार
    १

    उपभोक्ता र उद्योगहरुलाई सहुलियत दरमा बिजुली उपलब्ध गराइने

    २

    विदेशमा अलपत्र नेपालीको उद्वार, राहत तथा घरफिर्तीका लागि १५ करोड रुपैया“ विनियोजन

    ३

    विद्युत खपत बृद्धि र निर्यात विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त

    ४

    संकटबाट गुज्रिरहेको देशलाई समाधान दिने जिम्मेवारी का“ग्रेसको का“धमा रहेको उल्लेख

    ५

    फिल्म निर्देशनमा डेब्यू गर्दै सुमन

    ६

    कपास उत्पादन बढाउन उद्योगमन्त्री यादवको आह्वान

    ७

    ठूलो पूँजी आवश्यक

    ८

    हाम्रो भविष्यको दिशा र गति निर्धारण

    ९

    विकास निर्माणका काममा सरिक हुन आग्रह

    १०

    नेपालमा ढुक्क भएर लगानी गर्न प्रवासी नेपालीहरुलाई आग्रह

    समाचार
    थप

    उपभोक्ता र उद्योगहरुलाई सहुलियत दरमा बिजुली उपलब्ध गराइने

    विदेशमा अलपत्र नेपालीको उद्वार, राहत तथा घरफिर्तीका लागि १५ करोड रुपैया“ विनियोजन

    विद्युत खपत बृद्धि र निर्यात विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त

    संकटबाट गुज्रिरहेको देशलाई समाधान दिने जिम्मेवारी का“ग्रेसको का“धमा रहेको उल्लेख

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि
    ठेगाना - सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल –dishanirdeshweekly@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट dishanirdeshweekly.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • दिशा निर्देश बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ दिशानिर्देश साप्ताहिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड