• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • दिशा निर्देश बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
August 28, 2026, Friday, 11:10 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  अर्थ खबर
  • १७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • कपास उत्पादन बढाउन उद्योगमन्त्री यादवको आह्वान

  • ३० श्रावण २०८३, शनिबार १९:३३
  • फाईल तस्विर

    सामाजिक सञ्जाल


    काठमाडौं । हेटौँडा कपडा उद्योग सञ्चालनमा आएसँगै नेपालमै आवश्यक पर्ने कपास उत्पादन बढाउन उद्योगमन्त्री गौरीकुमारी यादवले व्यवसायी तथा निजी क्षेत्रलाई कपास खेतीमा लगानी गर्न आह्वान गरेकी छन्‌ । नेपालमा कपडा उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ कपास ठूलो मात्रामा आयात गर्नुपर्ने अवस्था अन्त्य गर्दै स्वदेशमै कपास उत्पादन र कपडा उद्योगको कच्चा पदार्थको आपूर्ति सुनिश्चित गर्ने उद्देश्यले मन्त्री यादवले व्यवसायीहरूलाई कपास खेतीतर्फ आकर्षित हुन आग्रह गरेकी हुन्‌ । मन्त्री यादवले कृषि मन्त्री गीता चौधरीसँग समेत भेट गरी नेपालमा कपास खेती विस्तार गर्ने विषयमा छलफल गरेकी छन्‌ । छलफलका क्रममा कृषि मन्त्री चौधरीले दाङ, बाँके, बर्दियालगायतका जिल्लामा कपास खेतीका लागि उपयुक्त वातावरण रहेको बताइन्‌ । नेपालमा कपास खेतीको सम्भावना रहे पनि व्यावसायिक रूपमा ठूलो क्षेत्रफलमा खेती हुन नसक्दा उद्योगहरूले आवश्यक कच्चा पदार्थका लागि विदेशमा निर्भर हुनुपर्ने अवस्था छ । सरकारले कपडा उद्योगसँगै कपास उत्पादनलाई पनि जोड दिन सके आयात प्रतिस्थापन, रोजगारी सिर्जना र किसानको आम्दानी वृद्धि गर्न सकिने अपेक्षा गरिएको छ । यता लामो समयदेखि बन्द रहेको बुटवल धागो कारखाना पुनः सञ्चालन गर्ने प्रक्रिया समेत अगाडि बढेको उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेतले जानकारी दिएका छन्‌ । कारखाना समेत सञ्चालन गर्ने सम्बन्धमा सम्पत्ति तथा दायित्वको मूल्यांकन गर्ने कार्य अन्तिम चरणमा पुगेको उनले बताएका छन्‌ । हेटौँडा कपडा उद्योग सञ्चालनमा आएपछि त्यसका लागि आवश्यक कच्चा पदार्थको स्वदेशमै उत्पादन गर्ने र बुटवल धागो कारखानालाई समेत सञ्चालनमा ल्याउने सरकारको तयारीले नेपालमा कपासदेखि धागो हुँदै कपडासम्मको उत्पादन शृंखला निर्माण गर्ने सम्भावना बढेको छ । मन्त्री यादवले स्वदेशी उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ नेपालमै उत्पादन गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताउँदै आएकी छन्‌ । कपास खेतीको विस्तारमार्फत विदेशी कपासको आयात घटाउने, स्वदेशी उत्पादन बढाउने र रोजगारीका अवसर सिर्जना गर्ने सरकारको लक्ष्य रहेको बताइएको छ । यसैबीच सभामुख डोलप्रसाद (डिपी) अर्यालले पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएको बताएका छन्‌ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)को ५९ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले विदेशी मुद्रा आर्जन गर्ने यो क्षेत्रको विकासका निम्ति सम्बद्ध सबै पक्ष क्रियाशील हुनुपर्नेमा जोड दिएका छन्‌ । सभामुखले पर्यटन क्षेत्रका नीतिगत र संरचनागत समस्या समाधानका लागि सरकार गम्भीर हुनुपर्ने बताउँदै नाट्टाजस्ता व्यावसायिक सङ्गठनले पर्यटन उद्योगको विकासमा सक्दो योगदान गर्नुपर्नेमा जोड दिएका छन्‌ । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स र नेपाल पर्यटन बोर्ड देशको आर्थिक उन्नयनको मेरुदण्ड मानिएको पर्यटन क्षेत्रको विकासमा इमान्दारीपूर्वक लाग्नुपर्नेमा जोड दिएका छन्‌ । त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले मुलुकको पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न सरकार प्रतिबद्ध रहेको बताएका छन्‌ । उनले वर्तमान सरकार पर्यटन क्षेत्रको विकासका निम्ति लागिपरेको बताएका छन्‌ । देशको पर्यटन क्षेत्रको विकासका खातिर नीतिगत र संरचनागत समस्या समाधान गर्न आफू क्रियाशील रहेको बताउँदै मन्त्री पौडेलले निजी क्षेत्रसँगको साझेदारीमा राष्ट्रलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउनुपर्नेमा जोड दिएका छन्‌ । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)ले स्नातक र स्नातकोत्तर तहमा आरोग्य पर्यटनसम्बन्धी अध्यापनको व्यवस्था गर्न लागेको मन्त्री पौडेलले जानकारी दिएका छन्‌ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    अर्थ खबर सम्बन्धि थप

    ॅपार्वती’को गीत सार्वजनिक

    मनसुन सक्रिय हुन नसक्दा धान रोपाइँ प्रभावित

    गरिमा बंैकलाई “कर्पोरेटबिजनेस अवार्ड २०२६” प्रदान

    ग्लोबल बैंकको जलविद्युत आयोजनामा वित्तीय व्यवस्थापन सम्बन्धी सम्झौता

    अर्थ मन्त्रीद्वारा २१ खर्ब २४ अर्ब ३४ करोड रुपैया“को बजेट प्रस्तुत

    बेमौसमी वर्षाका कारण मह उत्पादनमा कमी

    ताजा समाचार
    १

    उपभोक्ता र उद्योगहरुलाई सहुलियत दरमा बिजुली उपलब्ध गराइने

    २

    विदेशमा अलपत्र नेपालीको उद्वार, राहत तथा घरफिर्तीका लागि १५ करोड रुपैया“ विनियोजन

    ३

    विद्युत खपत बृद्धि र निर्यात विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त

    ४

    संकटबाट गुज्रिरहेको देशलाई समाधान दिने जिम्मेवारी का“ग्रेसको का“धमा रहेको उल्लेख

    ५

    फिल्म निर्देशनमा डेब्यू गर्दै सुमन

    ६

    कपास उत्पादन बढाउन उद्योगमन्त्री यादवको आह्वान

    ७

    ठूलो पूँजी आवश्यक

    ८

    हाम्रो भविष्यको दिशा र गति निर्धारण

    ९

    विकास निर्माणका काममा सरिक हुन आग्रह

    १०

    नेपालमा ढुक्क भएर लगानी गर्न प्रवासी नेपालीहरुलाई आग्रह

    समाचार
    थप

    उपभोक्ता र उद्योगहरुलाई सहुलियत दरमा बिजुली उपलब्ध गराइने

    विदेशमा अलपत्र नेपालीको उद्वार, राहत तथा घरफिर्तीका लागि १५ करोड रुपैया“ विनियोजन

    विद्युत खपत बृद्धि र निर्यात विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त

    संकटबाट गुज्रिरहेको देशलाई समाधान दिने जिम्मेवारी का“ग्रेसको का“धमा रहेको उल्लेख

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि
    ठेगाना - सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल –dishanirdeshweekly@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट dishanirdeshweekly.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • दिशा निर्देश बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ दिशानिर्देश साप्ताहिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड