• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • दिशा निर्देश बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
August 28, 2026, Friday, 11:11 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  मुख्य समाचार
  • ४५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • उपभोक्ता र उद्योगहरुलाई सहुलियत दरमा बिजुली उपलब्ध गराइने

  • ३ भाद्र २०८३, बुधबार १९:३८
  • फाईल तस्विर

    सामाजिक सञ्जाल


    काठमाडौँ । सरकारले बिजुलीको महसुल घटाउने गृहकार्य तीव्र पारेको बताइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको प्रस्तावमा गत साउन १३ मा विद्युत् महसुल दरको पुनरावलोकन गर्न समिति गठन गरिएको थियो । नेपाल विद्युत् प्राधिकरणले उपभोक्ता र उद्योगहरूलाई सहुलियत दरमा बिजुली उपलब्ध गराउने गृहकार्य अगाडि बढाएको हो । यसैबीच प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा गठित समितिको बैठक बसेको छ । समितिमा ऊर्जा मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधि, ऊर्जाविज्ञ, उपभोक्ता र वित्तविज्ञहरू सदस्य हुनुहुन्छ । संयोजक शाहीले हाल वर्षायाममा उत्पादित विद्युत् बढी भइ खेर गइरहेको अवस्थालाई मध्यनजर गर्दै आन्तरिक खपत बढाउन महसुल पुनरावलोकन गर्न लागिएको जानकारी दिएका छन्‌ । वर्षायाममा विद्युत् खेर जाँदा प्राधिकरणले मासिक नोक्सानी व्यहोर्नु परिरहेको जनाउँदै उहाँले ‘सिजनल ट्यारिफ’ मार्फत उपभोक्ता र उद्योगहरूलाई सहुलियत दरमा बिजुली उपलब्ध गराई खपत बढाइने बताइएको छ । यसैबीच निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल आजियटा प्रालिले मोबाइल सेवाको अनुमतिपत्र नवीकरण दस्तुरबापत सरकारलाई ४ अर्ब ९६ करोड ४५ लाख ८२ हजार १ सय ९१ रुपैयाँ भुक्तानी गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको तीनधारास्थित नबिल बैंकमा रहेको खातामा एनसेलले उक्त रकम दाखिला गरेको हो । एनसेलले बुझाएको रकममा नवीकरण दस्तुरको बाँकी किस्ताबापत ४ अर्ब २५ करोड रुपैयाँ सावाँ रहेको छ । त्यस्तै, २०८२ भदौ ७ देखि २०८३ असार मसान्तसम्मको ३२८ दिनको ब्याजबापत ६४ करोड ९२ लाख ६० हजार २ सय ७३ रुपैयाँ र २०८३ साउन १ देखि भदौ २ सम्मको ३३ दिनको ब्याजबापत ६ करोड ५३ लाख २१ हजार ९ सय १७ रुपैयाँ समावेश छ । एनसेलले २०८२ भदौ ६ गतेसम्मको किस्ता तथा ब्याज रकम यसअघि नै भुक्तानी गरिसकेको थियो । गत वर्ष भदौ ६ गते कम्पनीले ३ अर्ब २९ करोड रुपैयाँ तथा त्यसअघि २०८२ असार २९ गते २ अर्ब रुपैयाँ भुक्तानी गरेको थियो । सरकारले एनसेललाई २० अर्ब रुपैयाँको मोबाइल सेवा अनुमतिपत्र नवीकरण दस्तुर चार किस्तामा बुझाउने सुविधा दिएको थियो । २०८१ भदौमा मन्त्रिपरिषद्ले बाँकी किस्तामा वार्षिक १० प्रतिशत ब्याज लिने व्यवस्था गरेको थियो । एनसेलले २०८१ जेठ १४ गते पहिलो किस्ताबापत ४ अर्ब रुपैयाँ भुक्तानी गर्दै अनुमतिपत्र नवीकरणका लागि आवेदन दिएको थियो । त्यसपछि सरकारको निर्णयअनुसार बाँकी रकम किस्ताबन्दीमा बुझाउने व्यवस्था भएको हो । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारमा रहेका मन्त्रीहरू हेरफेर गर्ने कुनै सम्भावना नरहेको बताएका छन्‌ । सिंहदरबारमा सरकारका मन्त्री र सांसदहरूसँग छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानले मन्त्रीहरूले धेरै काम गर्दा केही प्रश्न आउनु स्वभाविक भएको भन्दै प्रश्न उठ्दैमा मन्त्रीहरू हेरफेर गर्ने कुनै तयारी वा छलफल नभएको बताएका छन्‌ । पार्टीको केन्द्रीय समितिलाई पूर्णता दिने काम ५ वर्षभित्र गरिने नियमित प्रक्रिया भएको भन्दै उनले पार्टीमा कुनै पक्ष वा व्यक्तिको नाम तोकेर नभई विधानले दिएको अधिकारअनुसार योग्य नेतालाई क्रमशः जिम्मेवारी दिँदै जाने स्पष्ट पारेका छन्‌ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    विदेशमा अलपत्र नेपालीको उद्वार, राहत तथा घरफिर्तीका लागि १५ करोड रुपैया“ विनियोजन

    विद्युत खपत बृद्धि र निर्यात विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त

    संकटबाट गुज्रिरहेको देशलाई समाधान दिने जिम्मेवारी का“ग्रेसको का“धमा रहेको उल्लेख

    नेपालमा ढुक्क भएर लगानी गर्न प्रवासी नेपालीहरुलाई आग्रह

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    ताजा समाचार
    १

    उपभोक्ता र उद्योगहरुलाई सहुलियत दरमा बिजुली उपलब्ध गराइने

    २

    विदेशमा अलपत्र नेपालीको उद्वार, राहत तथा घरफिर्तीका लागि १५ करोड रुपैया“ विनियोजन

    ३

    विद्युत खपत बृद्धि र निर्यात विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त

    ४

    संकटबाट गुज्रिरहेको देशलाई समाधान दिने जिम्मेवारी का“ग्रेसको का“धमा रहेको उल्लेख

    ५

    फिल्म निर्देशनमा डेब्यू गर्दै सुमन

    ६

    कपास उत्पादन बढाउन उद्योगमन्त्री यादवको आह्वान

    ७

    ठूलो पूँजी आवश्यक

    ८

    हाम्रो भविष्यको दिशा र गति निर्धारण

    ९

    विकास निर्माणका काममा सरिक हुन आग्रह

    १०

    नेपालमा ढुक्क भएर लगानी गर्न प्रवासी नेपालीहरुलाई आग्रह

    समाचार
    थप

    उपभोक्ता र उद्योगहरुलाई सहुलियत दरमा बिजुली उपलब्ध गराइने

    विदेशमा अलपत्र नेपालीको उद्वार, राहत तथा घरफिर्तीका लागि १५ करोड रुपैया“ विनियोजन

    विद्युत खपत बृद्धि र निर्यात विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त

    संकटबाट गुज्रिरहेको देशलाई समाधान दिने जिम्मेवारी का“ग्रेसको का“धमा रहेको उल्लेख

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि
    ठेगाना - सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल –dishanirdeshweekly@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट dishanirdeshweekly.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • दिशा निर्देश बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ दिशानिर्देश साप्ताहिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड