• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • दिशा निर्देश बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
August 28, 2026, Friday, 12:04 PM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  मुख्य समाचार
  • ३७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • संकटबाट गुज्रिरहेको देशलाई समाधान दिने जिम्मेवारी का“ग्रेसको का“धमा रहेको उल्लेख

  • ३१ श्रावण २०८३, आईतवार १९:४५
  • फाईल तस्विर

    सामाजिक सञ्जाल


    काठमाडौँ । खाना पकाउने एलपी ग्यासको अभाव चर्किँदै गएपछि ग्यास विक्रेता महासङ्घ नेपालले उद्योग तथा विभिन्न नाममा सञ्चालन गरिएका बिक्री केन्द्रबाट हुने प्रत्यक्ष बिक्री तत्काल रोक्न सरकारसँग माग गरेको छ । महासङ्घका अध्यक्ष ज्ञानेश्वर अर्यालले प्रभावकारी वितरण प्रणालीलाई बेवास्ता गर्दै उद्योग तथा बिक्री केन्द्रबाटै ग्यास बिक्री गर्ने निर्णयले समस्या झन् जटिल बनाएको बताएका छन्‌ । उनका अनुसार विक्रेता तथा डिलरमार्फत वितरण गर्नुपर्ने ग्यास अन्य माध्यमबाट बिक्री हुँदा उपभोक्ताले अनावश्यक सास्ती व्यहोर्नुपरेको छ । महासङ्घले एकातिर विक्रेतालाई पर्याप्त ग्यास उपलब्ध नगराउने र अर्कोतर्फ अनुगमनका नाममा विक्रेतालाई दुःख दिने सरकारी कार्यशैलीप्रति आपत्ति जनाएको छ । महासङ्घले विज्ञप्तिमार्फत उद्योग र विभिन्न बिक्री केन्द्रबाट प्रत्यक्ष ग्यास बिक्री गर्ने तथा अनुगमनका नाममा विक्रेतालाई अनावश्यक दुःख दिने काम तत्काल रोक्न माग गरेको हो । महासङ्घले ग्यास उद्योग तथा विभिन्न नामका बिक्री केन्द्रबाट भइरहेको प्रत्यक्ष बिक्री रोक्दै विक्रेतामार्फत मात्र ग्यास वितरणको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएको छ । डिलरमार्फत वितरण प्रणाली व्यवस्थित गरिए उपभोक्ताले भोगिरहेको सास्ती कम हुने र ग्यास वितरणको वास्तविक समस्या समाधान गर्न सहज हुने महासङ्घको दाबी छ । यसैबीच नेपाली कांग्रेसको संस्थापन इतर समूहले राजधानीमा भएको राष्ट्रिय भेलाबाट प्रस्तुत ५ प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ । गत शुक्रबारबाट काठमाडौंमा जारी राष्ट्रिय भेलामा शनिबार ५ प्रतिवेदनहरू प्रस्तुत भएका थिए । भेलामा पूर्वउपसभापति विमलेन्द्र निधिले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव, पूर्वकोषाध्यक्ष उमाकान्त चौधरीले पेस गरेको साङ्गठनिक प्रस्ताव, एनपी साउदले पेस गरेको समसामयिक नीति र विषयसम्बन्धी प्रस्ताव, डा.प्रकाशशरण महतले प्रस्तुत गरेको नेपालको आर्थिक नीतिसम्बन्धी प्रस्ताव र नेता रमेश लेखकले कानुन तथा विधानसम्बन्धी प्रस्ताव परिमार्जनसहित पारित भएका हुन्‌ । शनिबार प्रस्तुत भएका प्रस्तावमाथि राष्ट्रिय भेलामा सहभागी भएका विभिन्न विषय र प्रदेशका आधारमा समूह विभाजन गरी छलफल गरिएको थियो । भेलामा बेल्दै पूर्वउपसभापति विमलेन्द्र निधिले नेपाली कांग्रेसको १५औँ महाधिवेशन शेरबहादुर देउवाकै नेतृत्वमा सम्पन्न गर्ने प्रस्ताव राखेको बताएका छन्‌ । त्यस्तै, १५औं महाधिवेशनसम्म पार्टीका नियमित कामकारबाही देउवाको निर्देशनमा राष्ट्रिय भेलाका संयोजकले संयोजन गर्दै जाने निधिले बताएका छन्‌ । त्यसतै नेता डा.प्रकाशशरण महतले पार्टीको आगामी आर्थिक मार्गचित्र स्पष्ट पार्दै प्रजातान्त्रिक समाजवादको जगमा उभिएर मुलुकको आर्थिक रूपान्तरण गर्नुपर्ने बताएका छन्‌ । त्यस्तै कार्याक्रमलाई सम्बोधन गर्दै नेता कृष्ण प्रसाद सिटौलाले निर्वाचन आयोगले गरेको निर्णयलाई सर्वोच्च अदालतले बदर गर्नेछ भन्नेमा आफूहरू विश्वस्त रहेको बताएका छन्‌ । उनले १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति पुर्नबहाली हुने विश्वास व्यक्त गरेका छन्‌ । नेता सिटौलाले संकटबाट गुज्रिरहेको देशलाई समाधान दिने जिम्मेवारी कांग्रेसको काँधमा रहेको उल्लेख गर्दै यो जिम्मेवारी पूरा गर्नका लागि बृहत एकताको खाँचो रहेको स्पष्ट पारेका छन्‌ । नेपाली कांग्रेसको देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५ औं महाधिवेशन तयारीको जिम्मा पूर्वमहामन्त्री डा.शशांक कोइरालालाई दिएको छ । त्यसैगरी नेपाली कांग्रेसका सभापति गगन थापाले बिपी कोइरालालाई नेताहरुले आफू अनुकुल व्याख्या गर्न थालेको भन्दै असन्तुष्टि जनाएका छन्‌ । धर्म गौतमको पुस्तक ‘बिपी र विद्रोहका ती दिन’ बिमोचन गर्दै सभापति थापाले उक्त कुरा बताएका हुन्‌ । आफ्नो विचार र योजना नहुनेहरुले बिपीको नीतिलाई आफू अनुकुल व्याख्या गर्ने गरेको उल्लेख गर्दै थापाले धर्म गौतमजस्ता व्यक्तिहरु त्यस्ता भ्रम चिर्न अघि सर्नुपर्ने बताएका छन्‌ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    उपभोक्ता र उद्योगहरुलाई सहुलियत दरमा बिजुली उपलब्ध गराइने

    विदेशमा अलपत्र नेपालीको उद्वार, राहत तथा घरफिर्तीका लागि १५ करोड रुपैया“ विनियोजन

    विद्युत खपत बृद्धि र निर्यात विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त

    नेपालमा ढुक्क भएर लगानी गर्न प्रवासी नेपालीहरुलाई आग्रह

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    ताजा समाचार
    १

    उपभोक्ता र उद्योगहरुलाई सहुलियत दरमा बिजुली उपलब्ध गराइने

    २

    विदेशमा अलपत्र नेपालीको उद्वार, राहत तथा घरफिर्तीका लागि १५ करोड रुपैया“ विनियोजन

    ३

    विद्युत खपत बृद्धि र निर्यात विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त

    ४

    संकटबाट गुज्रिरहेको देशलाई समाधान दिने जिम्मेवारी का“ग्रेसको का“धमा रहेको उल्लेख

    ५

    फिल्म निर्देशनमा डेब्यू गर्दै सुमन

    ६

    कपास उत्पादन बढाउन उद्योगमन्त्री यादवको आह्वान

    ७

    ठूलो पूँजी आवश्यक

    ८

    हाम्रो भविष्यको दिशा र गति निर्धारण

    ९

    विकास निर्माणका काममा सरिक हुन आग्रह

    १०

    नेपालमा ढुक्क भएर लगानी गर्न प्रवासी नेपालीहरुलाई आग्रह

    समाचार
    थप

    उपभोक्ता र उद्योगहरुलाई सहुलियत दरमा बिजुली उपलब्ध गराइने

    विदेशमा अलपत्र नेपालीको उद्वार, राहत तथा घरफिर्तीका लागि १५ करोड रुपैया“ विनियोजन

    विद्युत खपत बृद्धि र निर्यात विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त

    संकटबाट गुज्रिरहेको देशलाई समाधान दिने जिम्मेवारी का“ग्रेसको का“धमा रहेको उल्लेख

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि
    ठेगाना - सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल –dishanirdeshweekly@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट dishanirdeshweekly.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • दिशा निर्देश बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ दिशानिर्देश साप्ताहिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड