• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • दिशा निर्देश बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
August 28, 2026, Friday, 12:00 PM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  मुख्य समाचार
  • ३८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • विदेशमा अलपत्र नेपालीको उद्वार, राहत तथा घरफिर्तीका लागि १५ करोड रुपैया“ विनियोजन

  • २ भाद्र २०८३, मंगलवार १९:२९
  • फाईल तस्विर

    सामाजिक सञ्जाल


    काठमाडौं । निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनमा समसामयिक सुधारका लागि पूर्व प्रमुख निर्वाचन आयुक्त तथा पूर्व निर्वाचन आयुक्तहरूसँग छलफल गरेको छ । आयोगका अनुसार नवनियुक्त प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तहरूले पदबहाली गरेपछि निर्वाचन व्यवस्थापनमा अघि बढाएका सुधारका योजनामा पृष्ठपोषण प्राप्त गर्ने उद्देश्यले छलफल आयोजना गरिएको हो । छलफलमा निर्वाचन व्यवस्थापनका कानुनी, प्राविधिक तथा व्यवस्थापकीय सुधारलगायत विभिन्न विषयमा सुझाव लिइएको आयोगले जनाएको छ । छलफलमा पूर्व प्रमुख निर्वाचन आयुक्त तथा आयुक्तहरूले आयोगको नयाँ नेतृत्वलाई शुभकामना दिँदै निर्वाचन सञ्चालन र व्यवस्थापनका क्षेत्रमा आयोगले विगतमा हासिल गरेको साखलाई कायम राख्दै थप उचाइमा पुर्‍याउन सुझाव दिएका छन्‌ । उनीहरूले निर्वाचन व्यवस्थापनका क्षेत्रमा देखिएका पछिल्ला चुनौती सम्बोधन गर्न निर्वाचनको विधि तथा प्रक्रियामा समसामयिक सुधार गर्नुपर्नेमा जोड दिएका छन्‌ । सरोकारवालासँग निरन्तर छलफल, सूचना प्रविधिले ल्याएका सम्भावनाको उपयोग तथा पारदर्शी कार्यशैलीलाई प्राथमिकता दिनुपर्ने सुझावसमेत उनीहरूले दिएका छन्‌ । त्यस्तै, विगतदेखि अवलम्बन गरिएका रणनीतिलाई निरन्तरता दिँदै परिवर्तित समयअनुसार आयोगको संस्थागत क्षमता अभिवृद्धि गर्नुपर्ने र सम्बन्धित निकायसँग सहकार्य बढाउनुपर्नेमा पनि पूर्व पदाधिकारीहरूले जोड दिएका छन्‌ । कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गर्ने आयोगको जिम्मेवारी पूरा गर्न वर्तमान नेतृत्व प्रतिबद्ध रहेको बताएका छन्‌ । यसैबीच सरकारले विदेशमा अलपत्र नेपाली नागरिकको उद्धार, राहत तथा घरफिर्तीका लागि चालु आर्थिक वर्षमा १५ करोड रुपैयाँ विनियोजन गरेको छ । उक्त बजेट सञ्चालनका लागि परराष्ट्र मन्त्रालयले तयार गरेको कार्यविधि अर्थ मन्त्रालयको स्वीकृतिको प्रतीक्षामा रहेको छ । धादिङको धुनिवेशी नगरपालिका–जुगाडी स्थायी ठेगाना भएका सन्तोष राईको कम्बोडियामा उपचारका क्रममा मृत्यु भएको र शव नेपाल ल्याउन ढिलाइ भएको विषयमा सांसद आशिका तामाङले संसदमा उठाएको प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री शिशिर खनालले यस्तो जानकारी दिएका हुन्‌ । मन्त्री खनालका अनुसार सरकार गठन भएपछि विदेशमा अलपत्र नेपाली नागरिकको उद्धारका लागि छुट्टै स्रोतको आवश्यकता महसुस गरी अर्थ मन्त्रालयसँग बजेट व्यवस्थापनका लागि अनुरोध गरिएको थियो । सोहीअनुसार चालु आर्थिक वर्षमा १५ करोड रुपैयाँ विनियोजन भएको हो । उक्त रकम सञ्चालन गर्न ‘विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धार, राहत तथा घरफिर्तीका लागि विनियोजित बजेट सञ्चालन गर्ने कार्यविधि, २०८३’ तयार गरी अर्थ मन्त्रालयमा पठाइएको मन्त्री खनालले जानकारी दिएका छन्‌ । त्यसैगरी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैककले सभापति गगन थापाको संयोजकत्वमा १५औं महाधिवेशन व्यवस्थापन समिति गठन गरेको छ । २४ साउनदेखि १ भदौसम्म केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले १५औं महाधिवेशनका लागि विभिन्न समिति गठन गर्ने निर्णय गरेको हो । यसैगरी, पार्टीका प्रवक्ता देवराज चालिसेको संयोजकत्वमा महाधिवेशन प्रचारप्रसार समिति र महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा विधान संशोधन समिति गठन गर्ने निर्णय कांग्रेसले गरेको छ । महाधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्न मूल समितिले आवास, खाद्य व्यवस्था, मञ्च व्यवस्थापन, अतिथि सत्कार, स्वास्थ्यलगायत विभिन्न उपसमितिहरु गठन गर्ने प्रवक्ता देवराज चालिसेले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    उपभोक्ता र उद्योगहरुलाई सहुलियत दरमा बिजुली उपलब्ध गराइने

    विद्युत खपत बृद्धि र निर्यात विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त

    संकटबाट गुज्रिरहेको देशलाई समाधान दिने जिम्मेवारी का“ग्रेसको का“धमा रहेको उल्लेख

    नेपालमा ढुक्क भएर लगानी गर्न प्रवासी नेपालीहरुलाई आग्रह

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    ताजा समाचार
    १

    उपभोक्ता र उद्योगहरुलाई सहुलियत दरमा बिजुली उपलब्ध गराइने

    २

    विदेशमा अलपत्र नेपालीको उद्वार, राहत तथा घरफिर्तीका लागि १५ करोड रुपैया“ विनियोजन

    ३

    विद्युत खपत बृद्धि र निर्यात विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त

    ४

    संकटबाट गुज्रिरहेको देशलाई समाधान दिने जिम्मेवारी का“ग्रेसको का“धमा रहेको उल्लेख

    ५

    फिल्म निर्देशनमा डेब्यू गर्दै सुमन

    ६

    कपास उत्पादन बढाउन उद्योगमन्त्री यादवको आह्वान

    ७

    ठूलो पूँजी आवश्यक

    ८

    हाम्रो भविष्यको दिशा र गति निर्धारण

    ९

    विकास निर्माणका काममा सरिक हुन आग्रह

    १०

    नेपालमा ढुक्क भएर लगानी गर्न प्रवासी नेपालीहरुलाई आग्रह

    समाचार
    थप

    उपभोक्ता र उद्योगहरुलाई सहुलियत दरमा बिजुली उपलब्ध गराइने

    विदेशमा अलपत्र नेपालीको उद्वार, राहत तथा घरफिर्तीका लागि १५ करोड रुपैया“ विनियोजन

    विद्युत खपत बृद्धि र निर्यात विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त

    संकटबाट गुज्रिरहेको देशलाई समाधान दिने जिम्मेवारी का“ग्रेसको का“धमा रहेको उल्लेख

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि
    ठेगाना - सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल –dishanirdeshweekly@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट dishanirdeshweekly.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • दिशा निर्देश बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ दिशानिर्देश साप्ताहिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड