• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • दिशा निर्देश बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 01, 2026, Thursday, 04:29 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • १२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • विकासको यात्राक्रम रेखांकन

  • १० आश्विन २०८३, शनिबार १८:३३
  • फाईल तस्विर

    सामाजिक सञ्जाल


    प्रदीप गिरी
    निश्चय, अत्यन्त रोचक र शिक्षाप्रद परिणाम निस्कने छ ।
    अब्राहम मास्लोका अनुसार एक परिपक्व वा असल व्यक्तित्वको स्वामी आत्मोपलब्ध मानिस हुन्छ । मानिसको प्राथमिक प्रबृत्ति आहार निद्रा मैथुन नै हो । यस्ता प्रबृत्ति तुष्ट गरिसकेपछि मात्र मानिस मान अपमान, यश प्रतिष्ठाको संसारमा प्रवेश गर्दछ । वित्तेषणा र कामेषणाको तृप्तिपछि मानिस यशेषणामा प्रबृत्त हुन्छ । तर नेतृत्वदायी मानिस त्यहाँ रोकिदैन । अरु खुड्किलासमेत चढ्छ । अन्ततः सबै महान् व्यक्ति एकदिन त्यो परम् प्रश्नको सामना गर्छ – ऊ को हो ? मानिस के हो ? यो अन्तिम खुड्किलो पार गरेर मात्र मानिस पूर्णतामा पुग्छ । त्यो पूर्ण मानिस केही विशेषताबाट चिनिन्छ । पूर्ण मानिसका निमित्त कुनै पनि मानवीय गतिविधि विरानो हुँदैन । व्यक्तित्वको विकासमा ऊ कला, साहित्य, धर्म दर्शन हरेक विधासँग झ्यामिन्छ । पौराणिक भाषामा भन्दा, उसमा सोह्रै कलाप्रति अनुराग हुन्छ । स्मरणीय छ, भागवतका कृष्ण सोलह कलाका स्वामीका रुपमा यसरी नै चित्रित छन् । डा लोहियाले पनि यस्ता विकासको यात्राक्रम रेखांकन गरेका छन् । लोहियाका यस्ता व्यक्तित्व अधिकतम कौशल मा सीमित रहन्नन् । यस्ता व्यक्तिहरु सम्पूर्ण कौशलका सर्जक र बाहक हुन्छन् । अतिरिक्त रुपमा, यस्ता व्यक्तिहरु सिंगो ब्रहमाण्डसँग एकात्मकता कायम गर्न सक्छन् । उनीहरु मौकामा सधै आफूभन्दा बाहिर फड्को मार्न सक्छन् । बीपी कोइरालाको व्यक्तित्व र कृतित्वको जानकारले अब्राहम मैस्लोलगायत अरु मनोवेत्ताका कसीमा बीपी निर्विवाद रुपले एक उच्चकोटीका मनुष्यका रुपमा चिनिनुहुन्छ । यी कसीहरु राजनीतिज्ञका उपर मात्र होइन, मानिस मात्रमा लागु हुन्छ । खासमा यी लक्षणहरु स्वयममा स्थित रहेको स्वस्थ मानिसका विशेषता हुन् । त्यसो त, स्वस्थ मानिस राजनीतिमा धेरै जाँदैनन् भन्ने मनोवेत्ताहरुको थप भनाई हो । हिटलर, मुसोलिनी र स्टालिन अस्वस्थ मानसिकताका केही उदाहरण हुन् । तर सौभाग्यवश राजनीतिमा विरलै भए पनि स्वस्थ मानिसले पनि मौका पाउँछन् । अब्राहम लिकन, गान्धी र नेल्सन मण्डेला यस्ता उदाहरण हुन् । बीपी कोइरालालाई यस्ता स्वस्थ र महान राजनीतिज्ञको लाममा सहर्ष उभ्याउन सकिन्छ ।
    जीवनको उत्तरार्धमा बीपी कोइरालाले मोदिआइन भन्ने बेग्लै किसिमको उपन्यास लेख्नु भयो । तर त्यस सानो पुस्तकको सन्देश महान् छ । मानिस पहिले असल बन्नु पर्छ । महान् शक्तिशाली मात्र बन्ने ईच्छा राम्रो होइन भनेर त्यहाँ भनिएको छ । बीपी कोइरालाको मनोविज्ञानको राम्रो परिचय यस वक्तव्यमा पाइन्छ । तर कदाचित राजनीतिज्ञले महान् हुन पनि पहिले असल बन्नु पर्छ । लिकन, गान्धी र मण्डेला महान् राजनीतिज्ञ अवश्य भए । तर मूलतः उनीहरु असल मानिस थिए भन्ने बिर्सन सकिन्न । लिंकनको गृहयुद्धताकाका भाषण, पत्र र क्रियाकलापले यस कुराको पुष्टि गरेको छ । नेल्सन मण्डेलाले गोरासाग गरेको व्यवहारमा यो प्रकट भयो । अझ गान्धीको त कुरै नगरौ । गान्धीका निमित्त राजनीति सत्य र अहिंसाको प्रयोग मात्र थियो । बीपी कोइरालामा पनि यस्तै गुण देखेर सबै नेपालीले महामानवको संज्ञा दिएका हुन कि ? किशुनजी सन्त कहलाउनु भयो । उहाँहरुले यी दुवै उपाधि राजनीतिक कारणले मात्र पक्कै पाउनु भएको होइन ।
    यसरी राजनीतिमा सफलताको अनुसरण गर्दा समेत पूर्ण र असल मानिसको सिद्धान्त प्रतिपाद्य देखिन्छन् । सामान्यतः राजनीतिज्ञले पनि सिद्धान्तका सहायताले मात्र मुलुकलाई अगाडि बढाउन सक्छन् । त्यसैले सर्वप्रथमतः सिद्धान्तलाई प्रमुखता धर्म र गूडतरका रुपमा आत्मा पनि भनिएका छन् । मानिस धर्म, सत्य वा आत्मका निमित्त पृथ्वी छोड्न अर्थात् मर्न पनि तैयार रहनु पर्छ भन्ने नीतिवाक्य छ । यसपछि देश र समाज महत्वपूर्ण हुन्छ । यसपछि पार्टीको स्थान आउँछ । पार्टी पछि मात्र आप्‌mनो व्यक्तित्व र स्वार्थलाई परे हेर्नुपर्छ । क्रमशः

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    पैदल यात्राबाट रिसोर्टमा

    कोइरालाको भाषण छोटो र व्यवहारिक

    पुरुष मनोरञ्जनमा व्यस्त

    ठूलो पूँजी आवश्यक

    हाम्रो भविष्यको दिशा र गति निर्धारण

    विकास निर्माणका काममा सरिक हुन आग्रह

    ताजा समाचार
    १

    औषधी तथा खाद्य नियमनमा रहेको दोहोरोपन र जिम्मेवारीको अस्पष्टतालाई व्यवस्थित गर्नुपर्ने धारणा व्यक्त

    २

    तलबको प्रलोभनमा ठगी

    ३

    पूर्वप्रधानन्यायाधीश जबरालाई सुरक्षा प्रदान गर्न उद्धार गरिएको जिकीर

    ४

    करेन्ट लागेर गुरुङको निधन

    ५

    बाढीपहिरोका कारण जलविद्युत प्रणालीमा ठूलो असर परेको उल्लेख

    ६

    एकनाले भरुवा बन्दुक बरामद

    ७

    सवारी चाप अत्यधिक बढेपछि आवतजावतका लागि नया“ समयतालिका लागू

    ८

    वर्षाबाट छायांकन प्रभावित

    ९

    देश ऋणको पासोमा पर्ने सम्भावना बढ्दै

    १०

    पैदल यात्राबाट रिसोर्टमा

    समाचार
    थप

    औषधी तथा खाद्य नियमनमा रहेको दोहोरोपन र जिम्मेवारीको अस्पष्टतालाई व्यवस्थित गर्नुपर्ने धारणा व्यक्त

    तलबको प्रलोभनमा ठगी

    पूर्वप्रधानन्यायाधीश जबरालाई सुरक्षा प्रदान गर्न उद्धार गरिएको जिकीर

    करेन्ट लागेर गुरुङको निधन

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि
    ठेगाना - सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल –dishanirdeshweekly@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट dishanirdeshweekly.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • दिशा निर्देश बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ दिशानिर्देश साप्ताहिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड